• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

९९ वर्षमा आँखाको ज्योति फर्किएपछि …

  •  आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित

काठमाडौँ । पर्वत कुश्मा –४ की ९९ बर्षीय विष्णुमति दमाईको खुसीको कुनै सीमा छैन । दुई वर्षदेखि पूर्णरुपमा अन्य व्यक्तिका सहारामा अन्धकारमा जीवन बिताउन बाध्य उहाँ अहिले उज्यालो देख्न पाएपछि हर्षित हुनुहुन्छ ।

उहाँले मोतिबिन्दुका कारण दुई वर्षअघिदेखि पूर्णरुपमा दुबै आँखाको दृष्टि गुमाउनु परेको थियो । उहाँले कुश्मामा सञ्चालन गरिएको निःशुल्क शल्यक्रिया शिविरमा शल्यक्रिया पछि पुनःसंसार देख्न पाउनुभएको हो ।

उहाँले भन्नुभयो “सात–आठ वर्ष अगाडिदेखि आँखाले धुमिल देख्न थालेको थियो । दुई वर्षदेखि पूरै केही देख्नै नसक्ने भएँ । मलाई विहान बेलुकीको छाक टार्न पनि मुश्किल पर्छ । ” उसो त उहाँको छोरा छोरी कोही नभएकाले हेरचाह नातिनीले गरिरहनुभएको छ ।

दुई वर्षदेखि पूर्णरुपमा अन्यकै सहरामा जीवन निर्वाह गरिरहनुभएकी विष्णुमतिले पुनःसंसार देख्न पाएपछि खुसि हुँदै आफ्नो शल्यक्रिया गर्ने चिकित्सकलाई धन्यवाद दिँदै भन्नुभयो “अब यो जुनिमा फेरि संसार देख्न पाउछु जस्तो लागेको थिएन, मलाई सहारा दिने नातिनीको अनुहार नै नदेखि मर्छु कि जस्तो लागेको थियो तर अहिले सबै देख्न पाए शरिर कमजोर भएपनि अब अरुको बोझ बन्नु पर्दैन भन्ने लागेको छ तपाई सबै भगवानलाई धन्यवाद ।”

नेपाल नेत्रज्योति सङ्घ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, रेज होप फाउन्डेशन युकेको आर्थिक सहयोग तथा पर्वतमा रहेका विभिन्न लायन्स क्लबको समन्वयमा प्रदेश अस्पताल कुश्मामा सञ्चालन गरिएको निःशुल्क शिविरबाट विष्णुमति जस्तै १५४ जना मोतिबिन्दुका बिरामीले निःशुल्क शल्यक्रिया गरिएको थियो ।

हिमालय आँखा अस्पतालका बाह्यय कार्यक्रम संयोजक सुवाश नेपालका अनुसार पर्वत जिल्लाका विभिन्न ८ स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरबाट छनौट गरिएका १५४ जना मोतिबिन्दुका बिरामीको गत माघ २९ गतेदेखि यही फागुन १ गतेसम्म निःशुल्क शल्यक्रिया गरिएको हो ।

शिविरकै लागि बेलायतबाट नेपाल आउनुभएका रेज होप फाउन्डेशनका अध्यक्ष डा विशाल गुरुङले आफ्नो सानो प्रयासले बुबा आमाको जीवनमा खुसी फर्किएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत नेपालको अन्धोपन निवारणमा सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

सो अवसरमा नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्तले ‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी ः आँखा सेवामा साझेदारी’ भन्ने मुल नारासहित विभिन्न निकायसँगको सहकार्यमा सङ्घले आफ्नो सञ्जालमार्फत अस्पतालको पहुँचबाट टाढा रहेका नागरिकलाई वार्षिक सयौँ शिविरको आयोजना गरी उपचार सेवा प्रवाह गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “गाउँमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब र विपन्नको बसोबास हुन्छ, उनीहरू स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभाव तथा पहुँचको अभावका कारणले गर्दा रोग लिएर बसिरहन बाध्य छन् त्यसैले सङ्घले उहाँहरुको घर आगनमै गएर गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गरिरहेको छ ।” हिमालय आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा हरी विक्रम अधिकारीको नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बिरामीको शल्यक्रिया गरेको थियो । रासस

आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.