• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

दुई हजार एम्बुलेन्स थन्किए
  • ८ घण्टा 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • ८ घण्टा 

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द
  • ९ घण्टा 

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन
  • १० घण्टा 

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
  • १५ घण्टा 

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
  • १५ घण्टा 

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ३ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ३ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ३. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ४. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. मीना सुनारको उद्धार

  • ७. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ८. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ९. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

आज नेपाल रेडक्रसको स्थापना दिवस मनाइँदै

  •  बिहिबार, भदौ १९, २०८२ मा प्रकाशित

काठमाडौँ । ‘मानवताको पक्षमा’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नेपाल रेडक्रस सोसाइटी विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा २०२० सालमा आजकै दिन स्थापना भएको थियो । नेपाल रेडक्रसले देशभरि मानवीय सेवाका विविध कार्य गर्दै आइरहेको छ ।

नेपालको सबैभन्दा ठूलो मानवीय संस्थाको रूपमा रहेको यस सोसाइटीका करिब ११ लाखभन्दा बढी स्वयंसेवक मानवीय सेवाका कार्यमा तल्लीन रहेका सोसाइटीका निमित्त कार्यकारी निर्देशक धर्मदत्त विडारीले जानकारी दिनुभयो । हाल यस सोसाइटीको सात प्रदेश समिति, ७७ जिल्ला शाखा, १ हजार ६२३ उपशाखा, ११५ सहयोग समिति र ६ हजार ५८७ जुनियर तथा युवा सर्कल सहितको साङ्गठनिक संरचना छन् । ‘म सेवा गर्छु ’ भन्ने मूलमन्त्र राखी नेपाल रेडक्रसले सरकारको सहयोगीको रूपमा रही सङ्गठन विकास, जुनियर तथा युवा विकास, विपद् तथा सङ्कट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रस सिद्धान्तको प्रवद्र्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवाजस्ता महत्वपूर्ण गतिविधि देशैभरी सञ्चालन गर्दै आएका उहाँले बताउनुभयो ।

निमित्त कार्यकारी निर्देशक विडारीले गतवर्ष देशका विभिन्न स्थानमा आएको बाढीपहिरो, आगलागी र शीतलहरबाट प्रभावित ४ हजार ९०६ परिवारलाई नेपाल रेडक्रसले राहत सामग्री वितरण गरेको बताउनुभयो । साथै, ५हजार ३३ परिवारलाई पूर्वानुमानमा आधारित पूर्वकार्य, पुनर्लाभ, प्रतिकार्य र जीविकोपार्जनका लागि कूल रु १२ करोड २४ लाख २० हजार नौ सय ४ रुपैयाँ बराबरको नगद सहायता उपलब्ध गराइएको छ । आपत्कालीन परिस्थितिको तयारीस्वरूप, नेपाल रेडक्रसले हाल १ केन्द्रीय, ६ प्रदेशस्तरीय र ५ उपक्षत्रीय गोदामको साथै सबै जिल्ला शाखामा आवश्यक उद्धार तथा राहत सामग्रीको भण्डारणको व्यवस्था मिलाएको छ ।

मधेसमा भएको खडेरी सङ्कट र पर्सा जिल्लामा देखापरेको हैजा सङ्क्रमणमा अन्य स्रोतबाट सहयोग परिचालन गरी प्रभावित क्षेत्रमा प्रतिकार्यका गतिविधि जस्तै स्वच्छ खानेपानी वितरण, हात धुने अभ्याससहित साबुन वितरण, आपत्कालीन शौचालय निर्माण र सरसफाइ तथा स्वच्छताका गतिविधिसँगै सयौंँजना स्वयंसेवक परिचालनलगायतका गतिविधि स्थानीय सरकार एवम् सरोकारवालासँंगको समन्वयमा भइरहेका नेपाल रेडक्रसले जनाएको छ ।

मानवीय मूल्य प्रवद्र्धन, रेडक्रसका आधारभूत सिद्धान्त, दृश्यात्मक पहिचान, सुरक्षित पहुँच, शान्ति प्रवद्र्धन र अन्तरराष्ट्रिय मानवीय कानुनसम्बन्धी प्रचारप्रसार सबै प्रदेशमा भइरहेका छन् । नेपाल रेडक्रसको हटलाइन ११३० मा सेवा र गतिविधिसँग सम्बन्धित १,९३७ कलहरूको सम्बोधन गरिएको छ भने विभिन्न समसामयिक विषय तथा सोसाइटीका सेवा र गतिविधिसँग सम्बन्धित १०४ रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण भएको छ ।

