• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १४ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १५ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १५ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

नवलपरासीमा क्षयरोगीको सङ्ख्या बर्सेनि बढ्दो

  •  शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित

मध्यविन्दु ।नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म तीन सय ३४ जना नयाँ क्षयरोगी भेटिएका छन् ।

स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि फागुनसम्म जिल्लामा दुई सय दुई जना पुरुष र एक सय ३२ जना महिला गरी तीन सय ३४ जना नयाँ क्षयरोगी पहिचान भएको जनाइएको छ । नयाँ क्षयरोगीमध्ये १४ वर्षमुनिका पाँच बालिका र एक बालक पनि रहेको तथ्याङ्कमा देखिएको छ ।

साउनदेखि फागुनसम्म जिल्लामा भेटिएका क्षयरोगीमध्ये १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये नौ पुरुष र तीन महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले बताउनुभयो ।

गत आर्थिक वर्षको साउनदेखि फागुनसम्म जिल्लामा तीन सय १२ जना क्षयरोगी भेटिएकामा यो वर्ष गत वर्षको भन्दा २२ जना बढी क्षयरोगी भेटिएका छन् । “जिल्लामा अहिले तीन सय २२ जना क्षयरोगीले औषधि सेवन गरिरहेका छन्”, उहाँले भन्नुभयो, “औषधि सेवन गरिरहेका क्षयरोगीमध्ये सात जनाको मध्यविन्दु जिल्ला अस्पतालको क्षयरोग उपचार केन्द्रमा आवासीयरूपमा उपचार भइरहेको छ ।”

चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा भेटिएका क्षयरोगीमध्ये गैँडाकोट नगरपालिकामा सबैभन्दा धेरै ८१ जना रहेका छन् । त्यसैगरी कावासोती नगरपालिकामा ६६, देवचुली नगरपालिकामा ५१, मध्यविन्दु नगरपालिकामा ५०, विनयी त्रिवेणी गाउँपालिकामा ३७, हुप्सेकोट गाउँपालिकामा २९, बुलिङटार गाउँपालिकामा १२ र बौदीकाली गाउँपालिकामा आठ जना नयाँ क्षयरोगी भेटिएको चापागार्इंले बताउनुभयो ।

“जिल्लामा गत आर्थिक वर्षको असार मसान्तसम्म पाँच सय २९ जना क्षयरोगी फेला परेका थिए भए भने १९ जनाको मृत्यु भएको थियो”, उहाँले भन्नुभयो, “आव २०७७÷७८ मा जिल्लामा चार सय १६ मा क्षयरोग देखिएकामा १८ जनाको मृत्यु भएको थियो ।”

क्षयरोगको उपचारका लागि जिल्लामा ४४ डट्स केन्द्र रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका क्षयरोग स्थानीय स्रोत व्यक्ति डिल्लीराम तिवारीले बताउनुभयो ।

मध्यविन्दु जिल्ला अस्पताल डण्डामा डिआर (ड्रक रेसिस्टेन्ट) होस्टेल रहेको छ । जहाँ अन्य जिल्लाका क्षयरोगीको पनि आवासीयरूपमा उपचार गर्ने गरिएको छ । गण्डकी प्रदेशमा डिआर होस्टेल नवलपुरसँगै बाग्लुङ र कास्की जिल्लामा रहेका छन् । क्षयरोगको उपचारका लागि गण्डकी प्रदेशमा सात सय ४९ डट्स केन्द्र रहेको छ ।

“जिल्लामा प्रत्येक वर्ष क्षयरोगीको सङ्ख्या बढ्दै गइरहेको छ”, स्थानीय स्रोत व्यक्ति तिवारीले भन्नुभयो, “समयमै उपचार गराएमा पूर्णरूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराउँदै रोगीको पहिचान कार्यलाई तीव्रता दिइएको छ ।”

क्षयरोग एक सरुवा रोग हो । यो माइकोब्याक्टेरियम ट्युवरकुलोसिसले सूक्ष्म कीटाणुबाट लाग्दछ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्दछ । एक जना क्षयरोगीले वर्ष दिनमा १५ जनालाई सार्ने तिवारीले बताउनुभयो । बहुऔषधि प्रतिरोध बिरामीको सङ्ख्या बढ्नु क्षयरोग न्यूनीकरणका लागि चुनौती थपिएकोसमेत उहाँले बताउनुभयो ।

विश्वका आठ वटा देशमा मात्र क्षयरोगका दुई तिहाइ बिरामी रहेका छन् । तीमध्ये २८ प्रतिशत भारत, नौ दशमलव दुई प्रतिशत इन्डोनेशिया, सात दशमलव चार प्रतिशत चीन र सात प्रतिशत फिलिपिन्समा रहेका छन् ।

प्रत्येक वर्ष मार्च २४ तारिखका दिन मनाइँदै आइएको विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्वभर मनाइँदैछ । यस वर्षको विश्व क्षयरोग दिवसको नारा ‘हामी क्षयरोग अन्त्य गर्छौं’ तय गरिएको छ । रासस

शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.