• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाँकेमा १९३ कुष्ठरोगी
  • ३ घण्टा 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • ३ घण्टा 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • ४ घण्टा 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • ५ घण्टा 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • १० घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • १० घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • २३ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १ दिन 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

मोटरबाटो नहुँदा सुत्केरीलाई डोलीमा बोक्नुपर्ने बाध्यता

  •  बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित

दमौली । भौगोलिक हिसाबले तनहुँलाई सुगम जिल्ला मानिन्छ । तनहुँका अधिकांश ठाउँमा मोटरबाटोको पहुँच छ । तर तनहुँमै एउटा यस्तो गाउँ पनि छ जहाँ अहिलेसम्म मोटरबाटो पुगेको छैन ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ आमडाँडा, खस्राङ, दुवा बेलडाँडा मोटर ग्ुड्ने सडकको पहुँचबाट टाढै छ । पृथ्वीराजमार्गको आँबुखैरेनीसँगै जोडिएको यो वडाका तीन गाउँमा मोटर गुड्ने बाटो नपुग्दा सुत्केरीलाई डोलीमा अस्पतालसम्म लैजानुपर्ने बाध्यता छ ।

सुत्केरी वा विरामी हुँदा डोली वा डोकोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता रहेको आँबुखैरेनी गाउँपालिका–४ का वडा सदस्य प्रेमबहादुर गुरुङ बताउनुहुन्छ । यी गाउँबाट सडकको पहुँचसम्म पुग्न एक÷दुई घण्टा पैदल हिँड्नुपर्छ ।

“गाउँसम्म जाने मोटरबाटो छैन, सुत्केरी हुँदा र बिरामी पर्दा यहाँका स्थानीयलाई सास्ती छ,” गुरुङले भन्नुभयो, “डोली बोकेर लैजानुको विकल्प छैन ।” वडाकै अन्य गाउँमा मोटरबाटोको पहुँच पुगेपनि यी गाउँ वर्षौदेखि मोटरबाटोको पहुँचबाट टाढा रहेको गुरुङको भनाइ छ ।

सुत्केरी हुँदा हिँडेर भरतपुर महानगरपालिकाको पाँचकिलोसम्म आउनुपर्छ । त्रिशूली नदीको पार गरेपछि मात्रै मुग्लिन–नारायणगढ खण्डको पाँचकिलो पुगिन्छ । त्यहाँ पुगेपछि मात्रै सवारी साधनको प्रयोग गर्न सकिने गुरुङले बताउनुभयो ।

अरु बेला पनि यहाँका स्थानीय यही पुल तरेर पैदल नै गाउँ आउँजाउ जाने गर्दछन् । “बजारमा किनमेल गर्न जान परेपनि समस्या उहीँ हो, पाँचकिलो झरेर मुग्लिन, चितवन वा आँबुखैरेनी जानुपर्छ”, गुरुङले भन्नुभयो, “यो गाउँका बारेमा सबैलाई जानकारी भए पनि अहिलेसम्म प्राथमिकतामा परेको छैन ।”

सोमबार आमडाँडा निवासी सुत्केरी हीरा गुरुङलाई डोलीमा राखेर आँबुखैरेनी अस्पतालसम्म पु¥याइएको थियो । उहाँलाई डोलीमा हालेर दुई घण्टा पैदल हिँडेपछि पाँचकिलोमा एम्बुलेन्स बोलाएर आँबुखैरेनी अस्पताल लगिएको थियो । “पहिले भरतपुर लैजानुपथ्र्यो, अहिले गाउँपालिकाले आफैले आँबुखैरेनी अस्पताल सञ्चालन गरेपछि भने त्यही लैजाने गरेका छाँै,” उहाँले भन्नुभयो ।

सुत्केरी भएपछि पुनः उहाँलाई त्यसरी नै बोकेर घर पु¥याइएको थियो । “घर फर्किने बेलामा पनि आँबुखैरेनी अस्पतालबाट पाँचकिलोसम्म एम्बुलेन्समा ल्यायौँ, त्यहाँबाट झोलुङ्गे पुल तरेपछि पुनः डोलीमा राखेर दुई घण्टा हिँडेर घर पु¥यायौं,” उहाँले भन्नुभयो ।

मोटरबाटोको पहुँच नपुगेको ती ठाउँमा मोटरबाटो पु¥याउनका लागि आवश्यक बजेट विनियोजनका लागि गाउँसभामा कुरा उठाएको गुरुङले बताउनुभयो । “जनतालाई निकै सास्ती छ, जनताको आवाज गाउँसभासम्म पु¥याए पनि सुनुवाइ हुनसकेको छैन,” गुरुङले भन्नुभयो ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पुलजीपतर्फबाट उक्त गाउँमा मोटर चल्ने भए पनि बाटोको समस्याका कारण सवारी साधन नियमित नचल्दा दुःख हुने गरेको बताउनुभयो । “त्यस भेगका सर्वसाधारणलाई पुलजीपतर्फ आउनभन्दा मुग्लिन नारायणगढखण्डको पाँचकिलो झर्न चाँडै हुन्छ, पुलजीपतर्फको बाटो अप्ठ्यारो भएकाले नियमित गाडी नचल्दा जनतालाई सास्ती भएको छ,” उहाँले भन्नुभयो ।

घुमाउने र मुग्लिनको बीचभागमा पक्की पुल नहुँदा सर्वसाधारणलाई सास्ती भएको चुमानले बताउनुभयो । “त्यस भेगका जनतालाई पाँचकिलो झरेर मुग्लिन, नारायणगढ जान पायक पर्छ”, उहाँले भन्नुभयो, “पक्की पुल नभएकाले पनि डोलीमा बोकेर आउनुपर्ने बाध्यता हो ।”

उहाँका अनुसार त्यसभेगका सर्वसाधारण पुलजीप हुँदै आउनुभन्दा नारायणढ मुग्लिन सडकमा झर्न चाँडै हुन्छ । “उक्त ठाउँमा सडक निर्माणका लागि डिपिआर अनुसार रू एक अर्बको हाराहारीमा बजेट चाहिन्छ, गाउँपालिकाले मात्रै निर्माण गर्न सक्दैन,” उहाँले भन्नुभयो, “प्रदेश र सङ्घ सरकारको सहयोग बिना यो सम्भव पनि छैन ।”

चुमानले आफ्नै कार्यकालमा यो सडकमा गाडी चल्ने र कालोपत्र गराउने दाबी गर्नुभयो ।

बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाँकेमा १९३ कुष्ठरोगी
विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

बाँकेमा १९३ कुष्ठरोगी

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

सङ्घीय अस्पतालमा शवगृह बनाइने

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.