• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १७ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २२ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २३ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २३ घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

स्वास्थ्य क्षेत्रको अनुसन्धानमा सरकारले लगानी गर्ने : गृहमन्त्री

  •  बुधबार, चैत २९, २०७९ मा प्रकाशित

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वास्थ्य क्षेत्रको अनुसन्धानका लागि सरकारले लगानी गर्ने बताउनुभएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको ‘स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवाँै राष्ट्रिय सम्मेलन’को समापन गर्दै उहाँले स्वास्थ्य क्षेत्रको अध्ययन अनुसन्धानमा सरकारले लगानी गर्ने बताउनुभयो । उहाँले स्वास्थ्य अनुसन्धानले नै स्वास्थ्य सुधारमा प्रगति ल्याउने भन्दै नेपालमा अनुसन्धानको काम यथेष्ट हुन नसकेकोसमेत बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले नेपालमा गरिएका स्वास्थ्य अनुसन्धानले जनतालाई स्वास्थ्यमा सचेतना ल्याउनेसमेत बताउनुभयो । उहाँले स्वास्थ्य अनुसन्धानमा बढीभन्दा बढी समुदायलाई सहभागी गराउनुपर्ने भनाइ राख्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले सम्मेलनबाट प्राप्त भएका सुझावलाई स्वास्थ्य नीति निर्माणमा समेट्ने बताउनुभयो ।

परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले सम्मेलनबाट प्राप्त भएका निष्कर्षले सरकारको नीति निर्माणमा सहयोग पु¥याउने बताउनुभयो ।

विभिन्न अवार्ड प्रदान

दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा उत्कृष्ट प्रस्तुति गर्नेलाई सम्मान तथा अवार्डसमेत प्रदान गरिएको छ । उत्कृष्ट मौखिक प्रस्तुतीकरण अवार्ड विजय कार्की, उत्कृष्ट पोष्टर प्रस्तुतीकरण अवार्ड सीता कोइराला, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धान अवार्ड (कर्मचारीतर्फ) नमिता घिमिरे, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धान (चिकित्सकतर्फ) अवार्ड डा रोविनमान कर्माचार्य र स्वास्थ्य अनुसन्धान अवार्ड शिवराज मिश्रलाई प्रदान गरिएको छ ।

सातबुँदे घोषणापत्र

सम्मेलनमा सातबुँदे घोषणापत्रसमेत जारी गरिएको छ । राज्यका सबै तहमा अनुसन्धानकर्ता, नीति निर्माण तथा कार्यक्रम व्यवस्थापनबीच सुदृढ सम्बन्ध विकास गर्दै तथ्यमा आधारित प्रमाणलाई नीति तथा कार्यक्रममा प्रयोग गर्ने संयन्त्रको बढावा सुदृढीकरण संस्थागत गर्ने, उच्च गुणस्तरीय स्वास्थ्य नीति र प्रणालिगत अनुसन्धानका लागि अनुसन्धान तथा शैक्षिक संस्थाबीचको आवश्यक सहकार्यलाई सुदृढ बनाउने, स्वास्थ्य प्रणालीका समस्यालाई नवीनतम समाधान प्रदान गर्ने नवप्रवर्तनमुखी अनुसन्धानलाई मूल्याङ्कन प्रवर्द्धन र बृहत्तर कार्यक्रमका लागि संयन्त्रको विकास गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

यस्तै स्वास्थ्यका बृहत्तर निर्धारणलाई सम्बोधन गर्न गुणात्मक प्रमाणका आधारमा समाधानका उपाय पहिचान गर्न बहुक्षेत्रीय सरोकारवालाबीचको समन्वय, सहकार्य र साझेदारीलाई सुदृढीकरण गर्ने पनि घोषणापत्रमा उल्लेख छ । रासस

बुधबार, चैत २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.