• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • १ घण्टा 

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
  • २ घण्टा 

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
  • ४ घण्टा 

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • ६ घण्टा 

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १ दिन 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • २. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ३. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ४. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ५. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउँदै उपमहानगर

  •  बुधबार, माघ ०३, २०८० मा प्रकाशित

अत्तरिया (कैलाली) । कैलालीको धनगढी उपमहानगरपालिकाले स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउँदै लगेको छ । पछिल्लो समय उपमहानगरले ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ कार्यक्रम सञ्चालन गरेर नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाएको हो ।

उपमहानगरले आर्थिक अभावले उपचार गर्न नसक्ने गरिब तथा विपन्न नागरिकलाई घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले गत आर्थिक वर्ष २०७९/८० को साउनदेखि सुरु गरेको उक्त कार्यक्रम प्रत्येक महिना १९ वटै वडामा सञ्चालन गर्दै आएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिनुभयो । वडा स्वास्थ्य क्लिनिकमा एकजना जनरल फिजिसियन र एकजना स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा दिँदै आइएको उहाँले बताउनुभयो ।

चालु आवको साउनदेखि पुस मसान्तसम्म छ महिनामा यक्त कार्यक्रममार्फत १७ हजार पाँच सय ३१ जनाले निःशुल्क उपचार सेवा लिएका प्रमुख अवस्थीले जानकारी दिनुभयो । उहाँका अनुसार सो अवधिमा १३ हजार नौ सय ६३ महिला र तीन हजार पाँच सय ६८ पुरुषले सेवा लिएका छन् ।

शाखा प्रमुख अवस्थीका अनुसार छ हजार पाँच सय ६० महिला, दुई हजार सात सय ७८ पुरुष गरी नौ हजार तीन सय ३८ जनाले जनरल फिजिसियनबाट र तीन हजार पाँच सय छ जना महिलाले स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट सेवा लिएका छन् । त्यस्तै, तीन हजार आठ सय ९७ महिला र सात सय ९० पुरुष गरी चार हजार छ सय ८७ जनाले आँखासम्बन्धी सेवा लिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । सो अवधिमा सेवा लिनेमध्ये दुई हजार तीन सय ९४ जना ७० वर्षभन्दा माथिका रहेका छन् ।

क्लिनिकमा प्रयोगशाला, अल्ट्रासाउण्ड, इसिजी, फिजिसियन, स्त्री तथा प्रसूति रोग, निजी अस्पतालसँगको समन्वयमा आँखा, दाँत, हाडजोर्नी, मानसिकलगायतका रोगसम्बन्धी सेवा दिइरहेको उपमहानगरले जनाएको छ ।

सो अवधिमा दुई हजार सात सय ९८ ले निःशुल्क प्रयोगशाला जाँच, दुई हजार तीन सय २४ जना गर्भवतीले सेवा लिएकामा एक हजार चार सय ७८ ले निःशुल्क अल्ट्रासाउण्ड सेवा लिएका शाखा प्रमुख अवस्थीले बताउनुभयो । क्लिनिक कार्यक्रमबाट ग्रामीण क्षेत्रका विपन्न नागरिकले सहजरुपमा विशेषज्ञ स्वास्थ्य सेवा पाइरहेको उहाँको भनाइ थियो ।

उपमहानगर प्रमुख गोपाल हमालले आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य उपचारबाट वञ्चित भएका नागरिकलाई लक्षित गरी ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । “ग्रामिण क्षेत्रमा कतिपयको कुखुरा बेचेर उपचार गर्नुपर्ने अवस्था छ । यो सेवा त्यस्ता नागरिकका लागि लक्षित गरी सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो । यो सेवालाई अझै विस्तार गर्दै लगिने उहाँको भनाइ थियो ।

गत आवमा वडा स्वास्थ्य क्लिनिकबाट ३५ हजार छ सय १९ महिला र १० हजार ७० पुरुष गरी ४५ हजार छ सय ८९ जनाले सेवा लिएका प्रमुख हमालले जानकारी दिनुभयो । रासस

बुधबार, माघ ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

लोकप्रिय

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

ताजा

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.