• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
  • २८ मिनेट 

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • ३ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ६ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ६ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • २३ घण्टा 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • २३ घण्टा 

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द
  • २४ घण्टा 

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन
  • १ दिन 

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • २. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. मीना सुनारको उद्धार

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ८. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • ९. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

  • १०. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

गाउँमा स्वास्थ्य सेवा पाएपछि ज्येष्ठ नागरिक खुसी

  •  शनिबार, चैत १६, २०८१ मा प्रकाशित

रामपुर (पाल्पा)। मुटु, दम, खोकीलगायत रोगको औषधोपचारका लागि गिरामती श्रेष्ठलाई अस्पताल पुग्न निकै सास्ती हुने गर्दछ । उमेरले ८५ वर्ष पुग्नुभएकी उहाँलाई शारीरिक अवस्थाका कारण भरसक उपचारका लागि अस्पताल जान नपरे हुन्थ्यो जस्तो लाग्छ ।

शारीरिक अवस्था कमजोर भएकाले सवारीसाधनमार्फत लामो यात्रा गरेर बाहिर अस्पतालमा जाने झन्झटभन्दा उहाँ रोगसँग लडेर बस्न तयार हुनुहुन्छ । यस्तो परिस्थितिमा गाउँमा स्वास्थ्य शिविरमार्फत विशेषज्ञसहित औषधोपचार सेवा पाउँदा उहाँ खुसी हुनुहुन्छ । रामपुर नगरपालिका–८ रानीवास बस्ने गिरामती गाउँमा उपचार सेवा पाइने थाहा पाएपछि लठ्ठीटेकेर नातिनीको सहारामा शिविरमा पुग्नुभयो ।

शिविरमा आफ्ना समस्याबारे सबै स्वास्थ्य परीक्षणसहित औषधि सेवा पाउँदा आफूलाई तत्काललाई अस्पताल जाने समस्या टरेको गिरामतीले बताउनुभयो । रामपुर नगरपालिकामा आज आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरमार्फत उहाँले मुटु, सुगर, प्रेसर, श्वासप्रश्वाससम्बन्धी परीक्षण गरी औषधि लिनुभयो । सो समस्याका लागि यसअघि उहाँ भैरहवास्थित अस्पतालमा पुगेर उपचार सेवा लिँदै आउनुभएको थियो ।

“बुढेसकालमा औषधि गर्न टाढा जान सकिँदैन, सवारीमार्फत जाँदा बुढ्यौली शरीर थाकेर कमजोर हुन्छ, उपचार गर्न गएको बिरामीमा झन् समस्या थपिन्छ”, उहाँले भन्नुभयो, “गाउँघरमा स्वास्थ्य शिविरमार्फत उपचार, औषधि सबै सेवा पाउँदा हामी जस्ता अशक्त नागरिकलाई सहज भएको छ । गाउँमा बेलाबेलामा शिविर भए ज्येष्ठ नागरिक बढी लाभान्वित हुने छन् ।”

गाउँघरमा आयोजना हुने स्वास्थ्य शिविरले अशक्त, ज्येष्ठ नागरिक, बालबालिकालाई उपचारमा सहज उहाँकी नातिनी मञ्जु श्रेष्ठले बताउनुभयो । ज्येष्ठ, अशक्त नागरिकलाई सहरबजारमा औषधि उपचारका लागि लैजान कठिनाइ हुने गरेको उहाँले अनुभव व्यक्त गर्नुभयो ।

“ज्येष्ठ नागरिकलाई बाहिर उपचारका लागि लैजान खर्च, यात्रालगायत विषयमा समस्या हुन्छ, गाडीमा लिएर जाँदा लामो यात्राले झन् बिरामी बनाउँछ, अस्पतालमा पालो पर्खेर बस्नुपर्दा दुःखर झन्झट हुन्छ । यसरी गाउँमै हुने स्वास्थ्य शिविरले बाहिर लैजानुपर्ने समस्या हट्नेछ”, उहाँले भन्नुभयो ।

रोटरी क्लब अफ रामपुर र रोट ¥याक्ट क्लब सेन्ट्रल बुटवलको संयुक्त आयोजना तथा रामपुर नगरपालिकाको संरक्षणमा भएको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा अशक्त, ज्येष्ठ नागरिक, महिलाले उपचार सेवा लिएका छन् ।

बिरामीले बाहिर अस्पतालमा पुगेर सेवा लिन यात्रा, सडक, आर्थिकलगायत विविध समस्याले सास्ती हुने भएकाले घरआँगनको शिविरले सजिलो बनाएको रामपुर–६ तिलकपुरका डेमनाथ दर्जीले बताउनुभयो । उहाँले शिविरमार्फत प्रेसर, श्वासप्रश्वास जाँचपश्चात् औषधि लिनुभयो । औषधि तथा उपचारमा खर्च गर्नुनपर्दा बिरामीलाई धेरै राहत भएको उहाँले सुनाउनुभयो ।

शिविरले गाउँमा बिरामीलाई उपचार तथा औषधि सेवा दिएपछि अस्पतालसम्म आउनेजाने खर्च, बास बसेर उपचार गर्नुपर्ने, औषधिमा बुझाउनुपर्ने खर्चको समस्या हट्ने रामपुर–५ सानी अमराईका दोवराज ढुङ्गानाले बताउनुभयो । उहाँले शिविरमा विशेषज्ञ चिकित्सकबाट मुटु, प्रेसर जाँच गराउनुभएको हो । शिविरमा निःशुल्क उपचार सेवासहित औषधि पाउँदा बिरामी खुसी छन् ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका वरिष्ठ मुटुरोग विशेषज्ञ डा विशाल केसीसहितको ६५ जना स्वास्थ्यकर्मीको टोलीले मुटु, मिर्गाैला, सुगर, प्रेसर, जनरल फिजिसियनलगायत रोगको जाँच गरी बिरामीलाई निःशुल्क औषधि वितरण गरेको रोटरी क्लब अफ रामपुरका अध्यक्ष कीर्तिनाथ श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोग, रामपुर बचत तथा ऋण सहकारी संस्था, रामपुर आयुर्वेद अस्पतालको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

रोटरी क्लब रामपुरले स्वास्थ्य शिविर, शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधि तालिम, वृक्षारोपण, फरक क्षमता भएका नागरिकलाई अपाङ्गता सहायता सामग्री वितरण, बजार क्षेत्रमा पुग्न मुख्य सडक तथा नाकामा सूचना बोर्डलगायत विभिन्न कार्यक्रममा गर्दै आइरहेको छ । साथै विदेशस्थित रोटरी क्लबसँग समन्वय गरेर ठूला कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशसभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति तथा रोटरी क्लब अफ रामपुरका संस्थापक अध्यक्ष राजुप्रसाद श्रेष्ठले गाउँघरमा आयोजना हुने स्वास्थ्य शिविरले नागरिकलाई सहज सेवा दिन सहयोग पुग्ने बताउनुभयो । रोटरी क्लबले सामाजिक भावनाका साथ शिक्षा, स्वास्थ्य, सामाजिक सङ्घ संस्थामा विभिन्न काम गर्दै आइरहेकाले यस्ता कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पारेको उहाँको भनाइ छ । रासस

शनिबार, चैत १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

लोकप्रिय

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.