• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • १ मिनेट 

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
  • ४३ मिनेट 

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
  • ३ घण्टा 

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • ५ घण्टा 

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १ दिन 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • २. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ४. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

  • ५. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

स्थायी बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला बढी

  •  शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित

अत्तरिया (कैलाली) । कैलालीमा स्थायी बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी रहेको छ । चालु आवमा स्वास्थ्य कार्यालय कैलालीले जिल्लाका विभिन्न ठाउँमा सञ्चालन गरेको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा पुरुषभन्दा महिलाको सहभागिता बढी रहेको हो ।

तेह्रवटै स्थानीय तहका विभिन्न १७ ठाउँमा सञ्चालन गरिएको घुम्ती शिविरमा सन्तानको इच्छा पुगेका दुई सय ४६ जनाले स्थायी बन्ध्याकरण सेवा लिएको स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन सुपरभाइजर निरीक्षक ओलटनारायण चापागाईंले राससलाई जानकारी दिनुभयो ।

घुम्ती शिविरमा स्थायी बन्ध्याकरण सेवा लिनेमा दुई सय २० महिला र २६ जना पुरुष रहेको उहाँले बताउनुभयो । परिवार नियोजनको स्थायी बन्ध्याकरण मिनिल्याप महिला र भ्यासेक्टोमी पुरुषले गर्ने गरेका छन् । नेपाल परिवार नियोजन सङ्घ धनगढी र सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा चालु आवमा स्वास्थ्य कार्यालयले जिल्लामा दुई चरणमा स्थायी बन्ध्याकरण घुम्ती शिविर आयोजना गरेको उहाँले बताउनुभयो ।

गत मङ्सिर २५ गतेदेखि पुस ६ गतेसम्म १० र यही फागुन ५ गतेदेखि १४ गतेसम्म जिल्लाका विभिन्न सात ठाउँमा स्थायी बन्ध्याकरण घुम्ती शिविर आयोजना गरिएको उहाँले बताउनुभयो । गत आव २०७९÷०८० मा स्वास्थ्य कार्यालयले सञ्चालन गरेको स्थायी बन्ध्याकरण शिविरमा दुई सय ९१ जनाले स्थायी बन्ध्याकरण सेवा लिएको उहाँले बताउनुभयो । जसमा दुई सय ६३ महिला र २८ जना पुरुषले बन्ध्याकरण सेवा लिएको परिवार नियोजन सुपरभाइजर निरीक्षक चापागार्इंले बताउनुभयो । गत वर्ष पनि बन्ध्याकरणमा पुरुषभन्दा महिलाको सहभागिता बढी नै रहेको थियो ।

पुरुषले स्थायी बन्ध्याकरण गर्न नचाहने, महिलाले नै पुरुषलाई बन्ध्याकरण गर्न नदिनेजस्ता कारणले बन्ध्याकरणमा पुरुषभन्दा महिलाको सहभागिता बढी हुने गरेको उहाँले बताउनुभयो । पुरुषले भ्यासेक्टोमी गर्दा शरीरमा अप्ठ्यारो हुन्छ भन्ने भ्रम, वैदेशिक रोजगारीमा बढी पुरुष नै जाने भएकाले गाउँघरमा पुरुषको सङ्ख्या कम हुने भएकाले पनि स्थायी बन्ध्याकरणमा पुरुषको सहभागिता कम हुने गरेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पुरुषले धेरै काम गर्नुपर्छ”, बन्ध्याकारण गर्दा कमजोर भइन्छ भन्ने भ्रम पनि छ । रोजगारीका लागि बढी पुरुष नै बाहिर जाने गरेका छन् । जसले गर्दा स्थायी बन्ध्याकरणमा पुरुषभन्दा महिला बढी आकर्षित देखिन्छन् ।” रासस

शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

ताजा

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.