• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ २६, २०८३
शुक्रबार, भदौ २६, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १२ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १८ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १८ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १८ घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • १ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • १ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • १ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

  • १०. नुवाकोटमा हैजाविरुद्धको खोप

स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार सम्मानित(तस्वीर सहित)

  •  शनिबार, बैशाख १६, २०८० मा प्रकाशित

काठमाडौं । स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट विभिन्न क्षेत्रका सातै प्रदेशबाट चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकार सहित २२ जना सम्मानित हुनुभएको छ । स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उहांँहरुलाई सम्मानित गरिएको हो ।

सम्मानित हुनेहरुमा कोशी प्रदेशबाट वरिष्ठ मुटु रोग विशेषज्ञ प्राडा राजेश नेपाल, मधेश प्रदेशबाट मुटु शल्य चिकित्सक डा महमद अफ्रोज अन्सारी र फिजिसियन डा राम प्रताप शाह रहनुभएको छ ।
अन्य सम्मानित हुनेहरुमा बागमती प्रदेशबाट अर्थोपेडिक सर्जन प्राडा सुरेश पाण्डे, क्यान्सर रोग विशेषज्ञ डा विश्वराम पौडेल, वरिष्ठ मुटु रोग विशेषज्ञ डा ओममूर्ति अनिल, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा दिव्या सिंह शाह, बाल शल्य चिकित्सक विशेषज्ञ प्राडा रामनन्दन प्रसाद चौधरी र रेडियोलोजिस्ट डा आनन्द प्रसाद श्रेष्ठ रहनुभएको छ ।

यस्तै गण्डकी प्रदेशबाट फिजिसियन डा सरोज पोखरेल, वरिष्ठ स्त्री, प्रसूति तथा निःसन्तानपन रोग विशेषज्ञ प्राडा गिरधारी शर्मा पंगेनी, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा आनन्द भट्टराई उक्त अवार्डबाट सम्मानित हुनुभएको छ । लुम्बिनी प्रदेशबाट वरिष्ठ मुटु रोग विशेषज्ञ डा सचिन ढुंगेल, कर्णाली प्रदेशबाट जनरल तथा इमरजेन्सी मेडिसिन विशेषज्ञ डा डम्बर खड्का र सुदूरपश्चिम प्रदेशबाट वरिष्ठ फिजिसियन तथा दमरोग विशेषज्ञ प्राडा सुभेस राज कायस्थ सम्मानित हुनुभएको छ ।सात वटै प्रदेशबाट तीन जना स्वास्थ्यकर्मीहरुलाई पनि अवार्ड प्रदान गरिएको छ। राजेन्द्र प्रसाद खरेल, सन्तोष केसी र शंकर खराललाई उक्त अवार्ड प्रदान गरिएको हो।

यस्तै, पत्रकारहरु बुद्धि बहादुर केसी, अनिता श्रेष्ठ कमला गुरुङ्ग र सुमन खत्रीलाई अवार्डबाट सम्मानित गरिएको छ।

सो अवसरमा बोल्दै पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको समृद्धि र जनताको सेवा सुविधा सहज बनाई परिवर्तनको अनुभूति दिनुपर्ने बताउनु भयो । यस्ता काममा यो वा त्यो नभनीकन साझा प्रयासको आवश्यकता रहेको उहांँले बताउनुभयो ।स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै उहांँले लामो सङ्घर्षपछि प्राप्त वर्तमान उपलब्धिको अनुभूति जनताले गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता नैनसिंह महरले स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन गर्न सके जनताले राहतको महसुस गर्ने बताउनुभयो ।

यस्तै, स्वास्थ्य दर्पण मिडिया नेटवर्कका संरक्षक एवं वरिष्ठ मृगौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्ले, नेपाल चिकित्सक संघका अध्यक्ष अनिलविक्रम कार्की, वरिष्ठ चिकित्सक प्रा.डा. दिव्यासिंह शाह, स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठ लगायतले चिकित्सा सेवालाई दुर्गम क्षेत्रसम्म प्रभावकारी ढंगले पु¥याउन सरकारले विशेष किसिमको योजना र कार्यक्रमका साथ आकर्षक प्याकेजहरू ल्याउनु जरुरी रहेको बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष किशोर नेपाल लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

शनिबार, बैशाख १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.