• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • २ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • २ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • २ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • २ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ५ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ६ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ८ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ८ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ८ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

सेती अस्पतालद्वारा सिकलसेलको निःशुल्क परीक्षण शिविर

  •  शनिबार, माघ ०६, २०८० मा प्रकाशित

अत्तरिया (कैलाली) । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सिकलसेल एनिमिया तथा थाइलेसिमिया निःशुल्क परीक्षण शिविर सञ्चालन गरेको छ ।

अस्पतालले धनगढी उपमहानगरपालिका–१६ घसिटामा आजदेखि निःशुल्क परीक्षण शिविर सञ्चालन गरेको हो । विशेष गरी थारु समुदायमा देखिने यो रोग बढी प्रभावित क्षेत्र आँकलन गरेर शिविर सञ्चालन गरिएको सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुरिटेन्डेन्ट डा शेरबहादुर कमरले बताउनुभयो ।

यो रोग एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने र यसबाट थारु समुदाय बढी प्रभावित भएको उहाँले बताउनुभयो । “सिकलसेल एनिमिया वंशाणुगत रोग हो”, उहाँले भन्नुभयो, “सिकलसेल आमाबुवा दुवैमा छ भने उहाँहरुबाट जन्मिएका सबै सन्तानमा हुने सम्भावना बढी हुन्छ ।”

“यो रोग ९९ प्रतिशत थारु समुदायमा देखिने गरेको छ”, उहाँले भन्नुभयो, “थारु समुदायका शङ्का लागेका सबै उमेर समूहकाले शिविरमा रगत परीक्षण गर्न सक्नुहुन्छ । अन्य समुदायका मान्छेमा पनि शङ्का लागेको छ भने परीक्षण गर्न सक्नुहुन्छ ।”

सेती अस्पतालमा पनि हाल सिकलसेलको निःशुल्क परीक्षण हुने गरेको उहाँले बताउनुभयो । अस्पतालमा हालसम्म नौ सय १४ जना सिकलसेल एनिमियाका बिरामी दर्ता भएको अस्पतालका सामाजिक सेवा इकाइ प्रमुख गौरीदत्त जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आर्थिक वर्ष २०७१÷७२ बाट यो कार्यक्रम सुरु भएको हो । हालसम्म कैलाली र कञ्चनपुरका गरी नौ सय १४ बिरामी दर्ता भएका छन् ।”

दर्ता भएका सबै बिरामीले औषधि सेवन गरिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “औषधि फरक–फरक हुन्छ । दुखाइको औषधि सबैले सेवन गरिरहेका हुन्छन् ।”

थारु समुदायलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “यो थारु समुदायमा बढी देखिने रोग हो । जो अस्पतालसम्म आउन नसक्ने छन्, उहाँहरुको समुदायस्तरमै गएर जाँच गर्ने हाम्रो योजना हो ।”

आगामी दिनमा जिल्लाका अन्य ग्रामीण क्षेत्रमा पनि यसरी नै शिविर सञ्चालन गरिने उहाँको भनाइ थियो । प्रदेश सरकारको सहयोग तथा धनगढी उपमहानगरपालिकाको समन्वय र सहकार्यमा २ दिने शिविर सञ्चालन गरिएको अध्यक्ष शाहले बताउनुभयो । उहाँका अनुसार शिविर माघ ७ गते (आइतबार) वडा नं. १७ धुर्जन्नामा सञ्चालन हुनेछ । रासस

शनिबार, माघ ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.