• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ २६, २०८३
शुक्रबार, भदौ २६, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १३ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १८ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १८ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १८ घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

  • १०. पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

गर्भजाँचबारे सचेत बन्दै

  •  सोमबार, जेठ ०१, २०८० मा प्रकाशित

टीकापुर ।टीकापुरकी प्रिया बिसी गर्भवती भएको नौ महिना लाग्यो । टीकापुर अस्पतालमा श्रीमान्सँगै अन्तिम गर्भजाँच गर्न आउनुभएकी उहाँलाई श्रीमान्को राम्रो साथ छ । “नौ महिना भयो, अब डाक्टरले समय नजिकिएको छ भन्नुभएको छ”, प्रियाले भन्नुभयो, “डाक्टरको सल्लाहअनुसार खानपान र स्वास्थ्य स्याहार गरिरहेकी छु । श्रीमान्ले राम्रो स्याहार गर्नुभएको छ ।”

छ महिना पुगेपछि गर्भजाँचमा आउनुभएकी सपना श्रेष्ठसँगै उहाँकी सासू पनि आउनुभएको थियो । सपनाले पोषिलो खानेकुरा खानुका साथै सासूको राम्रो हेरचाह पाउनुभएको छ । “पहिलोपटक आउँदा डाक्टरले मलाई र सासुआमालाई धेरै परामर्श गर्नुभयो । कसरी खाने, कस्तो काम गर्न मिल्छ, सबै सिकाउनुभयो”, सपना भन्नुहुन्छ, “सासूआमाले मलाई धेरै माया गर्ने, जहाँ जाँदा पनि आफूसँगै जाने गर्नुभएको छ । म खुसी छु ।”

चार महिनाकी गर्भवती जानकी रावलले अहिलेसम्म दुई पटक गर्भजाँच गरिसक्नुभयो । उहाँ यतिखेर नियमित आइरन, क्याल्सियम खानुका साथै आफ्नो स्वास्थ्यप्रति सचेत हुनुहुन्छ । गर्भावस्थाको पाँच महिना लागेकी रविना चौधरी पनि गर्भजाँचका साथै खानपानमा ध्यान दिइरहेको बताउनुहुन्छ । श्रीमान् घर बाहिर भए पनि रविनालाई घरका सदस्यले राम्रो स्याहार गरेका छन् । “श्रीमान् कामको सिलसिलामा घरबाहिर हुनुहुन्छ, तर उहाँले आर्थिक व्यवस्थापन गरिदिने, दैनिक फोन गरेर मेरो अवस्था बुझ्ने गर्नुभएको छ’’, उहाँ भन्नुहुन्छ, ‘‘घरका सदस्यले मेरा लागि सहज वातावरण बनाइदिनुभएको छ । मैले रमाइलो वातावरणमा बच्चा हुर्काइरहेकी छु ।”

सरकारले मातृ तथा शिशु मृत्युदर शून्यमा झार्न विभिन्न प्रयास गरेको छ । विगतमा चार पटक गर्भजाँचको मापदण्ड राखिएकोमा हाल आठ पटक अनिवार्य गर्भजाँच गर्नुपर्ने व्यवस्था गरिएको छ । यसै वर्षदेखि गर्भवतीको अनिवार्य आठ पटक र आवश्यकताअनुसार त्यसभन्दा बढी पटक स्वास्थ्य परीक्षण हुन्छ । गर्भावस्थामा हुने जोखिम कम गर्न स्वास्थ्य संस्थाले समेत कडाइ गरेका छन् ।

गत वर्षसम्म सुरक्षित मातृत्व कार्यक्रमले चार पटक गर्भजाँच गरे पुग्ने मापदण्ड बनाएको थियो । आमा तथा नवजात शिशुको सुरक्षाका लागि चार पटक मात्र पर्याप्त भएन भन्दै यस वर्षदेखि आठ पटक गर्भजाँच थालिएको छ । अब गर्भवतीले गर्भजाँच पहिलो पटक थाहा पाउने वित्तिकै, दोस्रो पटक १२ हप्तामा, तेस्रो पटक १६ हप्ता, चौथौ २० देखि २४ हप्ताको बीचमा, पाचौँ २८ हप्ता, छैटौँ ३२ हप्ता, सातौँ ३४ हप्ता, आठौँ ३६ देखि ३८ हप्ताको बीचमा गरेर आठ पटक गर्भजाँच गर्नुपर्ने व्यवस्थाअनुसार आमाहरु आउन थालेका टीकापुर अस्पतालका सिनियर अनमी तारा खरेलले बताउनुभयो ।

पछिल्लो समय गर्भजाँच गर्न आउनेसँग श्रीमान्, सासू तथा घरका अन्य सदस्यसमेत साथमा आउन थालेका र परिवारका सदस्यसँगै आउँदा गर्भवती र पेटमा हुर्किरहेको बच्चाको राम्रो स्याहार पुग्ने सिनियर अनमी खरेल बताउनुहुन्छ । “हामीले हरेक गर्भवतीलाई श्रीमान्, सासू तथा ससुरासँगै ल्याउन भन्छौँ”, उहाँ भन्नुहुन्छ, “श्रीमान् र सासू आउनुहुन्छ तर ससुरालाई पनि शिक्षा दिन आवश्यक भएको छ । घर चलाउने, किनमेल गर्ने अधिकांश पुरुष भएकाले पुरुष बढी सचेत हुन आवश्यक छ ।”

सरकारले सुत्केरीपश्चात्को जाँचसमेत चार पटक गर्नुपर्ने मापदण्ड बनाएको छ । सुत्केरी भएको २४ घण्टाभित्र, तीन दिन, सात दिन र ४२ दिनभित्र आमा र नवजात शिशुको स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ तर यसो गर्ने निकै कम हुन्छन् । यसरी स्वास्थ्य जाँच गर्न आउन नसक्नेलाई टीकापुर नगरपालिकाका स्वास्थ्यकर्मीले घरमै गएर सेवा दिने गरेका अनमी रमिला रावल बताउनुहुन्छ । “नजिक घर भएका स्वास्थ्य संस्थामै आउनुहुन्छ, टाढा घर भएकालाई घरमै गएर सेवा दिन्छौँ”, उहाँ भन्नुहुन्छ, “आजभोलि सुत्केरीपश्चात्को जाँच गर्नेसमेत बढेका छन् ।”

गर्भावस्था तथा सुत्केरी अवस्था विशेष अवस्था भएकाले यो समयमा महिला तथा नवजात शिशुको विशेष ख्याल गर्न र खानपानमा ध्यान दिन आवश्यक रहेको रावलले बताउनुभयो । रासस

सोमबार, जेठ ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.