• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, साउन १२, २०८३
मङ्गलबार, साउन १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • ७ घण्टा 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • ८ घण्टा 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • ८ घण्टा 

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित
  • १० घण्टा 

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते
  • १० घण्टा 

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
  • १२ घण्टा 

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • १ दिन 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • १ दिन 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • २. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ३. मीना सुनारको उद्धार

  • ४. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ५. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ६. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

  • ७. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ८. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ९. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • १०. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

पहिचान र अधिकारका लागि दक्षिण एसियाका सामुदायिक स्वास्थ्यकर्मी एकजुट

  •  मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य सेवा प्रवाहमा महत्त्वपूर्ण योगदान गरिरहेका दक्षिण एसियाका सामुदायिक स्वास्थ्यकर्मीहरू पहिचान, अधिकार र सम्मानका लागि एकजुट भएका छन् । पब्लिक सर्भिस इन्टरनेसनल (पिएसआर्ई) को सहयोगमा राजधानीमा आयोजित ‘दक्षिण एसियाली क्षेत्रीय सामुदायिक स्वास्थ्यकर्मीको बैठक’ मा नेपाल, भारत र पाकिस्तानका सामुदायिक स्वास्थ्यकर्मीले आफूहरूलाई श्रमिकका रुपमा सम्मान, संरक्षण र प्रवर्द्धन गर्न माग गरेका हुन् ।

उनीहरूले सार्वजनिक स्वास्थ्यकर्मीका रूपमा पहिचानसहित मर्यादित ज्याला, नियमित ज्याला भुक्तानी हुनुपर्ने, श्रम ऐनअन्तर्गत श्रमिकले प्राप्त गर्ने सामाजिक सुरक्षा, पेन्सन, बिरामी बिदा, हेरचाहलगायत सुविधा प्रदान गर्नुपर्ने माग गरेका छन् । सामुदायिक स्वास्थ्यकर्मीलाई पनि सार्वजनिक स्वास्थ्यकर्मीका रूपमा मान्यता दिई सार्वजनिक सेवामा कार्यरत श्रमिकको सरह ज्याला र सुविधा दिनुपर्ने, अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम मापदण्डअनुसार मर्यादिन कामको अनुभव गर्न पाउनुपर्ने उनीहरूको भनाइ छ ।

सामुदायिक स्वास्थ्यकर्मीले न्यूनतम ज्याला तोकिएको समयमा उपलब्ध गराउनुपर्ने, ज्याला निर्धारणको क्रममा आफूहरूसँग परामर्श गर्नुपर्ने, नीति निर्माणमा सहभागी गराइनुपर्ने, ट्रेड युनियनमा आबद्ध हुन पाउनुपर्ने माग गरेका छन् । ग्लोबल युनियन महासङ्घ र पब्लिक सर्भिसेज इन्टरनेशनलको सहयोगमा उनीहरूले संयुक्त माग राख्दै बडापत्र जारी गरेका छन् ।

बैठकका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा पिएसआईका एसिया प्रसान्त क्षेत्रीय सचिव केट लापिङले जनस्वास्थ्य प्रणाली सामुदायिक स्वास्थ्यकर्मीमा निर्भर रहेको उल्लेख गर्दै स्वास्थ्य कार्यकर्तालाई श्रमिकको दर्जा दिनुपर्ने बताउनुभयो । पाकिस्तानमा पिएसआईको सहयोगमा सामुदायिक स्वास्थ्य कार्यकर्ताले श्रमिकका रूपमा पहिचान पाउन सफल भएका उहाँको भनाइ छ । क्षेत्रीय सचिव लापिङले नेपाल र भारतका सामुदायिक स्वास्थ्यकर्मीलाई पनि श्रमिकका रूपमा पहिचान दिलाउन, ट्रेड युनियनमा आबद्ध हुने, हडताल गर्न पाउने, नीति बनाउँदा परामर्श गर्नेलगायत विषयमा सहयोग गर्ने बताउनुभयो ।

