• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १४ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २० घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २० घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २० घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

गरिबीले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् : स्वास्थ्यमन्त्री बस्नेत

  •  बुधबार, जेठ ३१, २०८० मा प्रकाशित

पाटन ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिबीका कारणले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् भन्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ ।

ललितपुरको जावलाखेलस्थित आज लाइफलाइन हेल्थ होम केयरले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा उहाँले पाँच वर्षभित्र गरिबीका कारणले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् भन्ने गरी कार्ययोजना बनाएर सुरु गरेको अभियान निरन्तर जारी रहेको बताउनुभएको हो ।

“मेरो लक्ष्य नेपालमा पाँच वर्षभित्र गरिबीका कारणले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् भन्ने हो, त्यसका लागि निश्चित कार्ययोजना र मापदण्ड बनाएर सूर्तीजन्य पदार्थबाट सङ्कलन हुने अर्बौं रकमबाट गर्नुपर्छ भन्ने अभियान निरन्तर जारी रहनेछ, तपाईंहरुले साथ दिनुपर्ने छ, असल कामका लागि धेरै समर्थन प्राप्त हुन्छ, जस्तोसुकै अफ्ठेरो अवस्था आए पनि त्यसलाई छिचोल्दै जानुपर्छ”, मन्त्री बस्नेतले भन्नुभयो ।

संविधानले प्रदत्त गरेको हक र अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा उहाँको जोड थियो । उहाँले भन्नुभयो, “सबै अस्पतालले गरिब र असहायलाई उपचार गर्नु पर्छ, अस्पतालहरुले स्वीकृति लिने बेलैमा प्रदान गर्ने सम्पूर्ण उपचार सेवाको १० प्रतिशत न्यून आयस्तर भएका, गरिब र बेवारिसे बिरामीलाई उपचार गर्नुपर्छ भनेर सम्झौता गरेको भए पनि त्यो कार्यान्वयन हुन सकेको थिएन, म आएपछि देशैभर सर्कुलर जारी गरेर यसलाई कार्यान्वयनमा ल्याउन जोड दिएको छु ।”

सोका लागि एउटा मापदण्ड बनाइएको र २२ जिल्लामा गरिबी तथा विपन्नताको कार्ड पाएका नागरिक रहेका तथा त्योभन्दा बाहेक जिल्लामा निर्वाचित वडाका जनप्रतिनिधिको सिफारिसमा गरिब तथा विपन्नता भएका व्यक्तिको उपचार गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी गराउनुभयो । विपन्न जनताको निःशुल्क उपचार गर्नु राज्यको दायित्व भएको उहाँको भनाइ छ ।

मन्त्री बस्नेतले महङ्गो उपचारबाट जनता पीडित भएको अवस्थामा उपचार नै गर्नु नपर्ने गरी नागरिकलाई सचेत बनाउन जरुरी भएको औँल्याउनुभयो । उहाँले दिनको एक घण्टा शारीरिक व्यायामका लागि छुट्याउन आवश्यक छ भन्ने सचेतना जगाउन र उचित आहारका लागि ध्यान दिन प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।

लाइफलाइन हेल्थ होम केयरका सञ्चालक समिति सदस्य समीर जोशीले होम केयरका रुपमा दुई वर्षदेखि सञ्चालनमा रहेको यस स्वास्थ्य संस्थाले पोलिक्लिनिकका रुपमा आठ महिनादेखि सेवा प्रदान गरिरहेको बताउनुभयो । “हामीले ‘वेटर हेल्थ वेटर सोसाइटी’को नाराका साथ काठमाडौँ मेडिकल कलेजसँग सहकार्य गरेर देशैभर स्वास्थ शिविर सञ्चालन गरिरहेका छौँ, अहिले बागमती प्रदेशभर स्वास्थ शिविर सञ्चालन गरिरहेका छौँ, शिविरमा आएकामध्ये अप्रेसन गर्नुपर्नेलाई कलेजमा ५० प्रतिशत छुट हुने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “प्राइभेट संस्था भए पनि नाफामा केन्द्रीकृत भएका छैनौँ, नर्सिङ कलेजहरुसँग पनि सहकार्य गरेका छौँ, ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर न्यूनतम शुल्कमा सेवा पु¥याएका छौं ।”

विभिन्न सङ्घसंस्थाको सहयोग र काठमाडौँ मेडिकल कलेजसँगको प्राविधिक सहकार्यमा लाइफलाइन हेल्थ होम केयरले सञ्चालन गरेको बृहत् स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा जनरल मेडिसिन, जनरल शल्यक्रिया, प्याथोलोजी, स्त्रीरोग, बालरोग, दन्तरोग, हाडजोर्नी, नाक, कान, घाँटी, आँखा, इसिजी, भिडियो एक्स–रे, मधुमेह, युरिक एसिड लगायतका समस्यामा सेवा उपलब्ध हुने डा विपु ढकालले जानकारी दिनुभयो । रासस

बुधबार, जेठ ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.