• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

आयोडिन नूनको उपभोगले स्वास्थ्य समस्या न्यूनीकरण

  •  आइतबार, असोज ०७, २०८० मा प्रकाशित

सुदूरपश्चिम । आयोडिनयुक्त नून उपभोग गर्ने बानी बढेपछि आयोडिनको कमीले मानिसमा देखिने विभिन्न शारीरिक समस्या न्यूनीकरण हुँदै गएको छ ।
यो नूनको उपभोग गर्ने जनसङ्ख्या बढेसँगै पहिलेको जस्तो सुस्त मनस्थिति, पुट्कोपना, गलगाँड हुनेजस्ता शारीरिक समस्या न्यूनीकरण हुँदै गएको पाइएको बाजुरा जिल्ला अस्पतालका प्रमुख नृपराज गिरी बताउनुहन्छ ।

“आयोडिन नून र पोषणयुक्त अन्य खानेकुराको उपभोग बढेकाले हुनसक्छ, अस्पतालमा पछिल्ला दशकमा प्रसूति सेवा लिन आउने माहिलाबाट पुट्कोपना, ख्याउटेपना र सुस्त मनस्थितिका शिशु जन्मिएको विवरण देखिँदैन,” उहाँ भन्नुहुन्छ, “गलगाँडको समस्या लिएर आउने नयाँ बिरामी पनि छैनन् ।”

आयोडिनयुक्त नूनको पहुँच सबै ठाउँमा नपुग्दा कतिपय नागरिकले विगतमा आयोडिन तत्व नभएको ढिके नून उपभोग गर्नुपर्ने बाद्यता थियो । आयोडिन तत्वका साथै भिटामिन ‘ए’ को कमीका कारण मानिसको बुझ्ने तथा सिक्ने क्षमतामा ह्रास आउने, सुस्त मनस्थितिका सन्तान जन्मिने, गलगाँड हुने, महिनावरी हुने महिलामा अत्यधिक रक्तस्राव हुने, महिनावारी अनियमित हुने ,वयस्क व्यक्तिको प्रजनन् क्षमता कमजोर हुनेलगायत स्वास्थ्य समस्या देखिने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

आयोडिनयुक्त नूनको उपभोग गर्दा हुने फाइदा र नगर्दा हुने बेफाइदाका बारेमा पहिलेको भन्दा जनतामा चेतना बढेको पाइएको स्थानीयवासी ज्ञानबहादुर शाही सुनाउनुहुन्छ । “पहिल्यैदेखि घरमा ढिके नून उपभोग गर्ने बानी परेकाहरू पनि अहिले पोकाको आयोडिनयुक्त धुलो नून उपभोग गर्ने गरेका छन्”उहाँ भन्नुहुन्छ,”आयोडिन नूनका बारेमा अहिले सबैमा चेतना आइसकेको छ ।” उक्त नून बिक्री वितरणको दायित्व बोकेको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले नेपालमा यो नून उपभोग गर्ने जनसङ्ख्या ९३ प्रतिशत पुगेको जनाएको छ ।

कर्पोरेशनका विभागीय प्रबन्धक ब्रजेशकुमार झा भन्नुुहन्छ,“आयोडिनयुक्त नून खानुपर्छ भन्ने चेतना नागरिकमा पहिलेको भन्दा निकै बढेको छ, यसको पहुँच पनि सबैतिर पुगेको छ, आयोनूनको उपभोग गर्ने बढेसँगै मानिसको स्वास्थ्यमा देखिने विकृति अहिले पूरै हटेको छ ।”
सात प्रतिशत जनसङ्ख्याले भने खुला सीमाको फाइदा उठाउँदै भारतबाट अवैधरुपमा आयात गरिने ढिके नून उपभोग गरिरहेको पाइएको छ ।

यसरी भित्रिने ढिके नूनमा आयोडिनको मात्रा नहुने भएकोले खान नहुने बताइन्छ । ढिके नून आयोनूनको मूल्यभन्दा कम पर्ने हुँदा सीमा क्षेत्रका कतिपयले यो नून उपभोग गर्ने गरेका हुन् । आयोडिनयक्त ढिके नून भने छिटपुट रुपमा बिक्री वितरण हुने गरेको छ । यस्तो ढिके नूनको बाहिरी भागमा हुने आयोडिनतत्व धोइपखाली प्रयोग गर्नुपर्दा त्यसमा रहने आयोडिन तत्व नष्ट हुने गर्छ । नेपाल सरकार र लिमिटेडको संयुक्त पहलमा सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, अछाम र दार्चुला जिल्लासहित देशका २२ दुर्गम जिल्लामा तोकिएको कोटाअनुसार सहुलियत मूल्यमा ‘भानु ब्राण्ड’को आयोनून बिक्री वितरण भइरहेको छ ।

सरकारले ढुवानी अनुदान र कर्पोरेशनले प्रतिकिलोमा छ रुपैंया छुट दिएर दुर्गम जिल्लामा यो नून प्रतिकिलो रु नौ मा बिक्री वितरण गरेको हो । सुदूरपश्चिम प्रदेशमा आव २०८०÷८१मा २४हजार पाँचसय १४ क्वीन्टल सहुलियत मूल्यका नूनको कोटा तोकिएकामा गत भदौ अन्तिमसम्म चार हजार नौसय १५ क्वीन्टल नून सम्बन्धित जिल्लामा ढुवानी भइसकेको कर्पोरेशनको धनगढीस्थित प्रदेश कार्यालयले जनाएको छ । अनुदान नदिइएको आयोडिनयुक्त शक्ति र आयो नून भने कर्पोरेशनले बजारमा प्रतिकिलो रु १५ मा बिक्री वितरण गर्ने गरेको छ ।
कर्पोरेशनका विभागीय प्रबन्धक झा नेतृत्वको एक टोलीले अछाम, बझाङ, बाजुरालगायत जिल्लामा आयोडिन नूनको आपूर्ति व्यवस्थापन र देखिएका समस्यालगायत विषयमा केही दिनअघि स्थलगत निरीक्षण अनुगमन गरेको थियो । समयमै आपूर्ति व्यवस्थापन हुननसक्दा कतिपय समयमा यो नून पाउन समस्या हुने गरेको स्थानीयवासीको गुनासो पनि छ ।

घरपालुवा गाईबस्तुका लागिसमेत यो आयोडिन नूनको जोहो गर्न खोज्दा मान्छेका लागि नपुगेर कहिलेकाहँी आपूर्तिमा समस्या देखिने गरेको बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का बताउनुहुन्छ । उहाँ भन्नुुहुन्छ, “भौगोलिक विकटतासँगै जनभावनालाई मध्यनजर गरी यो नूनको आपूर्तिका लागि कोटा निर्धारण गर्न आवश्यक छ ।”
नेपालमा पहिलो पटक सन् १९६५मा गरिएको सर्वेक्षणकाअनुसार त्यसबेला आयोडिनको कमीका कारण ५५ प्रतिशत जनताको स्वास्थ्य कुनै न कुनै रुपमा असर परेको थियो । जन्मिने चार प्रतिशत बालबालिका सुस्त मनस्थितिका हुन्थ्ये ।

सरकारको नीतिगत निर्णयपछि सन् २०७३ देखि नेपालमा आयोडिन नून बिक्री वितरण थालिएको हो । नूनको सहज आपूर्ति गर्न स्थापित कर्पोरेशनले हाल नूनसहित अन्य दैनिक उपभोग्य वस्तु र रासायनिक मल सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको कर्पोरेशनका विभागीय प्रबन्धक झा बताउनुहुन्छ । रासस

आइतबार, असोज ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.