• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • १३ घण्टा 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • १४ घण्टा 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • १५ घण्टा 

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित
  • १६ घण्टा 

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते
  • १७ घण्टा 

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
  • १८ घण्टा 

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • २ दिन 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • २ दिन 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • २. मीना सुनारको उद्धार

  • ३. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ४. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ५. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ६. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ७. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

  • ८. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ९. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • १०. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

विश्व दृष्टि दिवस : अन्धोपन निवारण गर्न ग्रामीण क्षेत्रमा उपचार सेवा विस्तार गर्नुपर्ने

  •  बिहिबार, असोज २५, २०८० मा प्रकाशित

चितवन । नेपालमा अन्धोपन निवारण गर्न ग्रामीण क्षेत्रसम्म आँखा उपचारको पहुँच पु¥याउनुपर्ने भएको छ । आँखा उपचार क्षेत्रमा क्रियाशील विज्ञको भनाइमा सहरी क्षेत्रमा चिकित्सक र सुविधा सम्पन्न अस्पताल भए पनि अन्धोपन बढी सङ्ख्यामा ग्रामीण क्षेत्रमा रहेको छ ।

भरतपुर आँखा अस्पतालका कम्युनिटी अप्थाल्मोलोजिष्ट प्रा डा सोनु दुलाल सहरी क्षेत्रमा राम्रा अस्पताल र चिकित्सक भएका तर धेरैजसो आँखाको समस्या दूरदराजको ग्रामीण क्षेत्रमा रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नेपालमा डाक्टर हुनुहुन्छ, उहाँहरु सहरमै बस्नुहुन्छ, सहरमै अस्पताल बन्छ । आँखाको सेवा लिनुपर्ने जनसमुदाय सहरबाट टाढा दूरजराजमा बस्नुहुन्छ ।” नेपालको मात्रै नभएर संसारमै यही अवस्था रहेको उहाँको भनाइ छ ।

आँखाको विषय त्यति जटिल नलागे पनि अन्धोपनको समस्या विकराल रहेको भन्दै उहाँले धेरैजसो देशमा सरकारले आँखाको उपचार सेवा दिन नसक्ने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जुन रोगबाट मानिसको तुरुन्त मृत्यु हुन्छ, त्यस्ता रोगको उपचारमा सरकारको प्राथमिकता हुँदोरहेछ । त्यसैले सरकारले आँखाको उपचारमा ध्यान दिन सक्दा रहेनछन् ।” गैरसरकारी संस्थाले नै आँखा उपचार सेवा समुदायसम्म पु¥याउने चलन धेरै देशमा रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नेपालमा पनि यही नै चलन छ ।”

विश्वस्वास्थ्य सङ्गठनले जारी गरेको तथ्याङ्क उद्धृत गर्दै उहाँले भन्नुभयो, “विश्वमा दुई अर्ब २० करोड मानिसलाई आँखाको समस्या छ, त्यसको आधा अर्थात् एक अर्ब १० करोड मानिस आँखा उपचार सेवाबाट बञ्चित छन् ।” उहाँले अगाडि थप्नुभयो, “उनीहरु उपचारको पहुँचबाट टाढा छन् । यिनीहरुमध्ये पनि ५० वर्षभन्दा बढी उमेरका व्यक्तिमा समस्या बढी छ । समस्या भएकामध्ये ५० वर्षभन्दा माथिका ६५ प्रतिशत छन् ।”

नेपालमा नेपाल नेत्रज्योति सङ्घ स्थापनाकालदेखि नै आँखा उपचारको सेवा दिँदै आएको भन्दै उहाँले अहिले नेपाल नेत्रज्योति सङ्घअन्तर्गत देशभरमा २८ वटा अस्पताल र एक सय ६० भन्दाबढी आँखा उपचार केन्द्र रहेको जानकारी दिनुभयो । ती अस्पताल र आँखा उपचार केन्द्रमार्फत समुदायमा गएर आँखा उपचार सेवा दिँदै आएको उहाँले बताउनुभयो ।

नेपालमा आँखा रोग विशेषज्ञको सङ्ख्या राम्रो उत्पादन भएको भन्दै प्रा डा दुलालले भारतमा भन्दा नेपालमा नेत्र रोग विशेषज्ञ सङ्ख्या राम्रो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा एक लाख जनसङ्ख्यामा एक जनाभन्दा बढी अर्थात् एक लाख जनसङ्ख्यामा १.२ डाक्टरको अनुपात (रेसियो) छ । भारतमा एक लाख जनसङ्ख्यालाई एक जना नेत्ररोग विशेषज्ञको मात्र व्यवस्था छ ।”

अन्धोपनको प्रमुख कारण मोतियाविन्दु भएको भन्दै प्रा डा दुलालले भन्नुभयो, “मोतियाविन्दु हामीले नेपालभरिमा शल्यक्रिया ग¥र्यौं भने अब सिद्धियो भन्ने हुँदैन । अर्काे वर्ष नयाँ मोतियाविन्दुका बिरामी भेटिन्छन् ।”

सहर र आसपासमा हुनेहरु अलिअलि मोतियाविन्दु हुँदा नै उपचार पहुँचमा हुने भन्दै उहाँले भन्नुभयो, “जो मानिस ग्रामीण इलाका छन् । उनीहरुको आँखा एकदमै कमजोर हुँदा पनि उपचारका लागि जान सक्दैन ।”
अन्धोपन निवारणका लागिराज्यले नै स्वामित्व लिनुपर्ने प्रा डा दुलालले सरकारले सहजीकरण गरिदिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अस्पताल खोल्न चाहनेलाई प्रोत्साह गर्नुपर्छ । सरकारी नीतिनियम असहज छन्, तिनीहरुलाई सहज बनाइदिनुपर्छ ।” अस्पतालले पनि समुदायमा जाने काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दले ग्रामीण क्षेत्रमा शिविरमार्फत आँखा उपचार सेवा दिँदै आएको बताउनुभयो । आँखाका बिरामी गाउँमा धेरै रहेका स्वीकार गर्दै उहाँले सबै पालिकामा आँखा उपचार केन्द्र वा अस्पताल सञ्चालनका लागि सङ्घले काम गरिरहेको बताउनुभयो ।

सङ्घले मात्रै वर्षमा ४० लाख बिरामीलाई सेवा दिएको उहाँ बताउनुहुन्छ । गत वर्ष ती बिरामीमध्ये दुई लाख ७५ हजारको शल्यक्रिया गरिएको थियो । हरेक वर्ष ग्रामीण क्षेत्रमा पुगेर तीन हजार बढी शिविर गर्ने गरिएको उहाँले बताउनुभयो । उहाँले प्रत्येक वर्ष शल्यक्रियासहितको शिविरमा चार लाखलाई सेवा दिएको बताउनुभयो । चालिस हजारभन्दा बढीको निःशुल्क शल्यक्रिया गरिएको उहाँले जानकारी दिनुभयो ।

यसैबीच भरतपुर आँखा अस्पतालले विश्व दृष्टि दिवसका अवसरमा प्रभातफेरी कार्यक्रम गरेको छ । भरतपुरको चौबीसकोठीदेखि अस्पतालसम्म प्रभातफेरी गरिएको हो । रासस

बिहिबार, असोज २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
भेरी अस्पतालमा आइसीयु सेवा अभाव

लोकप्रिय

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

मीना सुनारको उद्धार

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

ताजा

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.