• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २० घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

‘खोज अभियान’अन्तर्गत ४० हजार बालबालिकालाई खोप

  •  बुधबार, साउन २४, २०८० मा प्रकाशित

काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘वृहत खोज र खोप अभियान’अन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार बालबालिकालाई खोप प्रदान गरेको छ ।

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले अभियानअन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार चार सय ६३ बालबालिकालाई खोप प्रदान गरिएको जानकारी दिनुभयो । मन्त्रालयले १५ महिनाभित्रमा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई अभियान सञ्चालन गरी खोप लगाएको उहाँले बताउनुभयो ।

प्रमुख डा गौतमका अनुसार गत वैशाख १५ र ३१ गते अभियान सञ्चालन गरिएको थियो । उहाँका अनुसार १५ महिनाभित्र लगाउनुपर्ने खोपको एक मात्रा पनि नलगाएका दुई हजार ९० बालबालिकालाई पहिलो पटक खोप प्रदान गरिएको छ ।

कुनै एक वा सोभन्दा बढी मात्रा खोप लगाउन छुटेका ३८ हजार तीन सय ७३ बालबालिकालाई विभिन्न नौ किसिमका १३ रोगविरुद्ध १८ मात्रा खोप प्रदान गरिएको प्रमुख डा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार चार हजार छ सय सात स्थानबाट खोप प्रदान गरिएको थियो ।

प्रमुख डा गौतमले नियमित खोप लगानुपर्ने समयमा नलगाएका बालबालिकालाई अहिले लगाइएको खोप कम प्रभावकारी भए पनि काम गर्ने बताउनुभयो । “जुन उमेर÷समयमा खोप लगाउनुपर्ने हो त्यसबेला नलगाएर अहिले लगाउँदा खोपको प्रभाव पहिला लगाउँदाको जस्तो नहुन सक्छ” उहाँले भन्नुभयो, “तर छुटेको खोप अहिले लगाउँदा पनि काम भने गर्छ ।” पहिले ९५ देखि सतप्रतिशत खोपको प्रभाव हुनेमा अहिले ८० प्रतिशतसम्म काम गर्ने उहाँको भनाइ थियो ।

मधेश प्रदेशमा कुनै एक मात्र पनि नियमित खोप नलगाएका बालबालिका बढी रहेका पाइएको प्रमुख डा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार कुनै पनि खोप नलगाउनेमा मधेशमा एक हजार तीन सय १६, लुम्बिनीमा दुई सय ९५, वागमतीमा एक सय ७६, कोशीमा एक सय ६०, सुदूरपश्चिममा एक सय पाँच, कर्णालीमा २९ र सबैभन्दा कम गण्डकीमा नौ जना रहेका छन् ।

पूर्ण मात्रा खोप लगाउँदा स्वास्थ्यमा हुने फाइदा तथा खोप लगाइने स्थान र समयको बारेमा पर्याप्त जानकारी नहुनु, खोप सेवाका बारेमा प्रभावकारी परामर्शको कमी, कतिपय समुदाय÷स्थानमा खोपप्रतिको गलत बुझाइलगायत कारणले बालबालिका नियमित खोपबाट वञ्चित भएका मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमण फैलिएका समयमा बन्दाबन्दी (लकडाउन)ले गर्दा पनि बालबालिका नियमित खोप लगाउनबाट वञ्चित भएका खोप शाखा प्रमुख डा गौतमले बताउनुभयो । उहाँले खोप लगाउन छुटेका बालबालिकाका लागि प्रत्येक वर्ष नियमित खोप अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।

नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण–२०२२ का अनुसार जन्मेदेखि पाँच बर्ष मुनिका ५२ प्रतिशत बालबालिकाले पूर्ण, ४८ प्रतिशतले अपूर्ण र चार प्रतिशतले कुनै पनि खोप लगाएका छैनन् । उक्त सर्वेक्षण अनुसार एक वर्षमुनिका ८० प्रतिशतले बालबालिकाले पूर्ण खोप लगाएका छन् । रासस

बुधबार, साउन २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.