• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ २६, २०८३
शुक्रबार, भदौ २६, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १० घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १६ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १६ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १६ घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • १ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • १ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • १ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • १ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. विपद्पछि सरुवा रोगको प्रकोप

  • ७. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

  • १०. नुवाकोटमा हैजाविरुद्धको खोप

किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्न माग

  •  शनिबार, साउन ०५, २०८१ मा प्रकाशित

काठमाडौँ । महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग गरिएको छ । संविधान प्रदत्त सो अधिकार सुनिश्चित गर्न राज्यले नयाँ नीति बनाउन र यसलाई कार्यान्वयन गर्न माग गरिएको छ ।

विशेष गरी लागुपदार्थ प्रयोगकर्ता महिला तथा किशोरी हिंसाको जोखिममा पर्ने जनाउँदै यसलाई अन्त्य गर्न राज्यले विशेष नीति तथा कार्यक्रम ल्याउन माग गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडिसी), नेपाल परिवार नियोजन सङ्घ, दृष्टि नेपालको संयुक्त सहकार्यमा आयोजित यौन तथा प्रजनन स्वास्थ्य अधिकार विषयक तालिमका सहभागीले लागुपदार्थ प्रयोगकर्ता महिला तथा किशोरी, एचआइभी सङ्क्रमित बढी मात्रामा हिंसामा पर्ने गरेको, अपहेलित हुनुपरेको र राज्यका तर्फबाट आफ्ना लागि बजेट विनियोजन नभएको गुनासो गरेका थिए ।

लागुपदार्थ प्रयोगकर्ता महिला तथा किशोरीहरुका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकार कसरी सुनिश्चित गर्ने ध्येयले आयोजित सो दुई दिने तालिममा सुरक्षित गर्भपतन, एचआइभी एड्स तथा यौन सङ्क्रमण, यसको जोखिमता न्यूनीकरणका उपाय तथा सुरक्षित व्यवहारका बारेमा जानकारी पनि दिएको थियो ।

तालिममा विशेष गरी भर्खर लागुपदार्थ प्रयोग गर्न सुरुआत गरेका, एचआइभी सङ्क्रमित र यौनिक तथा लैगिक अल्पसङ्ख्यक पनि सहभागिता रहेको थियो । उनीहरुलाई नेपाल परिवार नियोजन सङ्घका सेवा प्रदायक चिकित्सक र विषय विज्ञद्वारा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विविध आयमका बारेमा जानकारी प्रदान गरिएको थियो ।

तालिमको शुभारम्भमा युएनओडिसी रिना पाठकले महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न यस क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “महिला तथा किशोरीलाई हिंसाको जोखिम हुन यस्ता तालिम महत्वपूर्ण हुन्छन् ।”

दृष्टि नेपालका अध्यक्ष परिना सुब्बाले लागुपदार्थ प्रयोगकर्ता महिला तथा किशोरीका लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लागुपदार्थ प्रयोगकर्ता महिला तथा किशोरी, एचआभी÷एड्स सङ्क्रमित, तेस्रो लिङ्गीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार रक्षा गर्नु आवश्यक छ ।”

सङ्घको सञ्चार तथा पैरवी अधिकृत जमूना सिटौलाले सामान्य अवस्थाका साथै विपद्का समयमा ती समुदाय अझ बढी हिंसामा पर्न सक्ने चर्चा गर्दै यस्ता समुदायलाई सेवाबाट वञ्चित हुन नदिन सचेतना आवश्यक पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “त्यस्तो अवस्थामा कसरी कहाँ र कोसँग समन्वय गर्ने भन्ने पनि सूचना प्रदान गर्नुपर्छ, यस्तो अवस्थामा सङ्घद्वारा सञ्चालित हेल्पलाइन सेवामा सम्पर्क गर्नुपर्छ ।”

तालिम पश्चात् सहभागीको पाठेघरको मुखको क्यान्सर (स्क्रिनिङ), यौन सङ्क्रमण तथा अन्य सेवाहरु सङ्घका केन्द्रीय क्लीनिकमा निःशुल्क उपलब्ध गराइएको थियो । सञ्चार तथा पैरवी अधिकृत सिटौलाले भन्नुभयो, “सङ्घले अब केही दिनभित्र लागुपदार्थ प्रयोगकर्ताको सुधार गृहमा गएर सचेतना साथै स्वास्थ्य शिविर आयोजना गर्न लागेको छ ।”

तालिममा सङ्घको निमित्त कार्यक्रम निर्देशक प्रमिज थापा, नर्स सत्या भण्डारी, सङ्घको काठमाडौँ उपत्यका शाखाका सदस्य रवी श्रेष्ठ, किरण मानन्धर, सङ्घको युवा शाखाका व्यवस्थापक प्रवीण खड्का, सङ्घका मेडिकल व्यवस्थापक डा ओम महर्जन, डा इलिजा अर्यालले तालिममा प्रशिक्षण दिनुभएको थियो । रासस

शनिबार, साउन ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.