• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
  • २३ मिनेट 

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • २ घण्टा 

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • २१ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • २ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • २. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

सेवा विस्तार गर्दै सेती प्रादेशिक अस्पताल

  •  सोमबार, जेठ १४, २०८१ मा प्रकाशित

अत्तरिया (कैलाली) । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सेवा विस्तारमा जोड दिँदै गएको छ । सुदूरपश्चिम प्रदेशको एकमात्र रेफरल अस्पतालका रुपमा रहेको यस अस्पतालले सेवा प्रभावकारी बनाउनुका साथै सेवा विस्तारमा जोड दिँदै गएको हो ।

सङ्घीयतापछि अञ्चल अस्पतालबाट प्रादेशिक अस्पताल बनेको सो अस्पतालले एकपछि अर्को विभिन्न उपकरण थप्दै गएको छ । सेवा विस्तारमा जोड दिँदै आएको सेती अस्पतालले एमआरआई सेवा सुरु गरेको छ । सरकारी अस्पतालमा एमआरआई सेवा नहुँदा बिरामीले चर्को शुल्क तिरेर निजी अस्पतालमा एमआरआई गर्नुपर्ने बाध्यता थियो । अस्पतालले एमआरआई मेसिन खरिद गरेर सेवा सुरु गरेसँगै चर्को शुल्क तिरेर एमआरआई गर्नुपर्ने बाध्यता हट्ने भएको छ ।

“हामीले हिजोदेखि पूर्णरुपमा एमआरआई सेवा सुरु गरेका छौँ, यसअघि परीक्षणका रुपमा थियो”, सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शेरबहादुर कमरले भन्नुभयो, “यसबाट धेरै बिरामी लाभान्वित हुने छन्, शुल्क पनि बाहिरको भन्दा भण्डै ५० देखि ६० प्रतिशत कम छ, स्वास्थ्य बीमा गराएकाले एमआरआई गर्नु परे छुट्टै शुल्क बुभाउनु पर्दैन ।”

एमआरआई मानिसको अङ्ग र तन्तुको सामान्य अवस्थाको बनावटमा खराबी हुँदा कस्तो हुन्छ भन्ने पत्ता लगाउने पछिल्लो प्रविधि हो । उहाँले भन्नुभयो, “यसबाट शरीरमा लागेको चोटपटक, क्यान्सर, स्नायु, टाउकोलगायतका विभिन्न अङ्ग र तन्तुको अवस्था पत्ता लगाउन सजिलो हुन्छ ।” सङ्घ र प्रदेश सरकारको भण्डै रु १६ करोड लागतमा एमआरआई मेसिन खरिद गरिएको उहाँको भनाइ छ ।

सेती अस्पतालमा सिटिस्क्यान सेवा पनि सञ्चालनमा रहेको छ । “सिटिस्क्यान सुरु भएको डेढ वर्ष भयो, अहिलेसम्म आठ हजार बिरामीको सिटिस्क्यान गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “दैनिक २० देखि ४० जनाको हाराहारीमा सिटिस्क्यान हुन्छ, यसमा पनि बाहिरकोभन्दा ४० देखि ६० प्रतिशत कम शुल्क लिने गरेका छौँ ।”

सरकारीतर्फ ५० र विकास समितितर्फ ७५ शय्या गरी एक सय २५ शय्याको स्वीकृति भए पनि बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालमा हाल तीन सय शय्या सञ्चालन भइरहेको उहाँले बताउनुभयो । त्यस्तै हाल अस्पतालमा २० मेसिनबाट डायलासिस सेवा दिँदै आएको जनाउँदै डा कमरले भन्नुभयो, “हाल दैनिक ४० देखि ५० जनाले डायलासिस सेवा लिनुहुन्छ ।”

सेवा विस्तारसँगै अस्पतालको स्तरवृद्धि प्राथमिकतामा रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “अब यस अस्पतालको स्तरवृद्धिलाई प्राथमिकतामा राखेका छौँ, यसलाई तीन सय शय्यामा स्तरोन्नतिका लागि पहल गरिरहेका छौँ ।” सेवालाई अझै सुधार गर्दै लैजानुका साथै व्यवस्थित बनाउँदै लैजाने योजना रहेको उहाँको भनाइ छ । रासस

सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

ताजा

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.