• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ४ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ८ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ८ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ८ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ८ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ११ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १२ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १४ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

बालबालिकामा कुपोषणको समस्या हट्दै

  •  आइतबार, असार ०३, २०८० मा प्रकाशित

कञ्चनपुर ।शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि बालबालिकामा देखिने कुपोषणको समस्या हट्दै गएको छ ।

तीन वर्षअघिदेखि सञ्चालन हुँदै आएको केन्द्रमा पहिलेको तुलनामा हाल नगन्य मात्रामा बालबालिकामा कुपोषणको समस्या रहेको पाइएको छ । “केन्द्र मातहत रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई वर्षको सुरुमै घर–घरमा खटाएर पाँच वर्षमुनिका बालबालिकाको तथ्याङ्क सङ्कलनकार्य गर्यौँ”, केन्द्रका प्रमुख कृष्णराज जोशीले भन्नुभयो, “कृपोषित भएका बालबालिकाको पहिचान गर्ने कार्य गरी स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्यायौँ ।” तीन वर्षअघि कुपोषित हुने बालबालिकाको सङ्ख्या निकै बढी थियो ।

उपचारात्मक खानाको माध्यमबाट बालबालिकाको उपचार गरिएपछि हाल थोरैमात्रै बालबालिकामा कुपोषणको समस्या रहेको छ । गत वर्ष आठ जना बालबालिका कुपोषित रहेका थिए । यस वर्ष तीन जना बालबालिकामा मात्रै कुषोषणको समस्या रहेको छ । बालबालिका र आमालाई सन्तुलित खानाको प्रयोग गर्नुपर्दछ भन्ने कुरा घरमै गएर सम्झाउने गरेको महिला स्वास्थ्य स्वयंसेविका वृक्षी रानाले बताउनुभयो ।

स्वास्थ्य केन्द्र स्थापना भएपछि प्रत्येक वर्ष कुपोषित बालबालिकाको सर्भेको कार्य हँुदै आएकाले पहिलेको तुलनामा कुपोषित हुने बालबालिकाको सङ्ख्या घट्दै गएको उहाँले बताउनुभयो । “दुई वर्षमुनिका बालबालिकाको पाखुराको नाप लिने कार्यसँगै तौल र उचाइ उमेरअनुसार वृद्धि भए÷नभएको यकिन गर्दछौँ”, उहाँले भन्नुभयो, “त्यसकै आधारमा जेड स्कोर निकालेर कुपोषित भए÷नभएको जानकारी हुन्छ, कुपोषित भए बालबालिकालाई उपचारका लागि केन्द्रमा पुर्याउँछौँ ।”

केन्द्रको कार्यक्षेत्रभित्रका टोलमा पुगेर सन्तुलित खानाबारे स्थानीय बासिन्दालाई सचेत पार्नका लागि खाद्य प्रदर्शनीको कार्य गरिएको केन्द्र प्रमुख जोशीको भनाइ छ । “खाद्य प्रदर्शनीमा पोषिलो खानाबारे जानकारी दिन्छौँ”, उहाँले भन्नुभयो, “कुपोषित बालबालिकाका लागि पुनःपरीक्षण र उपचार शिविरको आयोजना गर्ने कार्य हुँदै आएको छ ।”

उहाँका अनुसार आमा र बालबालिकालाई पोषिलो खानेकुरा खुवाउनुपर्छ भन्ने जानकारी अभिभावकले पाएपछि निकै सचेत भएका छन् । चालु आवदेखि प्रत्येक महिना पाखुराको नाप लिने र तौल लिने बालबालिकालाई वडा कार्यालयका तर्फबाट एक किलो आयोडिनयुक्त नुन र एकवटा साबुन निःशुल्क उपलव्ध गराउने व्यवस्था गरिएको छ । केन्द्रमा पुगेका एक सय ४९ बालबालिकाको नाप लिने र तौल लिने कार्य गरिएको छ । दुई वर्षमुनिका सबै बालबालिकालाई केन्द्रबाट बालभिटा र कुपोषित बालबालिकालाई उपचारात्मक खाना (आरयुटिएफ) दिइने गरेको छ । केन्द्रका स्वास्थ्यकर्मीका अनुसार बालबालिकाको प्रणालीबद्धरूपमा उपचार गरिँदै आइएको छ ।

जसअनुसार बालबालिकाको अवस्था हेरी भिटामिन ‘ए’ जुकाको औषधिसँगै अन्य रोगको औषधि उपलब्ध गराइँदै आएको छ । “महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको प्रयासले अभिभाकलाई जनचेतना दिने कार्य गरिएपछि कुपोषणबारे अभिभावक सेचत भएका छन्”, वडाध्यक्ष शेरबहादुर साउदले भन्नुभयो, “ब्यालेन्स डाइट आमा र बालबालिकालाई खुवाउनुपर्छ भन्ने कुराको जानकारी पाएसँगै अभिभावकले त्यसको जोहो गर्दै आएका छन्, यसको परिणामस्वरुप बालबालिकामा देखिने कुपोषणको समस्या निराकरण हुँदै गएको छ ।” वडाका सबै बासिन्दालाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि प्रयासरत रहेको उहाँले उल्लेख गर्नुभयो । रासस

आइतबार, असार ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.