• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, साउन १२, २०८३
मङ्गलबार, साउन १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • ८ घण्टा 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • ९ घण्टा 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • ९ घण्टा 

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित
  • १० घण्टा 

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते
  • ११ घण्टा 

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
  • १३ घण्टा 

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • १ दिन 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • १ दिन 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • २. मीना सुनारको उद्धार

  • ३. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ४. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ५. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ६. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

  • ७. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ८. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ९. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • १०. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

प्रसुति गृह तथा स्त्रीरोग अस्पताल स्तरोन्नतिको पर्खाइमा

  •  बिहिबार, भदौ २१, २०८० मा प्रकाशित

काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पतालको स्तरोन्नतिको पर्खाइमा छ । बिरामीको अत्यधिक चापलाई ध्यानमा राखेर अहिले रहेको ४१५ शैय्याबाट स्तरोन्नति गरी ७०० शैय्या पु¥याउन लागिएको हो ।

अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारी बिरामीको चापलाई ध्यानमा राखेर शैय्या थपेर अस्पताल सञ्चालन गर्नुपरेको बताउनुहुन्छ । उहाँका अनुसार सात सय शैय्याका सञ्चालन लागि आवश्यक जनशक्तिका माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग कर्मचारीको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) का लागि अनुरोध गरिएको छ ।

सरकारले निःशुल्क शैय्या व्यवस्था गरेपछि अस्पतालमा बिरामीको चाप बढेको छ । “पाठेघरका महिलालाई पनि शैय्या निःशुल्क गरेपछि बिरामीको सङ्ख्या बढेको छ,” उहाँले भन्नुभयो, “पहिला दिनमा ७० देखि ८० जना भर्ना हुन्थ्यो भने अहिले सयभन्दा बढी बिरामी भर्ना हुने गर्दछन् ।” बिरामीको चाप बढेपछि प्रसुति भएको महिनालाई आठदेखि १० घण्टामा नै घर पठाउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

अस्पतालमा एउटा मात्र भवनमा सबै सेवा दिइरहेको अस्पतालले कुपण्डोलमा बनिरहेको सय शैय्याको नयाँ भवनमा सर्ने तयारी गरेको छ । नयाँ अत्याधुनिक छ तले भवनमा चार वटा तलामा उपचार सेवा र दुई तला पार्किङ रहनेछ । नयाँ भवन बनेपछि अस्पतालले प्रसुति बाहेकका सबै सेवा उपलब्ध गराउने तयारी गरिएको छ । स्त्रीरोग, सुरक्षित गर्भपतन, टेष्टट्युव बेबी (आइभिएफ) र अरु सेवा त्यहीँबाट प्रदान गर्ने अस्पतालका निर्देशक डा अधिकारीले जानकारी दिनुभयो । अस्पतालको भवन छ महिनाभित्र सक्ने गरी काम भइरहेको छ ।

उहाँले प्रसुति बाहेकका सबै सेवा कुपण्डोलमा सारेपछि थापाथलीमा खाली हुने भवनमा प्रसुतिका विरामीलाई क्याबिनमा राख्न सक्ने, सघन उपचार कक्ष (आइसियु) र नवजात सघन हेरचाह एकाई (एनआइसियु)जस्ता सुविधा थप गर्ने योजना रहेको बताउनुभयो । अस्पतालमा अहिले १० शैय्याको (एनआइसियु) र स्पेशल बेबी केयर युनिट ३० शैय्या रहेको छ ।

बाहिर अस्पतालमा धेरै महङ्गो उपचार हुने भएकाले अहिले बिरामीको पहिलो रोजाई प्रसुति अस्पताल बनेको छ । “अन्य अस्पतालमा महङ्गो उपचार रहेकाले धेरै बिरामीहरु हाम्रै अस्पतालको एनआइसियुमा उपचार गर्न आउने गर्दछन्,” उहाँले भन्नुभयो, “जटिल खालका रोगको उपचारका लागि पनि धेरै बिरामी आउने गर्दछन् । त्यसैले एनआइसियु शैय्या थप्ने तयारीमा छौँ ।”

उहाँका अनुसार अस्पतालले एक महिनाभित्र थप १० वटा एनआइसियु शैय्या भेन्टिलेटरसहित सञ्चालनमा ल्याउनेछ । थप १० शैय्या थप्दा धेरै नवजात शिशुलाई बाहिर अस्पतालमा रिफर गर्नु नपर्ने उहाँको भनाइ रहेको छ । बाहिर अस्पतालको एनआइसियु धेरै महङ्गो रहेको र प्रसुति अस्पतालमा भने एनआइसियु निःशुल्क रहेको छ ।
काउण्टर थप्दै

अस्पतालले बिरामी छिटो सेवा प्रदान गर्नका लागि काउन्टर थप्ने तयारी रहेको छ । बिरामीलाई दुई घण्टाभित्र उपचार गरेर घर फर्कन सकून् भनेर काउन्टर थप गरिएको उहाँ बताउनुहुन्छ । धेरै बिरामीको आउन थालेपछि एउटा पैसा तिर्ने काउन्टर र अर्को टिकटको काउण्टर थपिने भएको छ । यस्तै फार्मेसी पनि दुईटा काउन्टर थपेर तयारी रहेको छ ।
अस्पतालले अहिले कुपण्डोलमा टेष्टट्युव बेबी (आइभिएफ) सेन्टर सञ्चालन गरेको छ । प्रत्येक दिन ७० जना निःसन्तान बिरामीको उपचार गर्ने गरेको छ । तीमध्ये सामान्य विरामीलाई उपचार गरी घर पठाउने र आइभिएफका लागि भने महिना–महिनामा एक पटक कुपण्डोलस्थित अस्पतालबाट उपचार सेवा दिने गरेको जनाएको छ ।

