• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • ४ घण्टा 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • ५ घण्टा 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • ५ घण्टा 

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
  • ६ घण्टा 

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • ९ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ११ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ११ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • १ दिन 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. मीना सुनारको उद्धार

  • ५. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ८. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ९. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • १०. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

स्वास्थ्य जोखिममा पारेर गर्भपतन

  •  शुक्रबार, चैत ०३, २०७९ मा प्रकाशित

ढोरपाटन । अहिले बजारका औषधि पसलमा गर्भपतन गराउने औषधि छ्याप्छ्प्ती पाइन्छन् । कानुनतः सरकारले अनुमति दिएका औषधि पसल तथा स्वास्थ्यकर्मीले मात्रै यो औषधि बेच्न पाउने हो । तर धेरै निजी अस्पतालले जथाभावीरूपमा यस्ता औषधि बेच्ने गरेका छन् ।

पछिल्लो समय असुरक्षित यौन सम्बन्ध र अनिच्छित गर्भको कारण गर्भपतन गराउने क्रम बढ्दो छ । बागलुङमा गर्भपतन गराउनेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको पाइन्छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा पाँच सय ७६ जनाले गर्भपतन गराएका थिए । बीस वर्षमुनिका छ जना छन् भने त्यसभन्दा माथिका पाँच सय ७० छन् । आव २०७७÷७८ मा छ सय ९८ जनाले गर्भपतन गराएका थिए । चार जना २० वर्षमुनिका छन् । आव २०७८÷७९ मा छ सय ९१ जनाले गर्भपतन गराएको तथ्याङ्क छ । तीन जना २० वर्षमुनिका छन् ।

चालु आवको आठ महिनामा २० वर्षमुनिका एकसहित चार सय ८१ जनाले गर्भपतन गराएका छन् । अवैध सम्बन्ध राखेकाले नै बढीजसो गर्भपतन गराउने गरेको स्वास्थ्यकर्मी बताउँछन् । सरकारी स्वास्थ्य संस्थामा भन्दा निजी क्लिनिकमा गर्भपतन गराउनेको सङ्ख्या अत्यधिक छ । ढोरपाटन नगरपालिका–१ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा चालु आवको हालसम्म एक सय ८६ जनाले गर्भपतन गराएका छन् ।

स्वास्थ्य केन्द्रका कप्रमुख डा निरज सुवेदी अविवाहित र बैबाहिक जीवनमा खटपट भएकाहरु बढीजसो गर्भपतन गराउन आउने गरेको बताउनुहुन्छ । महिला–पुरुष दुवैले यौन सम्पर्कका बेला स्थायी तथा अस्थायी साधान प्रयोग नगर्दा यस्तो समस्या बढेको उहाँको भनाइ छ । “उमेर पुगेका महिलादेखि किशोरी पनि गर्भपतन गराउन आउनुहुन्छ”, डा सुवेदीले भन्नुभयो, “यो तथ्याङ्क अस्पतालमा आएर सुरक्षितरूपमा गर्भपतन गराएकाहरूको हो, यसबाहेक बाहिर असुरक्षित गर्भपतन गराउने पनि छन्, लाज र डरले गर्दा उनीहरू अस्पताल आउँदैनन् ।”

गलकोट नगर अस्पतालमा पनि गर्भपतन गराउनेको सङ्ख्या बढी रहेको पाइएको छ । नगर अस्पतालका प्रमुख डा राजेश पौडेलका अनुसार आव २०७८÷७९ मा ४० जनाले गर्भपतन गराएकामा चालु आवको हालसम्म ५० जनाले सुरक्षितरुपमा गर्भपतन गराएका छन् । बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल पछिल्लो समय दुईभन्दा बढी सन्तान जन्माउन छाडेपछि गर्भपतन गराउनेको सङ्ख्या बढेको बताउनुहुन्छ । स्वास्थ्य संस्थामा सुरक्षितरूपमा गर्भपतन हुन्छ भन्ने महिलाको चेतना वृद्धि भएपछि वार्षिकरूपमा केही सङ्ख्या बढ्नु स्वभाविक भएको उहाँको भनाइ छ ।

प्रमुख खनाल भन्नुहुन्छ, “अहिले धेरै बच्चा जन्माउन चाहँदैनन्, छोराको चाहाना धेरैले राख्छन्, छोरी–छोरी भए भने पनि उनीहरूले छोराका लागि प्रयास गर्ने र फेरि छोरी हुने देखिएपछि गर्भपतन गराउने गरेको पाइन्छ ।” धवलागिरि अस्पतालमा पनि गर्भपतन गराउनेको सङ्ख्या बढी छ । अघिल्लो आवमा तीन सय ४५ जनाले गर्भपतन गराएका थिए । त्यसमध्ये ४८ महिलाको जटिल किसिमले गर्भपतन गराएको अस्पतालका सूचना अधिकारी अञ्जना पौडलले बताउनुभयो । चालु आवको हालसम्म दुई सय ६० महिलाले गर्भपतन गराएको उहाँको भनाइ छ । त्यसमध्ये १५ जनाको जटिल किसिमले गर्भपतन भएको पौडेलले बताउनुभयो ।

बजारमा केही स्वास्थ्य संस्थाले अनुमति नलिई असुरक्षित गर्भपतन गराउने र औषधि बेच्ने गरेको पाइन्छ । यसले महिलाको स्वास्थ्यमा ठूलो असर गर्ने स्वास्थ्यकर्मीको भनाइ छ । कतिपय महिलाले पटक–पटक गर्भपतन गराउनेसमेत गरेका छन् । यसले स्वास्थ्यमा असर पु¥याउनुका साथै अर्को पटक बच्चा नबस्ने जोखिम हुने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा सुवेदी बताउनुहुन्छ ।

धेरैपटक गर्भपतन गर्दा रगत बढी बगेर ज्यान जाने सम्भवनासमेत हुन्छ भने गर्भ पाठेघरभन्दा बाहिर बस्ने र ठूलै शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ । डा सुवेदी भन्नुहुन्छ, “गर्भपतन महिलाको स्वास्थ्यसँग जोडिएको हुन्छ, यो आपत्कालीन अवस्थामा मात्रै गर्नुपर्छ, गर्भपतन नर्गनका लागि शारीरिक सम्पर्कका बेला स्थायी तथा अस्थायी साधान प्रयोग गर्नु नै राम्रो हुन्छ, यति सजहता अपनाइयो भने समस्या हुँदैन ।” रासस

शुक्रबार, चैत ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

ताजा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.