• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १४ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १४ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

टिकापुरमा पक्षाघातको समस्या बढ्दै

  •  मङ्गलबार, जेठ ०९, २०८० मा प्रकाशित

टीकापुर ।टीकापुरकी लक्ष्मी ठकुल्लाका बुबालाई पक्षाघातको समस्या भएको दुई वर्ष पुग्यो । उहाँलाई पक्षाघातका कारण समस्या भएपछि उहाँका आफन्तले नगरपालिकामा ह्विलचियर माग गरेका छन् । “बुबा पक्षाघातको समस्याले थलिएको दुई वर्ष भयो”, लक्ष्मीले भन्नुभयो, “हिँड्डुल गर्न गाह्रो भएकाले ह्विलचियर भएको भए अस्पताल लैजान, घरबाहिर डुलाउन, कहिलेकाहीँ काममा लैजान सहज होस् भनी माग गरेका छौँ ।”

त्यस्तै, टीकापुरका शिव चौधरीलाई पनि पक्षाघातको समस्या छ । उच्च रक्तचापका कारण पक्षाघातको समस्या भएको बताउने चौधरीले पनि ह्विलचियर माग गरिरहुनभएको छ । “रातदिन घरमै थलिएको एक वर्ष पुग्यो, एकदमै राम्रो स्वास्थ्य थियो, एक्कासि बेहोस भएँ, अस्पताल लगेको चार दिनपछि होसमा आएँछु”, उहाँ भन्नुहुन्छ, “पछि त शरीर नै चल्न छोड्यो । अहिले सहाराबिना कुनै काम गर्न सक्दिनँ ।”

मानिस विभिन्न कारणले अपाङ्गताको समस्याको सिकार हुनसक्छ । कोही जन्मजात, कोही दुर्घटनामा परेर वा कोही विभिन्न स्वास्थ्य समस्याले अपाङ्ग हुनसक्छन् । अपाङ्गता भएकाको जीवन सहजताका लागि उनीहरूलाई सहायता सामग्री उपलब्ध गराउने, विभिन्न जीवनउपयोगी तालिम दिने काम सरकारले गरिरहेको हुन्छ । तर मागअनुसार पुर्याउन भने कठिन देखिन्छ ।

नागरिकको खानपान तथा रहनसहनले मानिसमा विभिन्न खाले स्वास्थ्य समस्याहरू देखिने गरेका छन् । स्वास्थ्य समस्याले मानिसलाई अन्य समस्या मात्र नभई अपाङ्गतासम्बन्धी समस्या हुने समेत देखिन्छ । डा दिनेश बजगाईं मस्तिष्काघातको समस्याले पक्षाघातको समस्या भइरहेको बताउनुहुन्छ । “मानिसको खानपान, रहनसहनले विभिन्न स्वास्थ्य समस्या हुने हुन्छ । जसले मानिसलाई अशक्त बनाउँछ”, उहाँले भन्नुभयो, “मस्तिष्काघातले मानिसमा पक्षाघातको समस्या बढी देखिन थालेको छ । समयमै उपचार नभएमा अपाङ्गताको समस्या हुन्छ ।”

कैलाली अपाङ्ग सेवा सङ्घका अध्यक्ष बद्रीप्रसाद जैसी विभिन्न प्रकारका अपाङ्गता भएकाहरूलाई हिँड्डुलमा समस्या भएकाले सहायता सामग्री माग गरिएको बताउनुहुन्छ । “जन्मजात, दुर्घटना भएर वा पक्षाघाताको समस्याले हिँड्डुल गर्न नसक्नेहरू धेरै छन्”, उहाँ भन्नुहुन्छ, “अवस्था हेरेर नापजाँच गरी आवश्यकता अनुसारका सहायता सामग्रीका लागि स्थानीय सरकारलाई माग गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “सहायता सामग्रीले पनि अपाङ्गता भएकालाई धेरै सहज हुन्छ ।”

टीकापुर नगरपालिकामा सहायता सामग्री माग गर्नेहरू बढेका छन् । नगरपालिकामा पक्षाघात भएकाहरूले बढी ह्विलचियरको माग गरेका छन् । नगरपालिकामा यस वर्ष ६७ जनाले ह्विलचियर माग गरेका छन् । नगरपालिकाले यस वर्ष ५० वटा ह्विलचियर खरिद गरेर वितरण गर्ने तयारी गरेको महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख सङ्गीता शाहले बताउनुभयो । “माग धेरै आएको छ । हामीले ५० वटामात्र खरिद गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “अति आवश्यक भएकालाई यस वर्ष दिने र बाँकीलाई अर्को वर्ष बाँड्ने गरी काम गर्दैछौँ ।”

नगरपालिकामा नौ सय ८४ जनाले अपाङ्गता परिचयपत्र बनाएका छन् । पूर्ण अशक्तहरू सामाजिक सुरक्षा भत्तामा समावेश हुनुहुन्छ । पालिकाले अपाङ्गता भएकाहरूलाई विभिन्न तालिम, सहायता सामग्री सहयोग जस्ता कार्य गर्दै आएको शाह बताउनुहुन्छ । “हामीले उहाँहरूसँग छलफल गरी विभिन्न खाले तालिम, कार्यक्रम गर्दै आएका छौँ”, उहाँ भन्नुहुन्छ, “यतिखेर आगामी वर्षका योजना छनोटका लागि प्रक्रिया सुरु गरेकाले अपाङ्गता भएकाहरूका समस्या समाधानका लागि योजना ल्याउन उहाँहरूसँग छलफल थालेका छौँ ।” रासस

मङ्गलबार, जेठ ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.