• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • १ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ४ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ४ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • २० घण्टा 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • २१ घण्टा 

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द
  • २१ घण्टा 

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन
  • २३ घण्टा 

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
  • १ दिन 

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. मीना सुनारको उद्धार

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ८. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • ९. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

  • १०. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

  •  बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित

काठमाडौँ । सरोकारवालाले नेपालमा सर्पदंश रोकथाम अभियानमा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्ने धारणा राखेका छन् ।

अहिले पनि गाउँघरमा सर्पले डस्ने बित्तिकै धेरैजसो बिरामी धामी झाँक्री कहाँ जाने गरेकाले यसबारेमा सचेतना फैलाउन धामी झाँक्रीलाई परिचालन गर्नुपर्ने भनाइ उनीहरुको छ ।

नेपाल चिकित्सक सङ्घले रोटरी नेपाल सर्पदंश रोकथाम अभियानसँगको सहकार्यमा आज यहाँ आयोजना गरेको छलफलमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्राडा सञ्जिव कुमार शर्माले भन्नुभयो, “अधिकांश अझै पनि धामी झाँक्रीकै भर परिरहेका छन् । सर्पदंशबाट धेरैजसो महिला तथा बालबालिका प्रभावित हुने गरेका छन् । नेपालमा गोमन र करेत सर्पले सबैभन्दा बढी डस्ने गरेको छ ।” उहाँले सर्पदंशको बिरामीमध्ये करिब ८० प्रतिशतले उपचार नपाएर मृत्युवरण गर्ने गरेको बताउनुभयो ।

सर्पदंश रोकथाम अभियानमा लामो समयदेखि काम गरिरहनुभएका उहाँँका अनुसार नेपालमा बर्सेनि ४० हजार बढी मानिस सर्पदंशको सिकार हुने र त्यसमध्ये तीन हजार बढीको मृत्यु हुने गर्दछ । “सर्पदंशबाट बच्न आवश्यक सावधानी अपनाउनुपर्छ । टोकिहालेमा तुरुन्त अस्पताल गएर उपचार गराउनुपर्छ । समयमा उपचार पाएको खण्डमा मृत्यु हुँदैन”, डा शर्माले भन्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपालका डा प्रकाश शाक्यले सर्पदंश सामूहिक संलग्नताले रोकथाम गर्न सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सर्पदंश उपेक्षित उष्ण प्रदेशीय क्षेत्रको समस्या हो । विपन्न वर्गका साथै जहाँ स्वास्थ्य सेवाको पहुँच कम छ, सरसफाइको कमी छ त्यस्तो ठाउँमा बढी देखिन्छ । रोकथाम तथा जनचेतना अभियानमा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ । उहाँहरुलाई सशक्त बनाउनसके रोकथाममा सहज हुन्छ ।”

जनस्वास्थ्य समस्याका रुपमा रहेको सर्पदंश नेपालको तराई–मधेस क्षेत्रमा बसोबास गर्ने अतिविपन्न वर्गमाझ व्याप्त छ । सरोकारवाला तथा विज्ञहरुले समुदायमा सूचना प्रवाह गर्दै सर्पदंशबाट बच्ने उपाय र प्राथमिक उपचारबारेमा सुसूचित गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी विश्व वन्यजन्तु कोष नेपाल (डब्लुडब्लुएफ)का वन्यजन्तु जीवविज्ञान विज्ञ डा शशांक पौडेलले जलवायु परिवर्तनले सर्पको बासस्थान परिवर्तन भएको बताउनुभयो ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले अझै पनि सर्पदंशको उपचारबाट मानिस बञ्चित हुनुपरिरहेको बताउँदै सरकारले यो समस्या मौसमी भए पनि औषधिको उपलब्धता र स्वास्थ्य सेवाको पहुँचमा ध्यान दिनुपर्ने बताउनुभयो । रासस

बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

दुई हजार एम्बुलेन्स थन्किए

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.