• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ २६, २०८३
शुक्रबार, भदौ २६, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १२ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १८ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १८ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १८ घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • १ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • १ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • १ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

आयातित औलो निवारणको चुनौती

  •  मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित

काठमाडौँ । उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा औलोको बिरामी देखिन थालेपछि यसको निवारणमा चुनौती थपिएको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा स्थानीय औलाका बिरामी भेटिने क्रम रोकिएको छैन । यी प्रदेशका विभिन्न १४ वडा औलोको उच्च जोखिममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अध्ययनले देखाएको छ ।

उक्त प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा सङ्क्रमण देखिनु औलो निवारणका मुख्य चुनौती भएको एनटिडी तथा कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहाल बताउनुहुन्छ ।

“उच्च पहाडी तथा हिमाली जिल्लामा औलोको बिरामी भेटिन्छन तर त्यहाँ खोज पड्ताल तथा विषादी प्रयोगमा कठिनाई छ”, उहाँ भन्नुहुन्छ । नेपालको औलो रणनीतिक योजना (सन् २०१४–२५) अनुसार सन् २०२२ मै स्थानीय औलोलाई शून्यमा झार्ने लक्ष्य थियो । स्थानीयस्तरमा औलो सङ्क्रमितको सङ्ख्या घट्दो छ तर अहिलेसम्म स्थानीय औलो शून्यमा झार्न चुनौती देखिएको हो ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४÷७५ मा ११ सय ८७ बिरामीमध्ये पाँच सय ५७ जना स्थानीय औलोका बिरामी थिए । यो सङ्ख्या आव २०७८÷७९ सम्म आइपुग्दा ३८ जनामा झरेको छ ।

यस आव २०७९÷८० को वैशाख ५ गतेसम्म तीन सय ७३ औलोका बिरामीमध्ये २४ स्थानीय बिरामी रहेका छन् । यो सङ्ख्या गर्मीयाम र वर्षायामसँगै बढ्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा शेरबहादुर पुन बताउनुहुन्छ ।

औलोबारे स्वास्थ्यकर्मीको चासो कम हुनुसमेत चुनौती भएको डा दाहालको भनाइ छ, “पछिल्लो समय औलो सकिएको भन्ने बुझाइ छ । स्वास्थ्यकर्मीमा औलो प्राथमिकतामा पर्दैन, उहाँहरुले औलोको लक्षणप्रति हेलचेक््रयाइँ गरेको पाइन्छ ।”

उहाँका अनुसार स्वास्थ्यकर्मीमा औलो प्राथमिकतामा नपर्दा शङ्कास्पद औलोको परीक्षण कम हुने गरेको छ । यस्तै औलो रोग स्थानीय तहमा प्राथमिकतामा नपर्नु र आवश्यक स्रोतको अभाव चुनौतीका रुपमा खडा भएका छन् ।

यस्तै, औलो रोग निवारणमा आयातित औलो अर्को ठूलो चुनौती बनेको छ । सरकारले सन् २०२५ सम्म औलो निवारण गर्ने र मृत्यु शून्यमा झार्ने परिकल्पनामा आयातित औलो चुनौती बनेको हो । आयातित औलो सातै प्रदेशमा देखिएको छ । महाशाखाको तथ्याङ्कअनुसार आयातित औलोका बिरामीको सङ्ख्या आर्थिक वर्ष २०७४÷७५ को कूल ११ सय ८७ बिरामीमध्ये आयातित छ सय ३०, आव २०७५÷७६ मा एक हजार ६५ मध्ये छ सय २५, आव २०७६÷७७ मा कूल छ सय १९ मध्ये पाँच सय १७ र आव २०७७÷७८ मा चार सय ९१ मध्ये तीन सय ११ जना रहेका छन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले औलो निवारणको लक्ष्य हासिल गर्न विभाग पूर्ण तयार रहेको बताउनुहुन्छ ।

इपिडिमियोलोजीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९÷८० वैशाख ५ गतेसम्म तीन सय ७३ जना औलोका बिरामी भेटिएका छन् । जसमा २४ स्थानीय तथा तीन सय ४९ आयातित हुन् । आयातित औलोको सङ्ख्या उल्लेखयरुपमा खट्न नसक्नु अर्को चुनौती बनेको छ । डा दाहालले भारतसँगको खुल्ला सिमानाका कारण आयातित औलोको जोखिम यथावत छ । भारतको महाराष्ट्र, गुजरात, उत्तर प्रदेश र पश्चिम बङ्गालबाट धेरै औलो नेपाल भित्रिने गरेको छ ।

डा दाहालले आयातित औलो निवारणका लागि सीमा नाका तथा समुदायमा शङ्कास्पद बिरामीको रक्त परीक्षण तथा सोबारे सचेतना बढाउनुपर्ने बताउनुभयो । औलो रोग सङ्क्रमित एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्दछ । नेपालमा औलोका दुई परजीवि, प्लाज्मोडियम फाल्सिपारम र प्लाज्मोडियम भाइभेक्स परजीवी धेरै देखिएको छ । यीमध्ये प्लाज्मोडियम फाल्सिपारमबाट हुने औलो बढी घातक हुने गरेको छ ।

सरकारी स्वास्थ्य संस्थामा औलोको निःशुल्क परीक्षण तथा उपचारको व्यवस्था छ । सरकारले हरेक वर्ष शूक्ष्म स्तरीकरणमार्फत जोखिम क्षेत्र निर्धारण, औषधिको प्रभाव, झुलको उपलब्धता तथा प्रयोग, औलोको बाहक लामखुट्टेको तथा रोग परिरहेका स्थानको अध्ययन गर्दै आएको छ । रासस

मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.