ईशान बाल तथा महिला अस्पताल र स्वास्थ्य क्षेत्रमा मेरो अनुभूति : प्रा.डा.रामनन्दन प्रसाद चौधरी

ईशान बाल तथा महिला अस्पताल र स्वास्थ्य क्षेत्रमा मेरो अनुभूति :
चिकित्सा पेशामा प्रवेश :
म सामान्य किसान परिवारको छोरा हुँ । मेरो जन्म धनुषा जिल्लाको रामपुर गाउँमा भएको हो । मेरो प्रारम्भिक शिक्षा गाउंँकै सरकारी विद्यालयबाट भएको हो । म स्कुले जीवनमा कक्षामा सधैं प्रथम हुने गर्थे । उच्च शिक्षा अध्ययनको क्रममा मैले कम्प्युटर इञ्जिनियर बन्ने मौका पाएपनि बुवाको चाहना अनुसार मेरो करियरको गन्तव्य चिकित्सा क्षेत्रतर्फ मोडिन पुग्यो । मेरो एम.बि.बि.एस.अध्ययन छिमेकी राष्ट्र भारतको आर.जि.कार.मेडिकल कलेज कलकत्ताबाट भयो । चिकित्सा क्षेत्रमा त्यतिबेला देखिनै सर्जरी विधा मेरो रोजाईको विषयमा पथ्र्यो ,त्यस मध्येपनि अझ मुटुको सर्जन बन्ने मेरो मनको चाहना थियो । वि.स.२०५० सालमा एम.बि.बि.एस. पास गरेपछि मैले उक्त कलेजमै सर्जरी विभागमा एक बर्ष काम गर्ने सौभाग्य पाएको थिएंँ । त्यसपछि म नेपाल फर्केर आएंँ र लगत्तै लोकसेवा पासगरी नेपाल सरकारको सेवामा प्रवेश गरें ।

यस कारण सरकारी सेवाबाट राजिनामा दिए :
सरकारी जागिरमा कान्ति बाल अस्पतालमा कामगर्दा विभिन्न किसिमका बाधा व्यवधान, राजनीतिक हस्तक्षेप र कामगर्ने अनुकुल वातावरण बिग्रदंै गएपछि २०७५ सालमा नेपाल सरकारको जागिरबाट राजिनामा दिने मैले कठोर निर्णय लिएंँ । खास गरी राजीनामा दिने मेरो चाहना थिएन ।

ईशान बाल तथा महिला अस्पतालसँंग मेरो संलग्नता :
२०५२ सालमा कान्ति बालअस्पताल, काठमाडौंमा मेडिकल अधिकृतको पदमा बालशल्य सर्जरी विभागमा कार्यरत थिएंँ । २०५३ सालदेखि नै आंशिक समय मेडिकल अधिकृतको रुपमा ईशान बाल तथा महिला अस्पतालमा पनि मैले काम गर्न थालेंँ । ४ बर्ष पश्चात सर्जिकल रजिष्ट्रार पदमा काम गर्ने मौका पाउँदा बाल सर्जन नै बन्ने इच्छा भयो । २०६१ सालमा बंगबन्धु शिख मुजिव मेडिकल युनिभर्सिटी (ढाका शिशु अस्पताल) बाट नेपालको पहिलो (एमएस) पेडियाट्रिक सर्जन बन्ने मौका पाएंँ । त्यसपछि त्यो बेलाको बालशल्य चिकित्सकहरु डा.केशब बहादुर राजभण्डारी र डा. नारायण बहादुर थापासँग कामगर्दा बालशल्य चिकित्साको विषयमा धेरै जान्ने र सिक्ने अवसर प्राप्त गरंँे । त्यतिबेलाको समयमै मैले अमेरिका, …