• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाँकेमा १९३ कुष्ठरोगी
  • ३ घण्टा 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • ३ घण्टा 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • ३ घण्टा 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • ४ घण्टा 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ९ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • ९ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • २२ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १ दिन 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

विपन्नको सहारा बन्दै स्वास्थ्य बीमा

  •  आइतबार, जेठ ०७, २०८० मा प्रकाशित

गलकोट । बागलुङ नगरपालिका–४ उपल्लाचौरका मोहदत्त आचार्यले स्वास्थ्य बीमा गर्न थालेको छ वर्ष पुग्यो । स्वास्थ्य बीमाबाट उपचार गराउँदा ठूलो राहत मिलेको आचार्यको भनाइ छ । “लगातार छ वर्षदेखि स्वास्थ्य बीमा गर्दै आएको छु, गत वर्ष त एक लाख रकम नै उपचारमा सकियो, तीन हजार पाँच सय रकम तिरेर एक लाखको उपचार पाउँदा निकै राहत महसुस भयो”, आचार्यले भन्नुभयो, “स्वास्थ्य बीमाले उपचारमा सहज बनाएको छ, अहिले स्वास्थ्य बीमा गर्न आवश्यक छ भनेर आफैँले समेत अरुलाई भन्ने गरेको छु ।”

बागलुङको धौलागिरि अस्पतालको स्वास्थ्यसेवा विस्तारसँगै स्वास्थ्य बीमाको पहुँच बढ्न थालेको हो । पैसा बोकेर अस्पताल जानेहरू अहिले स्वास्थ्य बीमाको कार्ड बोकेर अस्पताल धाउन थालेका छन् । आर्थिक अवस्था कमजोर भएकालाई स्वास्थ्य बीमाले निकै सजिलो भएको बीमाकर्ताहरू बताउँछन् । अहिले धौलागिरि अस्पतालमा दैनिक न्यूनतम तीन सय जना स्वास्थ्य बीमा गरेका बिमितहरू सदस्य नियमित सेवा लिन अस्पतालमा आउन थालेको धौलागिरि अस्पतालको भनाइ छ । अस्पतालमा दिन नसकिएको सिटिस्क्यान, एमआरआई र अन्य ठूला रोगको उपचारका लागि स्वास्थ्य बीमाबाटै रिफर गर्दै आएको अस्पतालले जनाएको छ ।

पछिल्लो समयमा जिल्लामा स्वास्थ्य बीमा गर्नेको सङ्ख्यामा क्रमशः बढ्दै गएको छ । स्वास्थ्य बीमाबाट बिमित परिवारलाई रु एक लाख बराबरको एक वर्षसम्म निःशुल्क उपचारको सेवा प्रदान गर्ने भएपछि बीमा कार्यक्रममा सहभागी हुनेको सङ्ख्या पनि उल्लेख्यरूपमा वृद्धि भएको छ । जिल्लामा ४० प्रतिशत नागरिक हाल स्वास्थ्य बीमाको पहुँचमा आइसकेको स्वास्थ्य बीमा बोर्ड बागलुङले जनाएको छ ।

बागलुङ जिल्लामा ३१ हजार नौ सय १० परिवारका ९७ हजार नौ सय ८९ जना स्वास्थ्य बीमामा आबद्ध भएका स्वास्थ्य बीमा बोर्ड बागलुङका जिल्ला संयोजक दिनेश जिसीले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यसवर्ष स्वास्थ्य बीमा गर्नेको सङ्ख्या सात प्रतिशतले वृद्धि भएको जिसीको भनाइ छ ।

