• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ४ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ४ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ४ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ५ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ७ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ८ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १० घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १० घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

रेडक्रसद्वारा अस्थायी आवास बनाउन सहयोग

  •  सोमबार, कार्तिक १३, २०८० मा प्रकाशित

महेन्द्रनगर (कञ्चनपुर) । नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाउन सहयोग गर्ने भएको छ ।

गत असोजको तेस्रो साता सुदूरपश्चिममा आएको भूकम्पले बझाङ र बाजुरामा बढी क्षति पु¥याएको थियो । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महाङ्घ (आइएफआरसी) आर्थिक सहयोगमा रेडक्रसले बाजुरा र बझाङमा भूकम्प प्रभावितका लागि शौचालयसहितको अस्थायी आवास बनाउन सहयोग गर्न लागेको हो ।

त्यसैगरी ती दुई जिल्लाका छ सय भूकम्प प्रभावित परिवारलाई रु १५ हजारका दरले अत्यावश्यक सामग्री खरिदका लागि रकम वितरण गर्ने रेडक्रसले जनाएको छ ।सुदूरपश्चिममा भूकम्पपछि राहत र पुनःनिर्माणका सक्रियता देखाएको नेपाल रेडक्रसले गत असोजमा बझाङ र बाजुरामा गएको भूकम्पबाट पीडित नागरिकको सहयोग विभिन्न पालिकामा खटिएको हो ।

नेपाल रेडक्रस सुदूरपश्चिम प्रदेश कार्यालयका वरिष्ठ सहायक धनबहादुर जप्रेलले भूकम्पपछि बझाङ र बाजुराका विभिन्न पालिकामा पुगेर स्थानीयलाई त्रिपाल, कम्बल, म्याटलगायतका गैरखाद्य राहत वितरण गरिएको जानकारी दिनुभयो ।

“गत वर्ष हामीले डोटी र बझाङमा भूकम्प प्रभावित क्षेत्रमा निर्माण गरिदिएका घर टहरामै स्थानीयवासी आश्रित छन्”, उहाँले भन्नुभयो, “अहिलेको भूकम्पमा पूर्णरुपमा प्रभावित स्थानीयवासीको घर पुनःनिर्माणलगायतमा सहयोगका लागि पनि गृहकार्य हुँदैछ ।”

यस पटक गएको भूकम्पले बझाङमा जयपृथ्वी नगरपालिका, तल्कोट, मष्टा र साइपाल गाउँपालिकामा बढी क्षति पु¥याएको थियो भने बाजुरामा खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी र बुढीगङ्गा नगरपालिकामा क्षति पु¥याएको थियो ।

रेडक्रसका अनुसार गत महिनाको भूकम्पबाट बझाङमा कूल नौ हजार आठ सय ७६ परिवार प्रभावित छन् । तीमध्ये दुई हजार पाँच सय २२ परिवारको घरबास पूर्णरुपमा क्षतिग्रस्त छ ।

“पूर्णरुपमा प्रभावितमध्ये आठ सय ७१ परिवार घर फर्किसके”, उहाँले भन्नुभयो, “यहाँ सात हजार तीन सय ५४ घरमा आंशिक क्षति पुगेको तथ्याङ्क छ ।”

त्यसैगरी बाजुरामा भूकम्पले छ हजार एक सय ७८ परिवार प्रभावित भएका थिए । बाजुरामा एक हजार चार सय ४१ प्रिवार पूर्णरुपले प्रभावित बनेको रेडक्रसले जनाएको छ ।

“चार हजार सात सय ३७ परिवार आंशिकरुपले प्रभावित बने”, उहाँले भन्नुभयो, “दुवै जिल्लामा हामीले पालिकामा पुगेर तत्काल राहत वितरण गरेका छौँ ।” रेडक्रसले बझाङमा चार सय १५ त्रिपाल र तीन सय ७७ कम्बल, म्याटलगायतका सामग्री वितरण गरेको छ भने बाजुरामा पाँच सय १५ त्रिपाल, चार सय १३ कम्बललगायतका सामग्री वितरण गरेको वरिष्ठ सहायक जप्रेलको भनाइ छ ।

गत वर्ष कात्तिकमा खप्तड राष्ट्रिय निकुञ्ज वरपर केन्द्रविन्दु बनाएर भूकम्प जाँदा डोटीमा छ जनाले ज्यान गुमाउनुका साथै स्थानीय सात जना घाइते भएका थिए ।

भूकम्पका कारण तहसनहस बनेको डोटीको पूर्वीचौकी गाउँपालिकामा सयौँ भौतिक संरचना पूर्णरुपले क्षतिग्रस्तसमेत बन्न पुगेको थियो । भूकम्पपछि आपत्कालीन राहतका साथै स्थानीयको घरटहरा पुनःनिर्माणमा जुटेको रेडक्रस डोटी र बझाङमा भूकम्प पीडितका लागि तीन सय ३३ टहरा निर्माणमा सहयोग गरेको थियो । रासस

सोमबार, कार्तिक १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.