• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • ५ घण्टा 

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
  • ५ घण्टा 

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
  • ८ घण्टा 

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • ९ घण्टा 

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १ दिन 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • २. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ४. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ५. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

पहिरोले स्वास्थ्य भवन जोखिममा

  •  बिहिबार, भदौ ०७, २०८० मा प्रकाशित

बैतडी । वर्षाले पहिरो जाँदा बैतडीको एक वडा कार्यालय र स्वास्थ्य भवन जोखिममा परेको छ । जिल्लाको पुर्चाैडी नगरपालिका–१० को वडा कार्यालय र सुर्नया गाउँपालिका–४ स्थित शान्तिपुर सामुदायिक स्वास्थ्य एकाइको भवन पहिरोको जोखिममा परेको हो ।

वर्षापछि वडा कार्यालय अगाडिको पर्खाल भत्किएपछि भवन जोखिममा परेको सामाजिक परिचालक रनबहादुर विष्टले जानकारी दिनुभयो । यस्तै लगातारको वर्षाले सुर्नया गाउँपालिका–४ स्थित शान्तिपुर सामुदायिक स्वास्थ्य इकाइको भवन पनि जोखिममा परेको छ । एकाइका अहेब विनोद भट्टका अनुसार स्वास्थ्य एकाइको भवनको आँगन पहिरोले भत्काएपछि भवन नै पहिरोको जोखिममा परेको छ । यसअघि पनि सोही ठाउँमा २०७७ सालमा प्रसूति सेवा केन्द्रको भवन पहिरोले भत्काएको थियो । त्यो बेला स्वास्थ्य एकाइको नयाँ भवन निर्माण भएकाले सेवा सञ्चालन गरिएको थियो । नयाँ भवन पनि पहिरोको जोखिममा परेपछि स्वास्थ्य सेवा प्रभावित भएको छ ।

यसैबीच बर्सातका कारण यहाँका ग्रामीण क्षेत्रको यातायात सेवा सञ्चालनमा समस्या भएको छ । कतिपय ठाउँमा वर्षाले बिग्रिएका ग्रामीण सडक नबन्दा सास्ती खेप्नुपरेको छ । बर्सातको समयमा पानीका कारण ठाउँ ठाउँमा खाल्टाखुल्टी परेर बिग्रिएका सडक समयमै मर्मत नहुँदा ओहोरदोहर गर्ने यात्रुलाई अहिले सास्ती भएको हो ।

बर्सातले बिग्रिएका सडक नबन्दा जोखिम मोलेर यात्रा गर्नुपरेको यात्रुको गुनासो छ । जिल्लाका विभिन्न पालिकाभित्र रहेका ग्रामीण सडक बर्सातका कारण बिग्रिएका छन् । बर्सातले भत्किएर, खाल्टाखुल्टी परे पनि सम्बन्धित निकायले समयमै मर्मत नगरिदिँदा समस्या भएको हो । वर्षातले सडकखण्डको हालत खराब भए पनि स्थानीय सरकारको ध्यान नगएको नागरिकको आरोप छ । महिनौँसम्म ग्रामीण सडक सञ्चालन नहुँदा खाद्यान्नसमेत अभाव हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

यसअघि साउन ८ गते बिहान पहिरोले घर पुर्दा बैतडी पुर्चौडीमा आमाछोराको मृत्यु भएको छ । पहिरोले पुर्चाैडी नगरपालिका–२ भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन जागरीको मृत्यु भएको थियो । रासस

बिहिबार, भदौ ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

ताजा

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.