• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

  •  शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित

भक्तपुर । अस्पताल स्थापना भएको २७ वर्षपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा १५ शय्याको अत्याधुनिक सघन उपचारकक्ष (मोडुलर आइसीयू) सञ्चालनमा आएको छ ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले अब भक्तपुर र पूर्वबाट आएका बिरामीलाई अत्याधुनिक आइसीयू खोज्दै काठमाडौँमा भौतारिनु नपर्ने बताउनुभयो । उहाँका अनुसार अस्पताल सञ्चालनमा आएपछि गम्भीर रोगका बिरामी र शल्यक्रियामा समेत यो आइसीयू प्रभावकारी रूपमा प्रयोगमा आउनेछ । अस्पतालले प्रदान गर्दै आएको गुणस्तरीय सेवामा आइसीयूले थप टेवा पुग्ने बताउँदै नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “देशभरका नगरपालिकाहरूद्वारा सञ्चालित अस्पतालमध्ये नेपाल–कोरियामैत्री अस्पताल सबैभन्दा सुविधा सम्पन्न र ठूलो अस्पतालका रूपमा पहिचान बनाउन सफल भएको छ । यस अस्पताल बीमा क्लेम गर्ने पाँचौँ ठूलो अस्पतालसमेत बन्नु हाम्रो लागि गौरवको विषय हो ।

नगरपालिकाले यस अस्पतालको सेवालाई अझै ‘स्पेसिलिस्ट’ सेवाहरू विस्तार गर्दै लैजान्छ ।” अस्पतालले प्रवाह गर्ने सबै सेवाहरू गुणस्तरीय भएकै कारण हरेक वर्ष उपचारका लागि आउने बिरामीका सङ्ख्या दिनानुदिन बढ्दै गएको बताउँदै उहाँले अहिले दैनिक एक हजार १०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको बताउनुभयो । उहाँका अनुसार नयाँ सुविधासम्पन्न नयाँ भवन निर्माणको अन्तिम चरणमा पुगेको बताउँदै नयाँ भवन सञ्चालनमा आएपछि बिरामीका लागि धेरै सुविधा थपिनेछ । अस्पतालले छिट्टै मुटुरोग (कार्डियो) सेवासमेत सञ्चालन गर्ने तयारी गरेको र मुटुरोगका बिरामीलाई सहजताका लागि ए ग्रेडको एम्बुलेन्ससमेत सञ्चालनमा ल्याउने तयारी गरेको छ । नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “हामीले बिरामीको घरदैलो सेवा प्रवाह सञ्चालन गरेका छौँ, अस्पतालले प्रोटेवल अल्ट्रासाउन्ड मेसिनसमेत खरिद गरेर वडा–वडामा पुगेर घरदैलो सेवा दिएकै कारण मुलुकका १० उत्कृष्ट सामुदायिक अस्पतालभित्रमा यो अस्पताल पर्न भएको हो ।

हामीले चाँगुनारायण अस्पतालमा समेत यहाँबाट विशेषज्ञ सेवा दिने गरका छौँ ।” कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले चार वर्ष अगाडिसम्म नोक्सानमा चलिरहेको यो अस्पताल गुणस्तरीय सेवा सुविधा थप भएसँगै अहिले फाइदामा पुगेको भन्दै यस अस्पताललाई विशिष्टिकृत अस्पतालका रूपमा विकास गरिरहेको बताउनुभयो । अस्पतालमा अत्याधुनिक आइसीयू सञ्चालनमा आएसँगै बिरामीले आइसीयू नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताउँदै उहाँले यस अस्पताललाई देशभरकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्ने बताउनुभयो।रासस

शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.