आइभिएफलाई व्यवस्थित गर्नका लागि नयाँ उपकरण खरिद गर्न थालेको बताउनुभयो । दूरबिनबाट शल्यक्रिया, ल्याप्रोस्कोपी विधिबाट पाठेघरको शल्यक्रिया, अण्डाको ट्युमर, सानासाना शिष्ट, बच्चा नहुने महिलालाई पाठेघरको उपचार अस्पतालले गरिरहेको छ । “पहिला हामीले महिलालाई सबै सेवा दिन सकेका थिएनौं” उहाँले भन्नुभयो, “हप्तामा छ वटासम्म दूरविनबाट शल्यक्रिया गर्दछौं । चिरेर शल्यक्रिया पनि थुप्रै गर्दछौं ।”

अस्पतालले निःसन्तान परिवारका लागि उपचारका लागि काठमाडौँ आउनु झन्झट हटाउन थालेको छ । सरकारले चारवटा आइभिएफ सेन्टर खोल्ने योजनासहित अस्पतालले बिरामीलाई काठमाडौँ आउनुपर्ने अवस्थाको अन्त्य गर्न थालेको हो । सरकारले निःसन्तान परिवारका लागि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र मधेश प्रदेशमा गरी चारवटा आइभिएफ सेन्टर स्थापना गर्ने तयारी गरेको छ ।
आभिएफका लागि चिकित्सक, नर्स र ल्याबटेक्निसियनलाई चारवटै सेन्टरका दुई ब्याचको तालिम दिइसकेको छ । काठमाडौँ आउन झन्झटिलो, खर्चिलो हुने र उपचारमा बस्न पनि लामो समय लाग्ने भएकाले त्यहाँका बिरामीलाई उपचार गर्नका लागि हामीले स्वास्थ्यकर्मीलाई आइभिएफसम्बन्धी तालिम दिन शुरु गरिसकेको उहाँले बताउनुभयो । अब ८० प्रतिशत बिरामीलाई काठमाडौँ आउनुपर्ने झन्झट र खर्चिलो उपचार गर्नुपर्ने कम हुने उहाँको भनाइ छ । अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत छात्रवृत्तिमा १५ जना विद्यार्थीलाई एमडी अध्ययन पढाउन शुरु गरेको छ ।
नियमित अडिट

लामो समय अस्पतालमा बसेका बिरामीको नियमित अडिट गर्ने गरेको उहाँ बताउनुहुन्छ । के कारणले बिरामी लामो समय अस्पतालमा बस्नु परेको भन्ने कुरा अडिटबाट थाहा हुने उहाँको भनाइ छ । “कुनै बिरामीे लामो समय अस्पतालमा के कारणले बस्नुप¥यो भनेर आन्तरिक अडिट गर्दछौं” उहाँले भन्नुभयो, “हाम्रै कारणले लामो समय बस्नुप¥यो कि हाम्रा के कमजोरी भएका छन्, कुन औषधि चलाउँदा राम्रो हुन्थ्यो कि त्यसको पत्ता लगाउनका लागि नियमित अडिट गर्दछौँ ।”

अस्पतालले अहिले प्रसुतिसम्बन्धी र नवजात शिशुको उपचारको साथै आमा सुरक्षा कार्यक्रमअनुसार नवजात शिशु र गर्भवतीलाई सबै सेवा निःशुल्क प्रदान गर्दै आइरहेको छ । “अस्पतालमा एउटा नर्सले १५ देखि २० गर्भवतीका बिरामी हेर्नु परेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) अनुसार त्यो धेरै नै कमी हो । डब्लुएचओले एक जना नर्सले दुई गर्भवतीको उपचार गर्न सक्छन् भन्ने मापदण्ड रहेको छ,” उहाँले भन्नुभयो, “हामीसँग जनशक्तिको कमी छ ।”
‘ह्युमन मिल्क बैँक’ प्रभावकारी

अस्पतालले एक वर्षअघि ‘ह्युमन मिल्क बैँक’ (वृहत स्तनपान व्यवस्थापन केन्द्र) प्रभावकारी दिेखिएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ ३ गते दूध खान नसक्ने शिशुलाई अरु आमाको दूध सङ्कलन गरेर खुवाउनेका लागि बैंकको शुभारम्भ गर्नु भएको हो । अहिले दैनिक १० जना आमाहरुले दूध दान गर्ने गरेका छन् ।

समयभन्दा अगाडि जन्मेका, गम्भीर विरामी भएका, जन्मिनेबित्तिकै रुन नसक्ने हातखुट्टा नै लल्याकलुलुक भएका, आइसियुमा रहेका, आमाको दूध राम्रोसँग तान्न नसक्ने बच्चालाई मिल्क बैंकमा जम्मा भएको दूध दिने गरिन्छ । बैंकमा अहिलेसम्म ७४९ आमाबाट ४५६ लिटर आमाको दूध सङ्कलन गरिएको छ । यसमा ४४८.८८ लिटर आमाको दूध निर्मलीकरण गरी ८७३ शिशुलाई ३९९.८९ लिटर खुवाइको बैंकका व्यवस्थापक स्मृति पौडेलले जानकारी दिनुभयो । रासस

बिहिबार, भदौ २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
भेरी अस्पतालमा आइसीयु सेवा अभाव

लोकप्रिय

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

मीना सुनारको उद्धार

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

ताजा

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.