• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

अल–शिफा अस्पतालका निर्देशकलाई इजरायलद्वारा पक्राउ

  •  बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित

गाजा क्षेत्र, प्यालेष्टिनी क्षेत्र । गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफाका निर्देशक र अन्य केही स्वास्थ्यकर्मीलाई इजरायली सेनाले बिहीबार पक्राउ गरेको अस्पताल स्रोतले बताएको छ ।

एक चिकित्सकले एएफपीलाई दिएको जानकारी अनुसार अस्पतालका निर्देशक तथा वरिष्ठ चिकित्सक मोहम्मद अबु सालमिया र अन्य केही वरिष्ठ स्वास्थ्यकर्मीलाई पक्राउ गरिएको हो ।

अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको आक्रमणपछि इजरायली भूमि आक्रमणको मुख्य केन्द्र रहेको अल–शिफाभित्रको अवस्थाबारे निर्देशक मोहम्मद अबु सालमियालाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बारम्बार उद्धृत गर्दै आएका छन् ।

गत हप्ता अस्पतालमा छापा मारेको इजरायली सेनाले हमासका लडाकुहरूले गाजा सिटीमा रहेको अस्पतालको सुरुङ परिसरको प्रयोग गरी आक्रमण गरेको आरोप लगाएको छ ।

हमास र अस्पतालका अधिकारीहरूले पटक–पटक उक्त दाबीको खण्डन गर्दै आएका छन् ।

अस्पतालका विभाग प्रमुख खालिद अबु सामराले भन्नुभयो, “डाक्टर मोहम्मद अबु सालमिया र अन्य केही वरिष्ठ चिकित्सकलाई पक्राउ गरिएको छ ।”

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका एक अधिकारीले एएफपीलाई बताएअनुसार अन्य एक चिकित्सक र दुई नर्स तथा अस्पतालका निर्देशकलाई हिरासतमा लिइएको छ ।

हमासले एक विज्ञप्ति जारी गर्दै सालमिया र उहाँका सहकर्मीहरूको गिरफ्तारीको कडा शब्दमा भत्र्सना गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय समिति र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूलाई उनीहरूको ‘तत्काल रिहाई’ का लागि काम गर्न आह्वान गरेको छ ।

शनिबार अस्पताल खाली गर्न निर्देशन जारी गरिएपछि सयौं बिरामीहरू अस्पतालबाट विस्थापित भई प्यालेस्टाइनी क्षेत्रको कथित सुरक्षित दक्षिणमा गएका थिए ।

सालमियाले गत साता एएफपीसँग कुरा गर्दै इजरायली सेनाबाट पहिलो पटक दिइएको निर्देशन आफुले अस्वीकार गरेपछि फेरि दोहोराएर आफूलाई अस्पताल खाली गर्न निर्देशन प्राप्त भएको बताउनुभएको थियो ।

तर इजरायली सेनाले भने सालमियाको ‘अनुरोध’मा उद्धार गरिएको जनाएको छ ।

इजरायली सेनाले सालमिया र एक वरिष्ठ इजरायली अधिकारीबीच भएको कुराकानीको रूपमा प्रस्तुत गरिएको अडियो रेकर्डिङ जारी गरेको छ जसमा दुई व्यक्तिले एकअर्कालाई उद्धारका लागि दोषारोपण गरेका छन् ।

प्यालेिस्टनी रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) ले बिहीबार संयुक्त राष्ट्रसंघसँग मिलेर थप १९० जना घाइते र बिरामी, उनीहरूका साथी र स्वास्थ्यकर्मीलाई अल–शिफाबाट गाजा पट्टीको दक्षिणमा रहेका अन्य अस्पतालमा स्थानान्तरण गरेको जनाएको छ ।

उत्तरी र दक्षिणी गाजालाई छुट्याउने सुरक्षा जाँच केन्द्रमा भएको ढिलाइका कारण करिब २० घण्टा लगाएर अस्पताललाई खाली गरिएको प्यालेिस्टनी रेड क्रिसेन्ट सोसाइटीद्वारा सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत् जारी सार्वजनिक सन्देशमा जनाइएको छ । सन्देशमा भनिएको छ, “तीन जना स्वास्थ्यकर्मीलाई हिरासतमा लिइएको तर उनीहरूमध्ये दुई जनालाई पछि रिहा गरिएको छ ।”

बुधबार इजरायली सेनाले पत्रकारहरूलाई अस्पताल परिसरमा रहेको सुरुङमा लगी यसलाई हमासले प्रयोग गरेको विशाल भूमिगत नेटवर्कको हिस्सा बताएको थियो ।

इजरायली अधिकारीहरूले हमासले वर्षौंदेखि अस्पतालमुनिको सुरुङमा कमान्ड सेन्टर सञ्चालन गरेको दाबी गरेका छन् ।

गाजा पट्टीमा लडाकूविरुद्धको युद्धको एक भागको रूपमा अल–शिफा अस्पताल गाजामा विस्तारित इजरायली विशेष सेनाको कारबाहीको भाग भएको सेनाले बताएको छ ।

सेनाका अनुसार हमासको नियन्त्रणमा रहेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले इजरायलद्वारा अक्टोबर ७ पछि गाजामा गरेको स्थल तथा हवाई आक्रमणमा १४ हजारभन्दा बढी व्यक्तिहरू मारिएको बताएको छ । मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

अक्टोबर ७ मा हमासले सीमापारि इजरायली क्षेत्रमा एक्कासी आक्रमण गरेपछि यो घटना भएको हो । इजरायली अधिकारीहरूका अनुसार करिब एक हजार २०० जनाको मृत्यु भएको छ भने करिब २४० जनालाई बन्धक बनाइएको छ । रासस

बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.