• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १६ मिनेट 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ५३ मिनेट 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ५३ मिनेट 

झापा र कैलालीमा खोप अभियान
  • ५९ मिनेट 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ३ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ५ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ६ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ६ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ७ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

टिकापुर आँखा अस्पताललाई पूर्वाधार अभाव

  •  बिहिबार, फागुन २५, २०७९ मा प्रकाशित

टीकापुर । विसं २०६२ देखि आँखा उपचार केन्द्रका रुपमा सेवा दिँदै आएको टीकापुर आँखा उपचार केन्द्रले अब अस्पतालका रुपमा सेवा दिन थालेको छ । एक महिनाअघिदेखि उपचार केन्द्रले अस्पतालका रुपमा सेवा दिन थालेको हो ।

केन्द्रलाई अस्पतालमा परिणत गरिए पनि भौतिक पूर्वाधार अभाव भएको छ । “केन्द्रका रुपमा सेवा दिइरहेको अवस्था थियो, अस्पतालमा परिणत गरेपछि संरचनाको आवश्यक्ता छ”, नेत्र सहायक कमल साउँदले भन्नुभयो, “शल्यक्रिया भएपछि बिरामी राख्ने भवन र शय्याको अभाव छ ।” उहाँले बिरामीलाई सहज हुने गरी सेवा दिन केही भवन आवश्यक रहेको बताउनुभयो ।

“बिरामीको चाप बढी छ आवश्यक संरचनाका बारेमा यस क्षेत्रका स्थानीय तहले ध्यान दिन जरुरी छ”, साउँदले भन्नुभयो, “अस्पतालमा परिणत गरिएपछि मङ्गलबार र बिहीबार आँखाको शल्यक्रिया गर्ने गरिएको छ ।” महिनामा एक सय ५० जना बढीको शल्यक्रिया हुने गरेको साउँदले जानकारी गराउनुभयो ।

अस्पतालमा दैनिक एक सय ५० देखि दुई सय आँखाका बिरामी आउने गरेका छन् । सुदूरपश्चिमको धनगढीको गेटामा पाइने सेवा कैलालीको पूर्वी भेग टीकापुरबाट पाइन थालेपछि बर्दिया र कैलालीका नागरिकले सहजरुपमा सेवा पाउन थालेका छन् । चौध कट्ठा जमिनमा उपचार केन्द्र सञ्चालनमा थियो । त्यही भवनमा अस्पतालले सेवा दिइरहेको छ । उपचार केन्द्र अस्पतालमा परिणत भएपछि अहिले १२ कर्मचारी कार्यरत छन् । अस्पतालमा एक विशषेज्ञ, तीन नेत्र सहायक, एक दृष्टि विशेषज्ञ तथा अन्य प्राविधिक कर्मचारी कार्यरत छन् ।

उपचार केन्द्रलाई २०७८ पुस ६ गते अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गेटा आँखा अस्पतालले गरेको थियो । यसअघि केन्द्रका रुपमा सेवा दिँदा गेटा आँखा अस्पतालका चिकित्सक केही वर्षसम्म महिनामा एक पटक र पछिल्लो समय दुई पटक शल्यक्रिया सेवा दिन टीकापुर आउने गरेका थिए । टीकापुर आँखा अस्पताल गेटा आँखा अस्पतालको शाखाकै रुपमा सञ्चालन हुने भएको छ ।

केन्द्रको स्तरवृद्धि गरेर अस्पतालका रुपमा सेवा दिन थालिएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी दिनुभयो । “नेत्र विशेषज्ञ सेवा, आँखाको शल्यक्रिया, फार्मेसी र अप्टिकल सेवा दिन थालेका छौँ”, भट्टले भन्नुभयो, “स्थानीय तह र प्रदेश सरकारले भवन निर्माणमा सहयोग गरे भने आफ्नै भवनबाट सेवा दिन सक्ने थियौँ ।” टीकापुर आँखा अस्पताललाई भौतिक संरचना आवश्यक छ त्यसका लागि प्रदेश सरकारसँग पटकपटक प्रस्ताव पेश गरे पनि सुनुवाइ नभएको भट्टले गुनासो गर्नुभयो । उहाँले टीकापुर आँखा अस्पताल सेकेण्डरी लेबलको अस्पताल भएको भन्दै बिरामीको चापको आधारमा स्वास्थ्यकर्मी थप्दै जाने बताउनुभयो ।

टीकापुर आँखा उपचार केन्द्रका कारण यस क्षेत्रका नागरिकलाई ठूलो राहत भएको छ । आँखा उपचार गर्न धनगढी या नेपालगञ्ज जानुपर्ने बाध्यता टरेको छ । बर्दिया र कैलालीका आधा नागरिकले सेवा लिने केन्द्र अस्पतालमा परिणत भएपछि अन्य सेवा पनि सहजरुपमा पाउने भएका छन् । केन्द्रले बेलाबखत निःशुल्क शिविर सञ्चालन गर्ने गरेको छ ।

“आँखा अस्पताल सञ्चालन भएपछि नागरिकलाई ठूलो राहत भएको छ”, समाजसेवी भुवनेश्वर अधिकारीले भन्नुभयो, “यस क्षेत्रका विपन्न नागरिकले सहजरुपमा सेवा लिइरहेको संस्थाका बारेमा स्थानीय जनप्रतिनिधिले चासो राख्नुपर्छ ।” अस्पताललाई बलियो बनाउन यस क्षेत्रका स्थानीय तह मिलेर अघि बढ्न आवश्यक छ । विपन्न नागरिकले रु १०० मा सेवा पाइरहेका छन् । यही सेवा लिन अन्यत्र जानु परेमा रु एक हजारभन्दा बढी खर्च हुने अधिकारी बताउनुहुन्छ । रासस

बिहिबार, फागुन २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.