सामुदायिक विकास अन्तर्गत ओखलढुङ्गा, सङ्खुवासभा र सिन्धुली जिल्लाका विभिन्न विद्यालय र समुदायमा गरी आठ खानेपानी आयोजना निर्माण सम्पन्न र म्याग्दी जिल्लाका रघुगङ्गा गाउँपालिकाका अति विपन्न समुदायका ९०१ घरधुरीलाई जीविकोपार्जन प्रवद्र्धन तालिम तथा नगद सहायता वितरण गरिएका छन् भने यी गतिविधिबाट दुई हजारभन्दा बढी लाभन्वित भएका नेपाल रेडक्रसका निमित्त कार्यकारी निर्देशक विडारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा केन्द्रीय, प्रादेशिक, जिल्लास्तरीय र आकस्मिक रक्तसञ्चार गरी नेपालको ७३ जिल्लाका १२० स्थानमा रक्तसञ्चार सेवा केन्द्र तथा एकाइ क्रियाशील छन् । सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार सेवाबाट २ लाख ९४ हजार ८४८ युनिट रगत सङ्कलन गर्न र ४ लाख २ हजार ५१० युनिट रगत तथा रक्ततत्व बिरामीलाई उपलब्ध गराउन सफल भएको छ । थाई रेडक्रसको सहयोगमा प्रदर्शनीमार्गमा केन्द्रीय रक्तसञ्चार सेवाको नयाँ आधुनिक भवन निर्माण सम्पन्न भई हाल सोही स्थानबाट अझ प्रभावकारी रूपमा सेवा प्रदान गरिँदै आएको उल्लेख छ ।

यसैगरी एम्बुलेन्स सेवाअन्तर्गत, ६५ शाखा, उपशाखा र सर्कलमार्फत १९६ स्थानबाट सञ्चालनमा रहेका दुई सय ४२ एम्बुलेन्सद्वारा विगत एक वर्षमा करिब ८६ हजार चार सय बिरामी तथा घाइतेलाई सेवा प्रदान गरिएको छ । यसवर्ष संस्थाद्वारा सञ्चालित प्राथमिक उपचारका गतिविधिमार्फत तीन हजार १२ जना प्रत्यक्ष रूपमा लाभान्वित भएका छन । त्यस्तै, नेपाल रेडक्रस सोसाइटीका श्री जानकी आँखा अस्पताल र सुर्खेत आँखा अस्पताल एवम् विभिन्न सामुदायिक आँखा उपचार केन्द्रबाट दुई लाख ९५ हजार पाँच सय २० जनाले सेवा लिएका नेपाल रेडक्रसले विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ “नेपाल रेडक्रस सोसाइटीका सेवामूलक तथा विकासमूलक मानवीय सेवाका गतिविधि सफलतापूर्वक सञ्चालन गर्ने स्वयंसेवक तथा कर्मचारी र यस उपलब्धिमा सहयोग गर्नुहुने सङ्घीय, प्रादेशिक र स्थानीय सरकार, विभिन्न साझेदार राष्ट्रिय सोसाइटी, संयुक्त राष्ट्रसङघीय निकाय तथा अन्य सहयोगी निकायहरू र सञ्चारकर्मीमा सोसाइटीको ६३औँ स्थापना दिवसको अवसरमा हार्दिक आभार ज्ञापन गर्दछौँ । साथै, नेपाल रेडक्रसको उन्नयनका लागि साथ र सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवादसहित नेपाल रेडक्रसको सेवामूलक गतिविधिमा सबैबाट निरन्तर सहयोग प्राप्त हुनेमा हामी विश्वस्त छौँ ।” रासस

बिहिबार, भदौ १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दुई हजार एम्बुलेन्स थन्किए
भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

अत्यावश्यक औषधि उत्पादनको समझदारी

कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

दुई हजार एम्बुलेन्स थन्किए

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.