• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • २१ मिनेट 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • १८ घण्टा 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • १९ घण्टा 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • १९ घण्टा 

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित
  • २० घण्टा 

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते
  • २१ घण्टा 

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
  • २३ घण्टा 

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • २ दिन 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • २ दिन 

लोकप्रिय समाचार

  • १. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • २. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ३. मीना सुनारको उद्धार

  • ४. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ५. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ८. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ९. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • १०. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

मनोचिकित्सक नभएका १४ जिल्लामा मानसिक उपचार सेवा

  •  आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक स्वास्थ्य सेवामा सवैको सहज, सुलभ र समान पहुँच पु¥याउनका लागि १४ जिल्लामा मानसिक स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ ।

मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा सबैमा मानसिक स्वास्थ्य पु¥याउनका लागि मनोचिकित्सक नभएका प्रत्येक प्रदेशका दुई÷दुई जिल्लामा मनोचिकित्सक पठाएर मानसिक स्वास्थ्य सेवा उपलब्ध गराएको हो ।

महाशाखाको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा फणिन्द्रप्रसाद बरालले मनोचिकित्सक नपुगेको जिल्लामा मानसिक स्वास्थ्य सेवा पु¥याउनका लागि मनोचिकित्सक पठाएर उपचार सेवा सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार कोशी प्रदेशको पाँचथर र भोजपुर, मधेस प्रदेशमा महोत्तरी र रौतहट, बागमती प्रदेशको सिन्धुपाञ्चोक र रसुवा, गण्डकी प्रदेशको लमजुङ र म्याग्दी, लुम्बिनीको बर्दिया र रुकुम पूर्व, कर्णालीको दैलेख र कालिकोट तथा सुदूरपश्चिम प्रदेशको बैतडी र बझाङ जिल्लामा मनोचिकित्सकसहितको टोली परिचालन गरिएको छ ।

“ती जिल्लामा अहिलेसम्म मनोचिकित्सक थिएनन् । ती जिल्लामा मानसिक रोगीले आफ्नै जिल्लामा उपचार सेवा पाउने छन्”, उहाँले भन्नुभयो, “अब ती जिल्लाका मानसिक रोगी अन्य जिल्लामा जानुपरेन ।”

मनोचिकित्सकले त्यहाँ रहेका स्वास्थ्यकर्मीको सहयोगमा उपचार गर्ने छन् । शाखाले ती जिल्लामा रहेका स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम प्रदान गरेर त्यहाँ मानसिक रोगीको उपचार गरिरहेका छन् । “हामीले तालिम दिएका स्वास्थ्यकर्मीले पहिले त्यही रहेका मानसिक रोगीलाई उपचार गर्दछन्”, उहाँले भन्नुभयो, “ती स्वास्थ्यकर्मीले रिफर गरेका बिरामीलाई केन्द्रबाट महिनामा एक पटक जाने चिकित्सकले थप उपचार गर्दछन् ।”

शाखाले पहिलो पटक नमूनाका रुपमा १४ जिल्ला छनौट गरे पनि पछि मनोचिकित्सक नभएका अरु जिल्लामा पनि सेवा विस्तार गर्ने उहाँले बताउनुभयो । मनोचिकित्सकले हरेक महिना ३० जना कडा खालका बिरामीको उपचार गरिरहेको डा बरालले बताउनुभयो । ती बिरामीले निःशुल्क औषधि पाउने छन् ।

राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण–२०२० मा गरिएको अध्ययनमा सय जनामध्ये १० जनामा कुनै न कुनै प्रकारका मानसिक समस्या रहेको तथ्य फेला परेको जनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनको २०१८ को तथ्याङ्कअनुसार नेपालमा बहिरङ्ग विभागमा आएका बिरामीमध्ये पाँच प्रतिशत बिरामीमा मानसिक स्वास्थ्य समस्या रहेको जनाइएको छ ।

यस्तै नेपाल प्रहरीको प्रतिवेदनमा दैनिक १८÷१९ जनाले मानसिक स्वास्थ्यका कारण आत्महत्या गर्ने गरेको जनाइएको छ । रासस

आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नारायणी अस्पतालका चिकित्सकको राजीनामा
मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द

लोकप्रिय

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

मीना सुनारको उद्धार

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

ताजा

नारायणी अस्पतालका चिकित्सकको राजीनामा

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.