• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, साउन १२, २०८३
मङ्गलबार, साउन १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • ४५ मिनेट 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • २ घण्टा 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • २ घण्टा 

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित
  • ३ घण्टा 

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते
  • ४ घण्टा 

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
  • ५ घण्टा 

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • १ दिन 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • १ दिन 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • २. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ३. मीना सुनारको उद्धार

  • ४. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ५. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ६. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ७. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • ८. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ९. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

  • १०. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

‘तपाईं १८ वर्ष पुग्नुभयो ? जन्मदिनमा रक्तदान गर्नुभयो ?’ अभियान सुरु

  •  बुधबार, जेठ ३१, २०८० मा प्रकाशित

भक्तपुर ।तपाईं १८ वर्ष पुग्नुभयो ? तपार्इंले रक्तदान सुरु गर्नुभयो ? बालिग अवस्था पार गरेर १८ वर्षको किशोरावस्थामा प्रवेश गरेसँगै रक्तदान गर्न किशोर किशोरीलाई अभिपे्ररित गर्ने उदेश्यले भक्तपुरमा आजदेखि अभियान सुरु भएको छ ।

विश्व रक्तदाता दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा तथा नेपाल स्वयंसेवी रक्तदाता समाजले संयुक्तरूपमा आज भक्तपुरमा आयोजना गरेको साइकल ¥याली, रक्तदान तथा विविध कार्यक्रममा ‘प्रत्येक स्वस्थ युवा युवतीले आफ्नो १८औँ वर्षको जन्मोत्सवसँगै रक्तदानको शुभारम्भ गरौँ’ भन्ने अभियान सुरु गरेको हो ।

आज विशेष रक्तदान कार्यक्रममा १८ वर्ष उमेर पुगेका १८ किशोरकिशोरीले पहिलो पटक रक्तदान गरेर यो अभियान सुरु गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुरका अध्यक्ष सुमित बालाले जानकारी दिनुभयो ।

उहाँले कार्यक्रममा ३० जनाले रक्तदान गरेको बताउनुभयो । उहाँका अनुसार प्रत्येक १८ वर्ष उमेर पुगेका किशोरकिशोरीले आफ्नो जन्मदिनको दिनमा रक्तदान गर्न प्रेरणा दिन अभियान सुरु गरिएको हो ।

एक स्वस्थ व्यक्तिले वर्षमा चार पटकसम्म रक्तदान गर्नसक्ने भएकाले युवा युवतीलाई रक्तदानमा आकर्षित गरे नेपालमै रगतको अभाव नहुने उहाँको भनाइ थियो ।

त्यसैगरी दिवसकै अवसरमा आजै नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको कार्यालयबाट साइकल यात्राको आयोजना गरिएको थियो । साइकल यात्राको नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले उद्घाटन गर्नुभयो ।

रक्तदान गर्न अभिप्रेरित गर्ने उद्देश्यले सुरु भएको साइकल यात्रा दूधपाटी, हाकुफो हिटी, ब्यासी, महालक्ष्मी, कमलविनायक, च्यामासिंह, दत्तात्रय, तौमढी, राम मन्दिर, सूर्यविनायक, चुनदेवी, सल्लाघारी, तीनकुने, चोंगा गणेश, सिद्धपोखरी हुँदै आठ किलोमिटरको यात्रा पार गर्दै दूधपाटी आएर समापन भएको थियो ।

¥याली सम्पन्नपश्चात सुरु भएको सम्मान एवं दैनिक रगत सङ्कलन अभियान घोषणा कार्यक्रममा एक वर्षभरि रक्तदान कार्यक्रमको आयोजना गर्ने संस्था र नियमित रक्तदान गर्ने रक्तदातालाई सम्मान गरिएको थियो ।

त्यसअवसरमा एक सय ७४ पटक रक्तदान गर्नुभएका प्रेमसागर कर्माचार्यको रचना, सुमन सिंहको सङ्गीत संयोजन, मनराजा नकर्मीको सङ्गीत र रत्नशोभा महर्जन, सिर्जना श्रेष्ठ, प्रगति महरा बीना भट्टराई, नसना महर्जन, दुर्गा अधिकारी, काव्या आचार्य, खुसी थुलुङ, सानुबाबु महर्जन, शशिविक्रम थापा, मोहित श्रेष्ठ, बेनुप क्षत्री, भिषण राई, मीन गुरुङ, कर्ण मुखिया एवं पुष्पराज बरालको स्वर रहेको रक्तदातासम्बन्धी गीत प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा सांसद थापा र बागमती प्रदेशसभा सदस्य एवं रेडक्रसकर्मी किरण थापाले रक्तदान जीवन दान हो भन्ने भनाइलाई सबैले व्यवहारमै उतार्नसके मात्रै रगतको अभाव कहिल्यै नहुने बताउनुभयो । यहाँका जनताले निःशुल्क रगत पाउने व्यवस्था नगरपालिकाले गरिदिँदा धेरै विपन्न परिवारलाई राहत पुगेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले अब आफूले मात्र होइन अरुलाई पनि रक्तदान गर्न अभिप्रेरित गरौँ भन्ने सन्देश देशभरि फैलाउनुपर्ने बताउनुभयो ।

रेडक्रस सोसाइटी भक्तपुर शाखाले अहिलेसम्म २९ हजार पिन्टभन्दा बढी रगत सङ्कलन गरेको र ५१ हजार पिन्टभन्दा बढी रगत वितरण गरेको बताउँदै रगत आवश्यक पर्दा बिरामीको आफन्तको पहिलो रोजाइ भक्तपुर पर्ने गरेको स्मरण गर्नुभयो ।

उहाँले रगत नपाए भक्तपुर जानु भन्ने अभियानलाई अहिलेसम्म पूरा गर्दै आएको उल्लेख गर्दै उहाँले रगतको माग अत्यधिक रहेको तर सङ्कलन कम रहेकाले यो अभियानलाई शतप्रतिशत उपलब्धिमा पु¥याउन प्रयास गरिरहेको र अहिले ५१ प्रतिशत पूरा गरेको बताउनुभयो ।

रक्तदाता संस्थाले वर्षमा कम्तीमा तीन पटक रक्तदान कार्यक्रमको आयोजना गर्ने गरी अभियान चाल्नुपर्ने बताउँदै उहाँले रेडक्रसले दैनिक रगत सङ्कलन अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।

उहाँले भक्तपुरबाट रगतको किनबेचको अवस्था अन्त्य गरेको बताउँदै अहिले उपत्यकाका तीन जिल्लासँगै धादिङ, नुवाकोट, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, पशुपतिको माडवारी सेवा समितिबाट पनि रगत सङ्कलन गरिरहेको जानकारी दिनुभयो । बिरामीका लागि चिकित्सकले रगत आवश्यक छ भनेर लेखिदिनेबित्तिकै ठूलो तनावको अवस्था आउने भएकाले त्यस्तो तनाव नलिई भक्तपुरमा आउन उहाँले आह्वान गर्नुभयो । रासस

बुधबार, जेठ ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
भेरी अस्पतालमा आइसीयु सेवा अभाव

लोकप्रिय

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

मीना सुनारको उद्धार

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

ताजा

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.