• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १५ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १५ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १५ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

म्याद सकिँदा पनि अस्पताल भवनको काम सकिएन

  •  शनिबार, बैशाख ३०, २०८० मा प्रकाशित

बलेवा ।आगामी आसर मसान्तमा तोकिएको समयसीमा सकिनलाग्दा बागलुङ नगर अस्पतालको पहिलो तला मात्रै ढलान भएको छ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण नगर अस्पतालको भवन समयमा निर्माण सम्पन्न नहुने भएको हो ।

लामो समय अलपत्र अवस्थामा रहेको अस्पताल भवनको काम धिमा गतिमा छ । बागलुङ नगरपालिकाले पटक–पटक ताकेता गर्दासमेत निर्माण व्यवसायीले कामको गति नबढाएको स्थानीयको गुनासो छ । निर्माण सम्झौताको २१ महिना बितिसक्दा कम्पनीले पहिलो तला मात्रै ढलान गरेको छ । दोस्रो तलाका लागि पिल्लर बनाउने काम सुस्त छ ।

पन्ध्र शय्याको अस्पताल भवन निर्माण गर्न श्री महालक्ष्मी जुगल जेभीसँग २०७८ असार २३ गते ठेक्का सम्झौता गरिएको थियो । रु १२ करोड ८७ लाखमा सम्झौता भएको भवनको ३५ प्रतिशत मात्रै भौतिक प्रगति भएको नगरपालिकाका इञ्जिनियर त्रिलोचन गिरीले बताउनुभयो । भवन २०८० असार २० गतेसम्म सक्नुपर्ने सम्झौता छ । अस्पतालको प्रवेशद्वार, पार्किङलगायत साढे दुई तलाको लिफ्टसहितको अस्पताल निर्माण गर्ने ‘स्टिमेट’ छ ।

“यस्तो गतिले समयमा काम सकिँदैन, निर्माण समयमा सक्न निर्माण व्यवसायी जिम्मेवार हुनुपर्छ”, अनुगमनका लागि अस्पताल भवन निर्माणस्थल पुग्नुभएका जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले भन्नुभयो, “अस्पताल भवन जस्तो महत्वपूर्ण भवन निर्माणमा ढिलाइ हुनु दुःखद हो ।” उहाँले निर्माण कम्पनीले प्राविधिक जनशक्तिको निगरानी बिना नै भवन निर्माणको काम गरिरहेकाले त्यसलाई तत्काल सच्याउन आग्रह गर्नुभयो ।

लामो समयको प्रयास र पहलपछि नगरपालिकाको नगर अस्पताल पैयुँपाटामा निर्माण सुरु भएको थियो । अस्पताल भवन निर्माण अघि बढे पनि निर्माण व्यवसायीले लापरबाही गर्दा काम सम्पन्न हुनेमा स्थानीय सशङ्कित छन् ।

भवनको काम छिट्टै सकाउन नगरका तर्फबाट सबै प्रयास भइरहेको नगर उपप्रमुख राजु खड्काले बताउनुभयो । “व्यवसायीलाई ताकेता गरिरहेका छौँ, अस्पतालको सेवा थप गर्न डाक्टरको माग गरी पदपूर्ति गरे पनि डाक्टर बस्नु भएन, अरू प्रयास भइरहेका छन्”, खड्काले भन्नुभयो ।

बागलुङ–१३ पैयुँपाटा स्वास्थ्यचौकीलाई नै नगर अस्पतालका रुपमा नामकरण गरिएको थियो । सरकारले प्रत्येक पालिकामा १५, १० र पाँच शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्यअनुसार स्वास्थ्यको पहुँचबाट टाढा रहेको नगरपालिकाको दक्षिण भेगलाई लक्षित गरी नगर अस्पताल निर्माण थालिएको भए पनि अस्पताल भवन निर्माणमा ढिलाइ हुनु र अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी नहुँदा समस्या भएको छ ।

नगरपालिकाको रायडाँडा, पैयुँपाटा, अमलाचौर र नारायणस्थनका बासिन्दालाई अस्पताल निर्माणसँगै स्वास्थ्य सेवा लिन सहज हुनेछ । अस्पतालमा एमडिजिपीसहित तीन चिकित्सक आवश्यक रहे पनि अहिले मेडिकल अधिकृत राख्न नसकिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । स्थानीयको नौ रोपनी जग्गा नगर अस्पतालका नाममा पास गरेपछि अस्पताल निर्माण अघि बढेको थियो । निर्माण कम्पनीले भने सडकको असुविधाका कारण समयमा काम गर्न नसकेको बताउने गरेको छ । रासस

शनिबार, बैशाख ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.