• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ २६, २०८३
शुक्रबार, भदौ २६, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १२ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १८ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १८ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १८ घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • १ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • १ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • १ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

  • १०. नुवाकोटमा हैजाविरुद्धको खोप

गाजामा भोकमरी भयावह, केही संयुक्त राष्ट्रका कर्मचारी स्वयं भोकैः युएनआरडब्लुए

  •  सोमबार, साउन ०५, २०८२ मा प्रकाशित

ढाका । प्यालेस्टिनी शरणार्थीका लागि कार्यरत संयुक्त राष्ट्र सम्बन्धित निकाय (युएनआरडब्लुए) ले सोमबार जानकारी दिँदै गाजामा कार्यरत आफ्ना केही कर्मचारीहरू भोकको कठोर पीडामा परेको बताएका छन् । संस्थाले ‘भोकका कारण गम्भीर पीडा भोगिरहेको’ भन्ने मार्मिक सन्देशहरू प्राप्त भइरहेको जनाएको छ ।
गाजाका करिब दुई करोडभन्दा बढी जनसङ्ख्या हाल गम्भीर खाद्य सङ्कटमा परेका छन् । चिकित्सक, नागरिक सुरक्षाकर्मी र अन्तर्राष्ट्रिय मानवसेवा संस्थाहरूले पछिल्ला दिनहरूमा कुपोषणका घटना तीव्र रूपमा बढिरहेको जानकारी गराएका छन् ।

युएनआरडब्लुएले एक सार्वजनिक सन्देशमार्फत उल्लेख गरेको छ,“गाजामा अत्यावश्यक वस्तुको अत्यधिक अभावका कारण खाद्यान्नको मूल्य चालीस गुणासम्म बढेको छ । तर, गाजाको बाहिर रहेका हाम्रो गोदाममा रहेको राहत सामग्रीले तीन महिनाभन्दा बढी समयका लागि सम्पूर्ण जनतालाई खान पुग्ने मात्रामा पर्याप्त भण्डारण छ ।”
संस्थाले थप लेखेको छ, “गाजामा भोगिनु परिरहेको पीडा मानव निर्मित हो र यसलाई अब रोकिनुपर्छ । नाकाबन्दी हटाइनुपर्छ र मानवीय सहायता सुरक्षापूर्वक, पर्याप्त मात्रामा गाजामा प्रवेश गरिनु आवश्यक छ ।”

गत चैत १९ गते युद्धविराम वार्ता निष्फल भएपछि इजरायलले गाजामाथि पूर्ण नाकाबन्दी लागू गरेको थियो । त्यसपछि करिब दुई महिनासम्म कुनै सामग्री प्रवेश गर्न नदिइएपछि, वैशाखको अन्त्यतिर सीमित रूपमा केही गाडीहरू प्रवेश गर्न दिइएको थियो ।
नागरिक सुरक्षा निकायले आइतबार जानकारी दिँदै पछिल्लो साताभित्र ‘गम्भीर भोकमरी र कुपोषण’का कारण तीन नवजात शिशुहरूले ज्यान गुमाएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारदेखि आइतबारको २४ घण्टाभित्र मात्र भोककै कारण १८ जनाको निधन भएको छ ।
अल–शिफा अस्पतालका निर्देशक डा. मोहम्मद अबु सलमियाले भन्नुभयो,“एक वर्षभन्दा कम उमेरका बालबालिकालाई दूध नपुग्दा उनीहरूको तौल निकै घटिरहेको छ, प्रतिरक्षा क्षमता कमजोर हुँदै गइरहेको छ, जसका कारण उनीहरू विभिन्न रोगका शिकार बन्न पुगेका छन् ।”

इजरायली पक्षले भने गाजामा शिशुहरूका लागि आवश्यक पोषिलो दूध र खाद्यवस्तु पठाउनेमा कुनै रोकटोक नरहेको जनाएको छ ।
इजरायली रक्षा मन्त्रालयअन्तर्गतको नागरिक मामिला हेर्ने निकायले जानकारी दिँदै गाजामा दुई हजार टनभन्दा बढी शिशु खाद्य वस्तु पठाइसकिएको बताएको छ, तर त्यो कुन अवधिमा पठाइएको हो भन्ने स्पष्ट गरिएको छैन ।

“हामी अन्तर्राष्ट्रिय संस्थाहरूसँग मिलेर तत्काल शिशुका लागि आवश्यक पोषण सामग्री ढिलाइ नगरी पठाउन समन्वय गर्न आग्रह गर्छौं ।
सन् २०२३ मा हमासको आक्रमणपछि सुरु भएको यस युद्धमा इजरायली तथ्याङ्कअनुसार एक हजार २१९ जनाको ज्यान गएको थियो, जसमा अधिकांश सर्वसाधारण थिए ।
त्यसपछि इजरायली सैनिक कारबाहीमा गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार ५९ हजार २९ जनाले ज्यान गुमाएका छन्, जसमध्ये धेरैजसो सर्वसाधारण छन् । रासस

सोमबार, साउन ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.