“अग्रपङ्क्तिका गुमनाम सङ्घर्षशील र साहसी व्यक्तिका रूपमा रहने सामुदायिक स्वास्थ्यकर्मीले स्वास्थ्य शिक्षा, स्वास्थ्य निगरानी र खोप कार्यक्रममा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । उनीहरू हरेक दिन घन्टौँ हिँड्छन्, यस प्रकारका सेवा आवश्यक पर्ने मानिसलाई सहयोग गर्छन्”, उहाँले भन्नुभयो, “सबै मुलुकले सामुदायिक स्वास्थ्यकर्मीको मागलाई सम्बोधन गर्नेछन् र उनीहरूको कामको अवस्थामा सुधार ल्याउनेछन् ।”

काठमाडौँ महानगरपालिका वडा नं १६ का महिला स्वास्थ्य स्वंयसेविका गीता देवि थिङले सामुदायिक स्वास्थ्यकर्मीका रूपमा आफूहरूलाई अधिकारिक मान्यता दिनुपर्ने, श्रम कानुनअनुसार पारिश्रमिक र सुविधा प्रदान गर्नुपर्ने बताउनुभयो । “समुदायको स्वास्थ्य र कल्याणका लागि हाम्रो काम आवश्यक छ, तैपनि हामीले उचित पहिचान र पारिश्रमिक बिना काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “सामुदायिक स्वास्थ्यकर्मीसँग वार्ता गरी प्रचलित न्यूनतम पारिश्रमिक, अतिरिक्त कामको अतिरिक्त पारिश्रमिक, कामको सुरक्षा, पेन्सन र स्वास्थ्य उपचार सेवाको माग गर्दछौँ ।” उहाँले श्रमिकका अधिकार, पहिचान प्राप्त गर्न आफूहरू सङ्गठित भएको बताउनुभयो ।

नेपालमा करिब ५२ हजारको सङ्ख्यामा महिला स्वास्थ्य स्वयंसेविका छन् । उनीहरू अत्यन्त न्यून पारिश्रमिकमा काम गर्न बाध्य छन् । स्वास्थ्य अभियान घोषणा भएका क्रममा मात्र उनीहरूले दैनिक रु चार सय पाउँदै आएका छन् । भारतको सामुदायिक स्वास्थ्यकर्मीहरूको सङ्गठन (आशा) का अध्यक्ष अर्चना मिश्रले राष्ट्रिय नीति निर्माणमा सामुदायिक स्वास्थ्यकर्मीको प्रतिनिधित्व गराउन माग गर्नुका साथै युनियनलाई सामाजिक संवादका महत्त्वपूर्ण साझेदारको रूपमा पहिचान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी तल्लो तहका विज्ञ हौँ, स्वास्थ्य नीतिलाई आकार दिन हाम्रो आवाज सुनिनुपर्छ ।” उहाँले भारतमा सामुदायिक स्वास्थ्यकर्मीको जिम्मेवारी झन् बढेको, भिन्नभिन्न काम गरेवापत अतिरिक्त पारिश्रमिक नदिएर श्रम शोषण गरिएको अनुभव सुनाउनुभयो ।

पञ्जाव लेडिज हेल्थ वर्कर युनियनकी अध्यक्ष इराम फतिमाले सामुदायिक स्वास्थ्यकर्मीलाई मर्यादित कार्यवस्था, कार्यघण्टा, तलबी, बिरामी र मातृत्व बिदा उपलब्ध गराइनुपर्ने बताउनुभयो । “सामुदायिक स्वास्थ्यकर्मी विरुद्ध हुने उत्पीडन र भेदभाव अन्त्य हुनुपर्छ”, उहाँले भन्नुभयो । नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले महिला स्वयंसेविको हालत दर्दनाक रहेको उल्लेख गर्दै उनीहरूलाई अधिकार र पहिचानका साथसाथै सेवा गरेअनुसारको न्यूनतम सुविधा दिइनुपर्ने बताउनुभयो । रासस

मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
भेरी अस्पतालमा आइसीयु सेवा अभाव

लोकप्रिय

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

मीना सुनारको उद्धार

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

ताजा

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.