• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ५ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ९ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १० घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १० घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १० घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १३ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १४ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १६ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • १०. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

नेपालगञ्जमा आयुर्वेद उपचारको आकर्षण बढ्दै

  •  बुधबार, बैशाख २७, २०८० मा प्रकाशित

जानकी ।नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्ट्रेकाकी सुमित्रा सुवेदीलाई थाइराइड र ग्यासट्रिकले सताउन थालेको धेरै वर्ष भयो । उहाँले धेरै औषधि गर्नु पनि भयो तर, समस्या कम नभएपछि आयुर्वेदिक औषधि खान सुरु गर्नुभयो ।

उहाँले आयुर्वेदिक औषधि खान थालेको चार महिना भएको छ । “अरू औषधि जति खाए पनि काम गरेन, महँगो भए पनि आयुर्वेदिक औषधिको ‘साइडइफेक्ट’ छैन”, उहाँले भन्नुभयो, “स्वास्थ्यचौकीले २३ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क दिने भएकाले राहत भएको छ ।”

नेपालगञ्जमा पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति बिरामीको चासो बढ्न थालेको छ । आयुर्वेद उपचारको महत्व, विश्वसनीयता र प्रभावकारितापछि बिरामीमा आयुर्वेद उपचार पद्धतिप्रतिको चासो बढेको पाइएको हो ।

बाँके आयुर्वेद केन्द्रका प्रमुख डा अनिलकुमार चौधरीका अनुसार कोरोना महामारीपछि आयुर्वेद सेवा लिनेको सङ्ख्या ह्वात्तै बढेको छ । “कोरोनाअघि आयुर्वेद सेवाबारे नागरिकमा चासो थिएन, सरकारले पनि यसलाई खासै महत्व दिएको अवस्था थिएन”, डा चौधरीले भन्नुभयो, “कोरोना महामारीपछि भने आयुर्वेदको महत्व जनमानसमा ह्वात्तै बढ्यो, सरकारले पनि विभिन्न कार्यक्रम गरी जनमानसमा आयुर्वेदप्रतिको भरोसा बढायो ।”

कोरोनापछि सङ्घ र प्रदेश सरकारले विभिन्न कार्यक्रमका माध्यमबाट जनतासँग प्रत्यक्ष भेटेर आयुर्वेद उपचारको महत्वबारे जानकारी दिनेदेखि क्वारेन्टिनमा बसेका बिरामीलाई निःशुल्क औषधि वितरण गरी स्वास्थ्यलाभ भएको हुँदा अहिले आयुर्वेद उपचार गराउने बिरामीको सङ्ख्या दिनप्रतिदिन बढिरहेको डा चौधरीले जानकारी दिनुभयो ।

विपन्न वर्गका महिलाले बच्चा जन्माइसकेपछि खानपानको कमीले गर्दा बच्चालाई आमाको दूध नपुगेको अवस्थामा स्तनपान सेवाअन्तर्गत दूधवद्र्धकका लागि कुरिलोको चूर्ण र दशमूल तेल निःशुल्क उपलब्ध गराइरहेको छ ।

सरकारी दरमा ल्याब सेवा पनि सञ्चालनमा ल्याइएको छ भने नसर्ने रोग र दीर्घ जीवनका लागि बिहान ५ देखि ६ः३० बजेसम्म योग कक्षा पनि सञ्चालन भइरहेको छ । केही वर्षअघिसम्म पाँचदेखि १० जना उपचारका लागि आउने गरेकामा अहिले भने दैनिक ५० देखि ६० बिरामी उपचारका लागि आउने गरेको वरिष्ठ कविराज निरीक्षक डा गीता रेग्मीले जानकारी दिनुभयो ।

प्रदेश सरकारमार्फत रु पाँच करोडको लगानीमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुन लागेको छ । त्यसमा आयुर्वेदका आठवटै अङ्गका विशेषज्ञसहितको सेवा प्रदान गरिने उद्देश्यले प्रदेश सरकारले अस्पताल निर्माण गर्न लागेको हो । डा रेग्मीका अनुसार अधिकांश बिरामी पाइल्स, फिसर, फिस्टुला, बाथ, आँखासम्बन्धी रोग, पेटसम्बन्धी रोग, नसारोग, महिलाको सेतो पानी बग्नेलगायतका बिरामी उपचारका लागि आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने गरेका छन् ।

पछिल्लो तथ्याङ्कानुसार आव २०७७÷७८ मा २२ हजार छ सय ६९ ले आयुर्वेदको सेवा लिएका थिए । त्यसमध्ये महिला १० हजार नौ सय ३४ रहेका थिए भने ११ हजार सात सय ३५ पुरुषले आयुर्वेदको सेवा लिएका छन् । त्यस्तै आव २०७८÷७९ मा ३५ हजार दुई सय ६८ ले सेवा लिएका छन् । त्यसमध्ये १७ हजार तीन सय ८२ महिला र १७ हजार आठ सय ८६ पुरुषले आयुर्वेद सेवा लिएका छन् ।

आयुर्वेद केन्द्रमा उपचारका लागि बाँकेका मात्र नभएर बाहिरी जिल्ला र भारतको बहराइजबाट पनि बिरामी आउने गरेको डा रेग्मीले बताउनुभयो । दैनिक बिरामीको सङ्ख्या वृद्धि भएपछि अहिले बाँके आयुर्वेद स्वास्थ्य केन्द्रमा भौतिक पूर्वाधार र जनशक्तिको अभाव भएको छ । केन्द्रले न्यून शुल्कमा विभिन्न सेवा प्रदान गर्ने गरेको छ । रासस

बुधबार, बैशाख २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.