• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
  • ८ घण्टा 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
  • ८ घण्टा 

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
  • ९ घण्टा 

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
  • ११ घण्टा 

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
  • १२ घण्टा 

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • १४ घण्टा 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • १ दिन 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • १ दिन 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • १ दिन 

लोकप्रिय समाचार

  • १. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • २. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ३. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ४. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ५. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ६. इबोला प्रकोपले बढायो विश्व चिन्ता

  • ७. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • ८. खैरो हेरोइनसहित चार जना पक्राउ

  • ९. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • १०. भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक चाडो टुङ्ग्याउन सुझाव

  •  बिहिबार, पुष ०४, २०८१ मा प्रकाशित

काठमाडौँ । सांसदहरुले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकलाई परिस्कृत गरेर अगाडि बढाउनुपर्ने सुझाउनुभएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आज सिंहदरबारमा भएको बैठकमा समितिका सदस्यहरु एवं विज्ञ सरोकारवालाहरुले प्रस्तावित विधेयकको मस्यौदा परिस्कृति गर्दै यसलाई चाँडो टुङ्गोमा पु¥याइनुपर्ने बताउनुभयो ।

विधेयकको मस्यौदा, संरचना र दिगोपनाका लागि स्रोत व्यवस्थापनलगायत विषयलाई सम्बोधन गरेर विश्वविद्यालयको अवधारणामा अघि बढाउन उहाँहरुको जोड छ । प्रतिष्ठानको विशिष्टिकृत सेवा र प्रतिष्ठामा आँच नपुग्ने गरी उच्च गुणस्तरीय विश्वविद्यालयको रुपमा स्थापित गरिनुपर्ने उहाँहरुको धारणा छ । ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ माथि भएको सैद्धान्तिक छलफलमा सांसद कृष्णप्रसाद सिटौलाले राष्ट्रिय प्रतिष्ठाको विषय भएकाले विधेयकलाई चाँडो टुङ्ग्याइनुपर्ने धारणा राख्नुभयो । उहाँले सरकारी तवरबाट सञ्चालित संस्थासँग नबाझिने गरी तिलगङ्गा आँखा प्रतिष्ठानलाई विश्वविद्यालयको रुपमा अघि बढाउँदा आँखाको अझै स्तरीय र विशिष्टिकृत सेवा दिने गरी विकास गरिनुपर्नेमा जोड दिनुभयो ।

सांसद नारायणकाजी श्रेष्ठले विधेयकमा नमिलेका विषयलाई परिमार्जित गरेर यसलाई विशिष्टिकृत सेवाको रुपमा लैजानुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय चिकित्सा आयोगसँग समन्वय र सहकार्य हुने गरी विश्वविद्यालयको रुपमा अगाडि बढाउनु उपयुक्त हुने धारणा राख्नुभयो ।

सांसदहरु भगवती न्यौपाने, किरणबाबु श्रेष्ठ, डा बेदुराम भुसाल, तारामान स्वार, सुरेश आलेमगर, मायाप्रसाद शर्मा, उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी, अञ्जना शाक्य, गोपाल भट्टराई, गरिमा पन्त, गोमादेवी तिमिल्सना, विष्णुदेवी पुडासैनी, विष्णुबहादुर विश्वकर्मालगायतले विश्वविद्यालयको मान्यता दिने र बीचमै अलपत्र हुने अवस्था नआउने गरी विशिष्टिकृत विश्वविद्यालयको अवधारणाको रुपमा विकास गरिनुपर्ने सुझाउनुभयो ।

पूर्वसचिव माधव पौडेलले तिलगङ्गा आँखा प्रतिष्ठानको गुणस्तरीयता र प्रतिष्ठालाई कायम गर्नेगरी विश्वविद्यालयको रुपमा विकास गरिनुपर्ने सुझाव दिनुभयो । उहाँले चिकित्सा शिक्षा आयोगको मापदण्ड र कोटाअनुसार अध्ययन अध्यापन गराउन विश्वविद्यालय राजी हुनुपर्ने उल्लेख गर्दै सकभर कानुनी झन्झट कम गरेर विश्वविद्यालयको अवधारणा अगाडि बढाइनुपर्नेमा जोड दिनुभयो ।
 
तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा सुन्दुक रुइतले सम्बन्धन पाए प्रतिष्ठानलाई विश्वविद्यालयको रुपमा लैजान सक्षम हुने बताउनुभयो । उहाँले विश्वविद्यालयलाई नमूना र आँखाको उपचारको युनिक केन्द्रका रुपमा स्थापित गरिने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङले विश्वविद्यालयको गुणस्तर कायम राख्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
 
तिलगङ्गा नेत्र विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको हो । दफावार छलफलमा विधेयकमा नमिलेका विषयलाई संशोधन गरेर जान सकिनेमा सांसदहरु एकमत भएका छन् । समितिका सभापति तुलसाकुमारी दाहालले विधेयकको महत्व र गरिमालाई ध्यानमा राखेर समितिले चाडो टुङ्गोमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

आँखा स्वास्थ्य विधातर्फ उच्च शिक्षा प्रदान गर्नुपर्ने भएको र यस क्षेत्रमा गुणस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न, आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गरी विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विधेयक ल्याइएको हो । आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा गुणस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न, आँखा स्वास्थ्य सेवाको पहुँचको विस्तार गरी विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा प्रदान गर्न, आँखा उपचारसम्बन्धी वस्तु उत्पादन तथा आँखा स्वास्थ्यको क्षेत्रमा नविनतम प्रविधिको विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सेवा विस्तार गर्ने प्रयोजनका लागि मानित विश्वविद्यालयको रुपमा तिलगङ्गा नेत्र विश्वविद्यालयको स्थापना गर्ने उल्लेख छ ।

राष्ट्रियसभामा गत असार ८ गते दर्ता भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक दफाबार छलफल भएर समितिमा दफावार छलफलका लागि गत साउन २१ गते पठाइएको थियो । तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले विधेयक प्रस्तुत गर्नुभएको थियो । रासस

बिहिबार, पुष ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

लोकप्रिय

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

ताजा

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.