• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • २० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २१ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २१ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. आँखा अस्पतालमा बिरामी बढे

  • ७. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

  • १०. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी

  •  शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै बढी रहेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीका अनुसार आयातित औलोका बिरामीको सङ्ख्या एक सय ३९ रहेको छ भने स्थानीय औलोका बिरामीको सङ्ख्या ११ रहेको छ । प्रदेशमा औलोका बिरामीको कूल सङ्ख्या एक सय ५० रहेको छ ।

गत वर्ष आयातित औलोका बिरामीको सङ्ख्या एक सय ८४ र स्थानीय बिरामीको सङ्ख्या ३९ रहेको थियो । आयातित औलोका बिरामीमा अधिकांश भारतबाट फर्केकाहरु रहने गरेका छन् । “भारतमा कमाउन जानेहरु औलोको सङ्क्रमणमा परेपछि घर फर्कने गर्दछन्”, अधिकृत जोशीले भन्नुभयो, “औलोको परजीवी बोकेर भारतबाट फर्कनेलाई लामखुट्टेले टोकेर, त्यसपछि अरुलाई टोक्दा परजीवी सारेर सङ्क्रमण गराउँदछ ।”

खुला सीमा क्षेत्र भएकाले औलोको सङ्क्रमणमा परेका सिधै घर पुग्ने गर्दछन् । सीमा क्षेत्रमा रक्त परीक्षणको भरपर्दो व्यवस्था नहुँदा पनि औलो रोकथाममा समस्या रहेको उहाँको भनाइ छ । उहाँकाअनुसार आयातित औलोको सङ्क्रमण रोक्नका लागि समुदायमा खोजपडतालको कार्य गरिँदै आएको छ ।

“समुदायमा भारतलगायत अन्य क्षेत्रबाट औलोको सङ्क्रमण भएर आएका व्यक्तिबारे अध्ययनको कार्य गर्छौं”, उहाँले भन्नुभयो, “बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थामा पठाइने गरिन्छ, औलो सार्ने लामखुट्टेबारे अध्ययन र अनुसन्धानको कार्य पनि गर्दै आएका छौँ ।” यसै कारणले औलोका बिरामीको सङ्ख्या विगतको तुलनामा घट्दै गएको उहाँले जानकारी दिनुभयो ।

जलवायु परिवर्तनको असरले पृथ्वीको तापक्रममा वृद्धि भएसँगै र सडक यातायातको व्यवस्थाले तराई क्षेत्रमा पाइने लामखुट्टे हाल पहाडीदेखि हिमाली जिल्लामा पनि पाइन थालेको उहाँले उल्लेख गर्नुभयो । औलोका दुई किसिमका परजीवी पाइने गरेको जानकारी दिँदै उहाँले जसमा प्लाज्मोडियम फाल्सीपारम र प्लाज्मोडियम भाइभेक्स रहेका छन् ।

त्यसमध्ये प्लाज्मोडियम फाल्सीपारम परजीवीलाई जटिल प्रकृतिको मानिन्छ । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा फेला परेका एक सय ५० औलोका बिरामीमध्ये प्लाज्मोडियम फाल्सीपारम परजीवीको सङ्क्रमण भएका बिरामीको सङ्ख्या २० रहेको छ । अन्य एक सय ३० मा प्लाज्मोडिम भाइभेक्स परजीवी फेला परेको अधिकृत जोशीले बताउनुभयो ।

जोशीले सबैभन्दा बढी औलोका बिरामी ७४ जना कैलालीमा देखा परेकामा त्यसपछि कञ्चनपुरमा २७, अछाममा २०, बाजुरामा ११, डोटीमा सात, बझाङमा दुई, बैतडीमा तीन र डडेल्धुरामा छ जना औलोका बिरामी देखा परेको बताउनुभयो ।

उहाँका अनुसार सुदूरपश्चिममा औलोको उच्च जोखिममा रहेको जनसङ्ख्या २४ लाख ८६ हजार रहेको छ । औलोका बिरामी पत्ता लगाउन ९५ हजार तीन सय ५० जनाको रक्त नमूना परीक्षणको कार्य गरिएको छ । औलोको उच्च जोखिम क्षेत्रमा रहेका ८५ हजार पाँच सय ५३ समुदायमा कीटनाशक झुल वितरणको कार्य गरिएको छ ।

गर्भवती तथा जोखिम समूहका लागि ११ हजार सात सय ४६ कीटनाशक झुल वितरण गरिएको छ । औलोको सङ्क्रमण रोक्नका लागि विषादी छिड्काउबाट ५१ हजार दुई सय १७ जना लाभान्वित भएका छन् । औलो सङ्क्रमित एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्दछ । औलोबाट बच्ने मुख्य उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु रहेको छ ।

औलो लागेमा टाउको दुख्ने, वाकवाकी हुने, वान्ता हुने हातखुट्टा तथा जोर्नी दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखा पर्ने गर्दछन् । लामखुट्टेको टोकाइबाट बच्नका लागि पूरा शरीर छोप्ने लुगा लागाउने, सुत्दा कीटनाशक झुलको प्रयोग गर्ने, घर वरिपरिको पानीका खाल्डाखुल्डी पुर्ने, घर वरिपरिको घाँसलगायतको झाडी सफा गर्ने, धुप बाल्नेलगायत गर्नुपर्दछ ।

औलो रणनीतिक योजना २०१४–२०२५ अनुसार देशलाई सन् २०२५ सम्म औलो मुक्त राष्ट्र बनाउने परिकल्पना गरिएको छ । यस अवधिमा औलो निवारणका लागि गुणस्तरीय सेवामा समुदायको पहुँच अभिवृद्धि गर्ने, औलो रोकथाम तथा महामारीमा तत्काल प्रतिकारात्मक कार्य गर्ने रहेको छ । रासस

शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.