• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ४ मिनेट 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ४ मिनेट 

झापा र कैलालीमा खोप अभियान
  • १० मिनेट 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ३ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ४ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ६ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ६ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ६ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ६ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

करोडौँ लगानीका होल्डिङ सेन्टर जीर्ण बन्दै

  •  मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित

दोधारा चाँदनी (कञ्चनपुर) । कोरोना महामारीका बेला सरकारले निर्माण गरेका ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएका छन् ।

सरकारले सेना मातहत कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा निर्माण गरेको एक हजार शय्या (बेड)को होल्डिङ सेन्टर निर्माण सम्पन्न भएको दुई वर्ष हुँदासमेत प्रयोगमा आउन नसक्दा जीर्ण बन्दै गएको हो ।

महेन्द्रनगरको सालघारी क्षेत्रमा एक हजार शय्या क्षमताका २२ ठूला संरचना, ५० शय्या क्षमताका दुई संरचना स्वास्थ्यकर्मीका लागि र २२ वटा शौचालय तथा १५ भान्सा लगायतका संरचना निर्माण भइसकेका छन् । उक्त होल्डिङ सेन्टरको सुरक्षा अहिले नेपाली सेनाले गरिरहेको छ । होल्डिङ सेन्टरको उपायोगबारे रक्षा मन्त्रालयले अध्ययन गर्न कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो ।

उक्त समितिले गत वर्ष नै सरकारलाई चार विकल्पमा होल्डिङ सेन्टर सञ्चालन गर्ने प्रतिवेदन बुझाए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समितिका संयोजक एवं कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो । “समितिले अध्ययन गरेर होल्डिङ सेन्टरलाई चार विकल्पका रुपमा प्रयोगमा ल्याउन सकिन्छ भनेका थियो”, उहाँले भन्नुभयो, “त्यसको तीन प्रतिशत भाग विपद् उद्धारकै रुपमा प्रयोग गर्ने, अर्को विकल्प लागुऔषध पुनःस्थापना केन्द्र सञ्चालन गर्ने, क्षयरोगीका लागि आइसोलेशन सञ्चालन गर्ने र केही भाग प्रहरीले उपयोग गर्ने प्रस्ताव गरेका थियौँ ।” प्रतिवेदन बुझाए पनि हालसम्म मन्त्रालयबाट कुनै प्रतिक्रिया नआएको उहाँले बताउनुभयो ।

कोरोना महामारीका बेला पनि निर्माण कम्पनीले तत्काल तीन सय शय्या तयारी अवस्थामा राखेको भए पनि होल्डिङ सेन्टरको व्यवस्थापन कसले गर्ने भन्नेमै अन्योल देखिएका कारण सङ्क्रमित राख्न सकिएको थिएन । महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्टले सरकारले निर्माण गरेको संरचना प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो ।

“क्षयरोगीका लागि आइसोलेसन कक्ष र सुधार गृहका रुपमा सञ्चालनमा ल्याउँदा उपयुक्त हुन्छ”, भट्टले भन्नुभयो, “सरकारले करोडौँ लगानी गरेका संरचना जीर्ण बन्दै जानु दुःखद हो ।” यहाँका स्थानीयले पनि पछिल्लो समय लागुऔषधका सेवनकर्ता बढ्दै गएकाले स्थानीय सरकारले सुधार गृहका रुपमा सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।

“प्रहरीको तथ्याङ्क हेर्दा कारागारमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या अत्यधिक छ”, हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष मदन चन्दले भन्नुभयो, “स्थानीय र सरकारले प्रयोगविहीन संरचनालाई सुधार केन्द्रका रुपमा सञ्चालनमा ल्याउनुपर्छ ।” होल्डिङ सेन्टरको प्रयोग नहुँदा एकातर्फ निर्माण भएका संरचना जीर्ण बन्दै गएका छन् भने अर्को तर्फ नेपाली सेनाले पहरा दिनुपरेको छ ।

विसं २०७८ मा रु २९ करोड २५ लाखमा ठेक्का सम्झौतामा हनुमान कन्सट्रक्सनले होल्डिङ सेन्टर निर्माण गरेको थियो । विसं २०७९ असारमा निर्माण सम्पन्न गरेर निर्माण कम्पनीले नेपाली सेनालाई हस्तान्तरण गरेको हो । रासस

मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
झापा र कैलालीमा खोप अभियान

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.