• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १४ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २० घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २० घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २० घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

सेवा बढाउँदै भक्तपुर क्यान्सर अस्पताल

  •  सोमबार, भदौ ०२, २०८२ मा प्रकाशित

काठमाडौँ । सरकारी तवरबाट सञ्चालित भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर उपचारमा आफूलाई अब्बल बनाउँदै लगेको छ । अस्पतालले क्यान्सर उपचारका लागि विदेश जान नपर्ने गरी आफ्नो सेवा विस्तार गरेको छ ।

अस्पतालले ‘ब्रेन’मा हुने क्यान्सर उपचार पद्धतिदेखि उपचारमा अत्याधुनिक उपकरण जडान गर्न सफल भएको छ । जसले गर्दा बिरामीलाई नेपालमा उपचार गर्न सहज भएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले क्यान्सर रोगको उपचार सबै किसिमको उपलब्ध गराउनका लागि आफूहरू प्रयासरत रहेको बताउनुभयो । “हामीले अस्पतालमा आएका बिरामीलाई यही नै सबै उपचार गर्न सक्षम हुने तरिकाले सेवासुविधामा विस्तार गरेका छौँ”, उहाँले भन्नुभयो, “बिरामीलाई गुणस्तरीय सेवा दिनका लागि क्यान्सरका प्रविधिहरू जोड्दै लगेका छौँ ।”

कार्यकारी निर्देशक डा चासिलेका अनुसार अस्पतालमा ‘फ्लोसाइटो मेट्रिक प्रविधि’, ‘क्लिया’ सिस्टोस्कोप, इन्डोस्कोप, सिटीस्क्यान, अपरेटिङ न्यूरोमाइक्रोस्कोप र सि–आर्म एक्स–रे प्रणालीको विस्तार गरिएका हुन् ।

नयाँ सेवाबाट क्यान्सरको प्रारम्भिक अवस्था, रगत क्यान्सर, पेटको आन्द्राको समस्या र मस्तिष्कको ‘ट्युमर’को उपचारमा बिरामीलाई सजिलो हुनेछ । अस्पतालले हालै ‘फ्लोसाइटो मेट्रिक प्रविधि’ भित्र्याएको छ । यस प्रविधिले रगतको माध्यमबाट क्यान्सर रोग पत्ता लगाउने गर्दछ । सो प्रविधि अब चाँडै नै सञ्चालनमा ल्याउने अस्पतालका कार्यकारी निर्देशक डा चालिसेले जानकारी दिनुभयो ।

“रगत क्यान्सर कस्तो प्रकारको हो, कुन औषधि चलाउने ठीक हुन्छ भन्ने कुरा उक्त प्रविधिबाट थाहा हुन्छ”, उहाँले भन्नुभयो, “हामीले अस्पताललाई बिस्तारै प्रविधिले सुसज्जित बनाइसक्याँै । क्यान्सरको उपचार गर्न विदेशमा जान नपर्नेगरी सेवा विस्तारमा लागेका छाँै ।”

यस्तै, अस्पतालले ‘बायो क्यामेस्ट्री’ प्रविधि पनि भित्र्याइसकेको छ । उक्त प्रविधिले बिरामीलाई कति प्रतिशत ‘किमो’ दिने भन्ने जाँच गरिन्छ र सोही अनुसार किमो प्रदान गरिने अस्पतालका कार्यकारी निर्देशक डा चालिसेले जानकारी दिनुभयो ।

यस्तै ‘क्लिया’ प्रविधिले शरीरमा ‘ट्युमर मार्कर’ पत्ता लगाउने गर्दछ । यस प्रविधिले कहाँसम्म क्यान्सर फैलिएको छ भन्ने पत्ता लगाउने गरेको कार्यकारी निर्देशक डा चालिसले जानकारी दिनुभयो ।

यस्तै ‘सिस्टोस्कोप’ प्रविधि पनि अस्पतालले भित्र्याउन सकेको छ । जसले मूत्रथैलीमा हुने क्यान्सर उपचार प्रणालीका बारेमा जानकारी दिन्छ । विशेषगरी सिस्टोस्कोपमार्फत मूत्रनली र मूत्रथैलीको अवस्था हेर्न सकिनेछ ।

‘इन्डोस्कोप’ले पेट र आन्द्राको अवलोकन सहज बनाउनेछ । ‘अपरेटिङ न्युरोस्कोप’ले मस्तिष्क र मेरुदण्डको जटिल शल्यक्रियालाई सम्भव बनाउनेछ । ‘सिआर्म एक्स’रे मेसिनले एक्स–रेमार्फत वास्तविक समयमै छायाँ हेरेर सर्जरी गाइड गर्न सकिनेछ ।

अस्पतालका कार्यकारी निर्देशक डा चालिसेले सेवा विस्तारले रोगको जटिल अवस्था नपर्खीकन प्रारम्भिक अवस्थामा नै यसको सही निदान गर्न सक्षम भएको बताउनुभयो । यसले उपचारको सफलतामा उल्लेखनीय वृद्धि ल्याउने उहाँको भनाइ रहेको छ ।

अस्पतालले चार शय्याको सघन उपचार कक्ष (आइसियु) सहित सात शय्याको ‘डे केयर’ र वार्डसहित १५ शय्याको सहितको बाल क्यान्सर वार्ड सञ्चालनमा ल्याएको छ । निजी अस्पतालभन्दा भक्तपुर क्यान्सर अस्पतालमा करिब चार गुणा सस्तो बिरामीको उपचार हुने गरेको अस्पतालको दाबी छ ।

निर्देशक डा चासिलेका अनुसार स्तन क्यान्सरको उपचारबाहिर निजी अस्पतालमा गर्दा करिब पाँच लाख लाग्ने गरेकामा भक्तपुर क्यान्सर अस्पतालमा गर्दा रु एक लाखसम्म लाग्ने गर्दछ ।

यसैगरी, ‘रेडियोथेपारी’ बाहिर निजी अस्पताल गराउँदा रु पाँच लाखसम्म लाग्ने गरेकामा अस्पतालमा भने एकदेखि एक लाख ५० हजारमा गरिन्छ । अस्पतालका लागि एमआरआई, रगत क्यान्सर रोगको उपचारका लागि ‘बोन म्यारो प्रत्यारोपण’जस्ता सेवा थप्न सके बिरामीलाई अझ उपचार दिन सकिने उहाँको भनाइ छ ।

यस्तै, अस्पतालले २५६ स्लाइस क्षमताको ‘सिटीस्क्यान’ थप्न सफल भएको छ । उक्त प्रविधिले दिनमा ३० देखि ३५ जना बिरामीको सिटीस्क्यान गर्न सकिने कार्यकारी निर्देशक डा चालिसेले जानकारी दिनुभयो ।

यसैगरी, अस्पतालले टाउको तथा घाँटीसम्बन्धी क्यान्सरको उपचार गर्न दन्त तथा मुख रोग विभाग तथा स्तन क्यान्सर उपचार गर्न छुट्टै वार्ड सुरू गरेको छ । अस्पतालमा अहिले दैनिक ७०० जना बिरामी आउने गरेका छन् । तीमध्ये ३०० जनाबाहेक सबै क्यान्सरका बिरामी रहने गरेको उहाँले जानकारी दिनुभयो ।

अस्पतालमा दैनिक सातदेखि आठ जनासम्म बिरामीको शल्यक्रिया हुने गरेको छ । पाँच वटा ‘अप्रेसन थियटर’, १५ शय्याको शल्यक्रिया कक्षसहित अस्पतालमा १५० शय्या रहेको छ । रासस

सोमबार, भदौ ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.