बागलुङ जिल्लामा ५१ हजार सात सय ३३ महिला र ४६ हजार दुई सय ६१ पुरुष स्वास्थ्य बीमामा आबद्ध भइसकेको र सबैभन्दा बढी बीमा बागलुङ नगरपालिकामा भएको जिसीले बताउनुभयो । “विपन्न समुदायका लागि स्वास्थ्य बीमा निकै प्रभावकारी बनेको छ, उपचार पाएकाले बीमा नवीकरण गर्ने गरेका छन् भने केहीले उपचार नपाएको गुनासोसमेत गर्ने गरेका छन्”, जिसीले भन्नुभयो, “बीमाबाट सेवा पाएकाले अन्यलाई समेत बीमा गर्न हौसला दिएका छन्, त्यसैको प्रभावले बीमामा आबद्ध हुनेको सङ्ख्या क्रमशः वृद्धि भएको छ ।” यो वर्ष स्वास्थ्य बीमामा आबद्ध हुनेको सङ्ख्यामा १० प्रतिशत वृद्धि गरी ५० प्रतिशत पु¥याउने स्वास्थ्य बीमा गर्ने योजना रहेको छ ।

बागलुङका १० स्थानीय तहमध्ये केही पालिकाले स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेका कारण स्वास्थ्य बीमा गराउनेको सङ्ख्यामा वृद्धि हुँदै आएको हो । जिल्लाको बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिकाले लक्षित वर्षलाई निःशुल्क स्वास्थ्य बीमा गराउन थालेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराउन निःशुल्क स्वास्थ्य बीमा गराउने गरी जिल्लाका पालिका अगाडि बढेको देखिन्छ ।

जिल्लाको काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र जैमिनी नगरपालिकाले गरिब तथा विपन्नका लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने योजनाका साथ कार्यक्रम अगाडि बढाएका छन् । बडिगाड गाउँपालिकाले अति विपन्न, एकल महिला, एकल पुरुष, स्वास्थ्य स्वयंसेविका र अपाङ्गता भएकालाई निःशुल्क बीमा गर्न थालेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । बीमा कार्यक्रममा सहभागी गराउनका लागि जिल्लामा ७८ जना दर्ता सहयोगी खटाइएको स्वास्थ्य बीमा बोर्ड बागलुङले जनाएको छ ।

स्वास्थ्य बीमा गरेका बिरामीका लागि बागलुङ सदरमुकाममा रहेको धौलागिरी अस्पताल, ढोरपाटनमा रहेको बुर्तिबाङ प्राविधिक स्वास्थ्य केन्द्र, गल्कोट नगर अस्पताल, जैमिनीको कुश्मीसेरामा रहेको नगर अस्पताल प्रथम सेवा विन्दुको रूपमा रहेर बिमितहरूलाई उपचार सेवा दिइरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो ।

धौलागिरि अस्पतालमा मात्रै दैनिक ८० प्रतिशत बिरामी स्वास्थ्य बीमाका बिमित सदस्य आउने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रविरञ्जन प्रधानले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रका विपन्न परिवारलाई अझै पनि स्वास्थ्य बीमाको फाइदाको विषयमा जानकारी हुन नसक्दा उनीहरू बिमित हुन नसकेको स्वास्थ्य बीमा बोर्डको भनाइ छ ।

पाँच जनाको परिवारले रु तीन हजार ५०० सय तिरेमा एक वर्ष सम्मका लागि रु एक लाखसम्मको स्वास्थ्य बीमाले तोकेको अस्पतालमा उपचारका लागि रकम तिर्नुपर्दैन । यदि परिवारमा थप सङ्ख्या भए एकजना बराबर सात सय थप गर्नुपर्छ । बीमा कार्यक्रममा ज्येष्ठ नागरिक, अति गरिब परिवार, एचआइभि एड्स सङ्क्रमित र द्वन्द्वपीडितलाई परिचयपत्रको आधारमा निःशुल्क बीमा गर्ने गरिएको छ । रासस

आइतबार, जेठ ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाँकेमा १९३ कुष्ठरोगी
विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

बाँकेमा १९३ कुष्ठरोगी

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

सङ्घीय अस्पतालमा शवगृह बनाइने

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.