काठमाडौं ।बरिष्ठ अर्थोपेडिक सर्जन प्राडा सुरेश पाण्डे स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड – २०८० बाट सम्मानित हुनु भएको छ । नेपालको स्वास्थ्य शिक्षा र सेवाका क्षेत्रमा अर्थोपेडिक सर्जन विशेषज्ञको रुपमा उहाँले पु¥याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.कोे आठौं वार्षिकोत्सवको अवसरमा सम्मानित गरिएको हो । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उहांँलाई नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांँग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंह र नेता नैनसिंह महरले सम्मानपत्र सहित सम्मान गर्नुभएको थियो । प्राडा पाण्डे विगत लामो समय देखि अर्थोपेडिक बिशेषज्ञको रुपमा सेवा गर्दै आउनु भएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
