• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १५ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २१ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २१ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २१ घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

‘स्वच्छ नेपाल स्वस्थ नेपाली’ कार्यक्रम सफल बनाउन सबै लाग्नुपर्ने

  •  बुधबार, असार १३, २०८० मा प्रकाशित

काठमाडौँ ।सरकारको नीति तथा कार्यक्रम र बजेटमा ‘स्वच्छ नेपाल स्वस्थ नेपाली’ कार्यक्रम आएकाले यसलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिइएको छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा प्रधानमन्त्रीका सरसफाइ विज्ञ खेम शर्माले नीति तथा कार्यक्रम र बजेटमा आएको अभियान सफल बनाउन सबैको सहयोग आवश्यक भएकामा जोड दिनुभयो ।

सार्वजनिक यातायातमा सरसफाइ मापदण्ड आवश्यक भएको उल्लेख गर्नुहुँदै उहाँले हवाईजहाजमा जस्तै यात्रुलाई फोहर व्यवस्थापनको सूचना दिने प्रणालीको व्यवस्था गरिनुपर्ने विचार राख्नुभयो ।

“संसारका एक सय ८९ देशमा गरिएको सरसफाइसम्बन्धी अध्ययनअनुसार नेपाल १४४ औँ स्थानमा परेकाले नेपालमा यस क्षेत्रमा धेरै गर्न बाँकी छ, देश स्वच्छ, सफा भएमात्र पर्यटक पनि आउने भएकाले विश्वकै सुन्दर देश नेपालमा सफाइ अभियानको विशेष आवश्यकता छ”, उहाँले भन्नुभयो ।

अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेनाले नाम अधिकार सम्पन्न भए पनि विसं २०७३ देखि यसलाई अधिकार नभएको संस्थाका रूपमा स्थापित गरिएको बताउनुभयो । आर्थिक वर्ष २०६६/२०६७ देखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहबाट घरजग्गा पास गर्दा वाग्मती सभ्यता करका नाममा लिन थालिएको शून्य दशमवल पाँच प्रतिशत अझै कार्यालयको नाममा नआएको पनि उहाँले जानकारी दिनुभयो ।

समितिका आयोजना प्रमुख रवीन्द्र बोहराले फोहरमैला हेर्ने निश्चित मन्त्रालय नभएकाले पनि यसको व्यवस्थापनमा समस्या देखिने गरेको बताउनुभयो । यसअघि स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको फोहरमैला स्रोत केन्द्र खारेज गरेपछि यस विषयमा काम गर्न असहज भएको भनाइ उहाँले राख्नुभयो ।

वाग्मती सफाइ अभियानकर्मी राजकुमार भट्टराईले ज्येष्ठ शुक्ल षष्ठीलाई राष्ट्रिय सरसफाइ दिवसका रूपमा घोषणा गरिनुपर्नेमा जोड दिनुभयो । नेवार समुदायले सिथि नख: पर्वका रूपमा कुवा, इनारलगायत पानीका स्रोत सफा गरेर सिथि नख: पर्वकै दिन फोहरमैला दिवस मनाउनुपर्ने भनाइ उहाँले राख्नुभएको हो ।

कार्यक्रममा समितिका कार्यकारी सदस्य वीरेन्द्र थपलिया, सफाइ अभियानकर्मी ताराबहादुर कुँवर, शोभाकान्त पाण्डे, चन्द्र दङ्गाल, सुमित्रा बञ्जारा, बेबी राजभण्डारीलगायतले काठमाडौँ उपत्यकाका नदी नालामा पाँच सय हप्ताभन्दा बढी समयदेखि सफाइ अभियान चलाउँदा पनि आशा गरिएअनुसारको परिणाम प्राप्त हुन नसकेको, स्थानीय सरकारले सफाइमा ध्यान नदिने गरेकाजस्ता विषय उठाउनुभएको थियो । रासस

बुधबार, असार १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.