काठमाडौं । स्वास्थ्य दर्पण मीडिया नेटवर्क प्रा लि को गौरवमय आठौँ बार्षिकोत्सवकोे अवसरमा राष्ट्रिय हेल्थ अवार्ड २०८० काठमाडौंमा शनिबार हुंँदैछ । अवार्ड कार्यक्रमको तयारी पुरा भएको छ । अवार्डबाट सातै प्रदेशबाट चिकित्सक ,स्वास्थ्यकर्मी र पत्रकार सम्मानित हुंँदैछन ।स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए बापत अवार्ड गर्न लागिएको आयोजक संस्था स्वास्थ्य दर्पणले जनाएको छ । कमलादीको प्रज्ञा भवनमा हुन गईरहेको कार्यक्रमको तयारी पुरा भएको नेटवर्क अध्यक्ष सन्दीप कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहांँका अनुसार सातै प्रदेशबाट सम्मानित व्यत्तित्व, अतिथि आउने क्रम जारी रहेको छ ।
कार्यक्रमको प्रमुख अतिथिमा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार किशोर नेपाल सहित देशैभरबाट वरिष्ठ चिकित्सकहरुको उल्लेखनीय सहभागिता रहने अध्यक्ष श्रेष्ठले बताउनु भयो । नेटवर्कले स्वास्थ्य क्षेत्रका व्यत्तित्वहरुलाई अवार्ड र सम्मान गर्दै आएको छ । अवार्ड यस क्षेत्रमा काम गर्ने व्यक्तित्वहरुलाई उर्जा र उत्साह दिने उहांँको भनाई छ । साथै कार्यक्रमले यस क्षेत्रका विषयमा बहस पैरवी हुनुका साथै समस्या समाधानमा समेत महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
