• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, साउन १२, २०८३
मङ्गलबार, साउन १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • ५ घण्टा 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • ६ घण्टा 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • ६ घण्टा 

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित
  • ८ घण्टा 

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते
  • ९ घण्टा 

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
  • १० घण्टा 

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • १ दिन 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • १ दिन 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • २. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ३. मीना सुनारको उद्धार

  • ४. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ५. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ६. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ७. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ८. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

  • ९. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • १०. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

स्वास्थ्य क्षेत्रको सुधारका लागि बाह्रबुँदे प्रतिबद्धता

  •  बुधबार, साउन १७, २०८० मा प्रकाशित

रसुवा ।नसर्ने रोगका साथै मानसिक समस्याप्रति पूर्ण सवधानी अपनाउँदै जीवनयापनमा सकारात्मक परिवर्तन ल्याउन जिल्लाबाट दिइने थप सेवाका विषयमा बाह्रबुँदे प्रतिबद्धा गरिएको छ । काठमाडौँस्थित स्वास्थ्य निर्देशनालय इपिडिमियोलोजी महाशाखा, जिल्ला स्वास्थ्य कार्यालय तथा विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा राष्ट्रिय मानसिक स्वास्थ्य सेवा सुदृढीकरणअन्तर्गत नसर्ने रोग रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्य योजनाका बारेमा स्थानीय सरकारलगायत सरोकारवाला निकायलाई जानकारी गराउन सदरमुकाम धुञ्चेमा आयोजना गरिएकोे एक कार्यक्रममा उक्त प्रतिबद्धता गरिएको हो ।

वागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले तयार पारेको उक्त प्रतिबद्धतापत्रलाई प्रभावकारीरूपमा कार्यान्वयन गराउन यहाँका सरोकारवाला निकाय सामु स्वास्थ्य निर्देशक महेश्वर श्रेष्ठले मङ्गलबार सार्वजनिक गर्नुभएको थियो ।

नसर्ने रोग एवं मानसिक रोग न्यूनीकरण गर्दै लान खानपिनमा सुधार गर्नुपर्ने, धूमपान एवं मादकपदार्थ सेवनलाई निरूत्साहित गर्ने , घरभित्रका धुँवाको न्यूनीकरणलगायत विविध कुरा प्रतिबद्धतापत्रमा उल्लेख थियो । नसर्ने रोग रोकथामका लागि स्थानीय तहका निकायमा संस्थागत संरचना स्थापना गरी कार्यान्वयनमा लाइने बताइएको छ । सुर्तिजन्य र मादकपदार्थको विज्ञापन प्रर्बद्धन र प्रयोगमा पूर्णरोक लगाइने, ट्राफिक प्रहरीबाट सवारी चालकको मापसे परीक्षण गराउने, विद्यालय नर्स कार्यक्रमलाई सरलीकरण गरिने, विद्यालयको खाजालाई प्राङ्गारिक बनाइनेजस्ता कुरा पनि प्रतिबद्धतापत्रमा उल्लेख थियो ।

स्थानीयस्तरको अस्पतालमा महिनाको एक पटक मानसिक रोगको विशेषज्ञ चिकित्सक सेवा दिइने र रसुवा अस्पतालको समन्वयमा ती अस्पतालमा औषधि आपूर्तिको व्यवस्था गराइनेसमेत बताइएको थियो । घरमा रहेका दीर्घरोगी तथा अशक्तलाई घरघरमै गएर स्वास्थ्यपरीक्षण एवं आवश्यक सामग्रीको व्यवस्थापन गरिने, बहुक्षेत्रीय कार्य योजनालाई सङ्घ प्रदेश र स्थानीय सरकारको सहकार्यबाट गाउँ स्वास्थ्य अभियान अगाडि बढाइने जनाइएको छ ।

स्वास्थ्यमा देखापर्ने असरलाई मध्यनजर गरी प्लास्टिकजन्य फोहर खुल्ला ठाउँमा जलाउन नदिइने उल्लेख गरिएको छ । दूरदराजका ग्रमिण क्षेत्रमा स्वास्थ्य सेवा निरन्तर सन्तुलन राख्न स्वास्थ्य विशेषज्ञको रायसमेत लिई उक्त घोषणा गरिएकोले प्रतिवद्धता कार्यान्वयनमा तिनै तहका सरकारद्वारा पूर्णरूपमा सहयोग मिल्नेमा आफू आशावादी रहेको निर्देशक श्रेष्ठले बताउनुभयो । जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरे, उपप्रमुख विजय लामा, गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, उत्तरगया र कालिका गाउँपालिका उपाध्यक्षद्वय चमेली गुरूङ र मीरा तामाङ, प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, गाउँपालिकाका प्रशासकीय अधिकारी एवं स्वास्थ्य इकाई प्रमुख, विज्ञ चिकित्सक एवं सञ्चारकर्मी समेतको सहभागितामा बागमती प्रदेशका स्वास्थ्य निर्देशक श्रेष्ठले प्रतिबद्धतापत्र घोषणा गरेसँगै कार्यान्वयन चरण अगाडि बढिसकेको स्वास्थ्य शाखा प्रमुख भीम सागर गुरागार्इंले बताउनुभयो ।

यहाँ कार्यरत स्थानीय निकायका पदाधिकारी एवं विश्व स्वास्थ्य सङ्गठनका विज्ञसमेतको सहभागितामा भएको वृहत् छलफल र सुझावले आगामी दिन जिल्लाको स्वास्थ्य अबस्था थप सुदृढ हुनेमा आशावादी रहेको सहभागीले बताए । वर्तमान स्वास्थ्य अवस्था र भावी रणनीतिका बारेमा स्वास्थ्यविज्ञ फणिन्द्रप्रसाद बराल र सतिस विष्टले कार्यपत्र पेस गर्नुभएको थियो भने रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अमितकुमार शाहले उपचारमा देखा परेका समस्या र गरिएका प्रयासको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी विश्व स्थास्थ्य सङ्गठनका प्रतिनिधिले यसअघि स्वास्थ्य क्षेत्रमा गरिएका सहयोगबारे जानकारी गराएका थिए । रासस

बुधबार, साउन १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
भेरी अस्पतालमा आइसीयु सेवा अभाव

लोकप्रिय

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

मीना सुनारको उद्धार

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

ताजा

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.