• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • २० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २१ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २१ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. आँखा अस्पतालमा बिरामी बढे

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

  • १०. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

टीकापुरमा पोषणमैत्री स्थानीय शासनबारे छलफल

  •  बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित

टीकापुर (कैलाली) । कैलालीको टीकापुरमा पोषणमैत्री स्थानीय शासनबारे छलफल भएको छ । ‘पोषणमैत्री स्थानीय शासन पालिका’ घोषणाका लागि भइरहेका योजना तथा कार्यान्वयनको अवस्थाबारे छलफल भएको हो ।

नगरपालिकाले वडा नं ३ लाई पहिलो चरणमा पोषणमैत्री स्थानीय वडा घोषणाका लागि गत वर्षदेखि काम गरिरहेको छ । ‘बहुक्षेत्रीय पोषण योजना तथा पोषण कार्यक्रम’अन्तर्गत टीकापुरमा भएका कार्य र पोषणमैत्री स्थानीय शासनको कार्यविधिको मस्यौदामाथि प्रारम्भिक छलफल भएको युनिसेफका पोषण अधिकृत प्रकाशचन्द्र जोशीले बताउनुभयो ।

कार्यक्रमको सहजीकरण जोशीले गर्नुभएको छ भने कार्यविधिको मस्यौदा परामर्शदाता शेतबहादुर भुलले प्रस्तुत गर्नुभएको थियो । पोषणमैत्री स्थानीय वडा तथा पालिका बनाउन शासकीय पद्धतिमा पोषणका विषयलाई छलफल गर्नु, पोषण सेवा प्राप्तिको सुनिश्चितता र सुधारका लागि बहुक्षेत्रीय प्रयास गर्न आवश्यक रहेको जोशीले बताउनुभयो । यसका लागि विभिन्न चुनौती रहेका भन्दै उहाँले टीकापुरले चुनौतीलाई चिरेर काम गर्ने प्रयास गरिरहेको बताउनुभयो ।

टीकापुरमा बहुक्षेत्रीय पोषणका आशिंक कार्यक्रम सञ्चालन छन् । कार्यक्रमअन्तर्गत पहिलो चरणमा वडा नं ३ मा विविध कार्यक्रम भइरहेका जोशीले जानकारी दिनुभयो ।

“पोषणमैत्री स्थानीय शासन लागू भएको घोषणा गर्न ७६ वटा सूचक पूरा गर्नुपर्ने हुन्छ । यसका लागि पालिका, पालिकामा रहेका सात वटै विषयगत शाखा, सङ्घ संस्था तथा सबै सरोकारवालाको सक्रियता उत्तिकै आवश्यक पर्ने भएकाले सबैलाई जिम्मेवार बनाउन थालेका छौँ”, स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले भन्नुभयो ।

उहाँका अनुसार पहिलो चरणमा छनोट भएको वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् । “घोषणाका लागि पालिकाले बजेटको सुनिश्चितता गर्ने, हरेक कार्यलाई पोषणका नजरले हेरेर काम गर्न आवश्यक छ”, रावलले भन्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीले पोषणमैत्री स्थानीय शासन लागू गर्न पालिकाको स्रोतको सुनिश्चितता गर्नुपर्ने, सबै नागरिकको घरमा पोषणको उपलब्धता हुनुपर्ने र नागरिकको आम्दानीसमेत बढ्नुपर्ने बताउनुभयो ।

“कृषि पशुपालन, करेसाबारीलगायत क्षेत्रमा लगानी बढ्नुप¥यो”, उहाँले भन्नुभयो, “यसका लागि स्थानीय स्रो परिचालन गर्न सकिन्छ । हामीले आइरन पाइने खानेकुरा सागपात, हरिया तरकारी, फलफुललगायत खान जानेका छैनौँ । बारी ती बाली लगाउन प्रेरित गर्नुपर्छ ।”

कार्यवाहक नगर प्रमुख दीपक निसानीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका पोषण फोकल पर्सन तथा सिनियर अहेब अधिकृत कमलबहादुर रावलले पालिकाका पाँच स्थानमा ओटिसी सेन्टर सञ्चालनमा रहेका, कुपोषित बालबालिका घट्दै गएका, सङ्घसंस्थालेसमेत पोषण सुधारमा सघाइरहेका बताउनुभयो ।

“विगतमा छ प्रतिशत बालबालिकामा कुपोषणको समस्या थियो, त्यसमा सुधार आएको छ”, उहाँले भन्नुभयो, “हामीले गाउँगाउँमा जाउलो, लिटो बनाउन सिकायौँ, आमालाई सचेत बनायौँ, उपप्रमुख पोषण कोसेली, आइरन चक्की वितरणलगायत धेरै कार्यक्रमलाई निरन्तर दिँदा केही सुधार आएको छ ।”

साथै नगरपालिकाले पोषणसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम, हरेक स्वास्थ्यसंस्थामा पोषण कर्नर राखेको छ । पालिकाले वडा तथा पालिकामासमेत पोषण कर्नर राख्ने तयारी गरेको गरिरहेको जनाइएको छ । रासस

बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

आँखा अस्पतालमा बिरामी बढे

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.