• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २७ मिनेट 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ३० मिनेट 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ३३ मिनेट 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ३७ मिनेट 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

डेङ्गी सङ्क्रमण बढ्दै, कीट व्यवस्थापनमा समस्या

  •  आइतबार, भदौ १६, २०८१ मा प्रकाशित

सुदूरपश्चिम । लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेङ्गी रोगबाट सुदूरपश्चिम प्रदेशमा तीन सय ३४ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार पछिल्लो डेढ महिनामा मात्रै एक सय ७३ जनामा सङ्क्रण भएको छ । प्रदेशको कैलाली जिल्लामा सबैभन्दा बढी डेङ्गीबाट अहिलेसम्म ८६ जना सङ्क्रमित छन् ।

यस्तै, अछाममा ६७, डोटीमा ५५, कञ्चनपुरमा ४७, दार्चुलामा २४, बाजुरामा १९, बैतडीमा १८, डडेलधुरामा १३ र बझाङमा पाँच जना सङ्क्रमित छन् । गत पुस महिनामा प्रदेशभरिमा १३ बिरामी फेला परेकामा त्यसयता सङ्क्रमण निरन्तर बढ्दै गएको छ । सबैभन्दा बढी अगस्तमा (साउन/भदौ) महिनामा ८८ व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

कैलालीको गोदावरी नगरपालिका, स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले डेङ्गी रोकथामका लागि वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयलगायतको संयुक्त पहलमा लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान सञ्चालन भइहेको बताउनुभयो । “यसबाहेक लामखुट्टेको वृद्धि हुन नदिन शुक्रबारका दिन हरेक विद्यालय, स्वास्थ्य चौकी र वडा कार्यालय आसपास सरसफाइसमेत गर्ने गरिएको छ”, उहाँले भन्नुभयो ।

शङ्कास्पद बिरामी जाँच गर्न आवश्यकताअनुसार कीटको व्यवस्थापन हुन नसक्दा बिरामीको पहिचानमा भने केही समस्या देखिएको स्वास्थ्य शाखा प्रमुख अवस्थीको भनाइ छ । उहाँले भन्नुभयो, “आवश्यकतानुसार कीटको व्यवस्थापन नहुँदा कतिपय समयमा शङ्कास्पद बिरामी पहिचान गर्नमा समस्या भएको छ ।”

निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशी आसारदेखि कात्तिक महिनामा पानी पर्ने भएकाले लामखुट्टेको वृद्धि भई सङ्क्रमणको बढी जोखिम रहने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यस मौसममा डेङ्गीको जस्तो लक्षण देखिने अन्य रोगका धेरै बिरामी भेटिने भएकाले सबैका लागि कीट व्यवस्थापन गर्दा निकै खर्चिलो हुन्छ, डेङ्गीको गम्भीर प्रकृतिका बिरामीका लागि भने कीटको व्यवस्थापन गर्ने गरिएको छ ।”

डेङ्गीको भाइरसबाट सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइले यो रोग मान्छेमा सर्ने गर्छ । गत वर्ष प्रदेशमा डेङ्गीबाट तीन जनाको मृत्यु भएको थियो । लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोग रोकथामको प्रभावकारी उपाय भएको स्वास्थ्यकर्मीको भनाइ छ । रोग लागेपछि ज्वरो आउने, टाउको दुख्ने, जोर्नी तथा मांसपेसी दुख्ने, खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । नाक, गिजा र पेटबाट रगत बग्ने जस्तो कडा खालको लक्षण देखिँदा भने बिरामी बेहोस भई मृत्यु हुनसक्ने बताइएको छ । रासस

आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.