• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १६ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २२ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २२ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २२ घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

आठ वर्षमा साढे तीन लाख स्वास्थ्य जनशक्ति आवश्यक : आयोग

  •  मङ्गलबार, असार १९, २०८० मा प्रकाशित

काठमाडौं । चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८७/८८ सम्ममा साढे दुई लाखभन्दा बढी स्वास्थ्य जनशक्ति आवश्यक हुने प्रक्षेपण गरेको छ । आयोगले आर्थिक वर्ष २०७७/७८ लाई आधार मानी गरेको अध्ययनमा उक्त प्रक्षेपण गरेको हो ।

आयोगका अनुसार सो अवधिभित्र सरकारी र निजी स्वास्थ्य संस्थामा महिला स्वास्थ्य स्वयम्सेविका र कार्यालय सहयोगीसहित तीन लाख ५८ हजार नौ सय ३८ स्वास्थ्य जनशक्ति आवश्यक पर्नेछ । आयोगले सो अवधिसम्म चिकित्सक र स्वास्थ्यकर्मी मात्रै दुई लाख ५७ हजार ९१ आवश्यक हुने निष्कर्ष निकालेको छ ।

आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरीले हाल कार्यरत जनशक्ति सेवानिवृत्त हुने र विदेशिने सङ्ख्यालाई समेतका आधारमा जनशक्ति प्रक्षेपण गरिएको जानकारी दिनुभयो । “सरकारले निर्माण गरिरहेका आधारभूत स्वास्थ्य संस्थालाई समेत आधार मानी स्वास्थ्य जनशक्ति प्रक्षेपण गरिएको छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार २०८८ सालसम्म स्वास्थ्य जनशक्तिको सङ्ख्या तीन दशमलव छ प्रतिशतले प्रक्षेपण गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रति एक हजारमा न्यूनतम चार दशमलव ४५ स्वास्थ्य जनशक्ति हुनु राम्रो मानिन्छ ।

आर्थिक वर्ष २०७७/७८ मा स्वास्थ्य संस्थामा दुई लाख ३४ हजार तीन सय ६१ जनशक्ति आवश्यक रहेकोमा ५६ हजार ५२ जना कम अर्थात एक लाख ७८ हजार तीन सय नौ मात्रै कार्यरत थिए ।

प्रतिवेदनमा आव २०७७/७८ सम्ममा सञ्चालित स्वास्थ्य संस्था, सरकारी, निजी तथा गैरसरकारी अस्पताल, मेडिकल कलेज, नर्सिड होम, क्लिनिक तथा शय्या सङ्ख्या प्रदान गरिने सेवाका लागि आवश्यक जनशक्तिको आँकलन गरिएको आयोगको भनाइ छ ।

विसं २०८८ सम्म एमबिबिएस १६ हजार सात सय ८४, विशेषज्ञ चिकित्सक कल्यन्ट्यान्ट (स्नातकोत्तर) १५ हजार चार सय ३५, नर्सिङ पेसाविद (स्नातकोत्तर) चार सय ११ आवश्यक हुने आयोगको प्रक्षेपण छ ।

नर्सिङ सहायक (स्नातक) तीन हजार तीन सय ५९, नसिङ तथा प्रसूतिसम्बन्धी सहायक (प्रमाणपत्र तह) ८८ हजार २४, परम्परागत तथा वैकल्पिक चिकित्सा (स्नातक तथा स्नातकोत्तर तह) दुई हजार ८३, परम्परागत तथा सहायक चिकित्सक प्राविधिक (प्रमाणपत्र तह) दुई हजार एक सय १८ जनशक्ति आवश्यक पर्नेछ ।

सो अवधिसम्म अन्य स्वास्थ्य सम्बद्ध पेसा (स्नातकोत्तर तह) दुई हजार छ सय ८८, अन्य स्वास्थ्य सम्बद्ध सहायक पेसा (स्नातक तह) २३ हजार एक सय ५०, अन्य स्वास्थ्य सम्बद्ध सहायक पेसा (प्रमाणपत्र तह) एक लाख चार हजार ३९ हजार उत्पादन हुनुपर्नेछ ।

त्यसैगरी सामुदायिक महिला स्वास्थ्य स्वयसेविका ५७ हजार ४३ जना र श्रेणीविहीन कार्यालय सहयोगी, सरसफाइ तथा सवारी चालक ४४ हजार आठ सय चारजना स्वास्थ्य जनशक्ति आवश्यक हुने आयोगको भनाइ छ ।

आयोगले विसं २०८३ सालमा दुई लाख ४५ हजार चार सय ६३ स्वास्थ्य जनशक्ति र ५४ हजार चार सय ६३ महिला स्वास्थ्य स्वयसेविका र ४२ हजार सात सय ७७ श्रेणीविहीन कार्यालय सहयोगी, सरसफाइ कर्मचारी र सवारी चालक आवश्यक हुने प्रतिवेदनमा उल्लेख गरेको छ ।

यसवर्ष चिकित्सकतर्फ स्नातक तहमा सात हजार छ सय ५९, स्नातकोत्तर तहमा एक हजार छ सय ८४ र स्नातकोत्तरभन्दामाथि एक सय नौ जनशक्ति उत्पादन हुने आयोगको भनाइ छ । यस्तै नर्सिङ, जनरल मेडिसिन, डेन्टल साइन्स, आयुर्वेशिक हेल्थ साइन्स, फिजियोथेरापी, फार्मसीलगायत ११ मध्यम तथा आधारभूत तहका विषयमा १२ हजार एक सय दुई स्वास्थ्यकर्मी उत्पादन हुनेछन् ।

नेपालमा सरकारले स्थानीय तहमा बनाउन थालेका आधारभूत अस्पतालसहित सात हजार आठ सय ८९ सरकारी र निजी दुई हजार दुई सय ५० गरी १० हजार एक सय ३९ स्वास्थ्य संस्था सञ्चालनमा छन् । रासस

मङ्गलबार, असार १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.