• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ २६, २०८३
शुक्रबार, भदौ २६, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १० घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १६ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १६ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १६ घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • १ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • १ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • १ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • १ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. विपद्पछि सरुवा रोगको प्रकोप

  • ७. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

  • १०. नुवाकोटमा हैजाविरुद्धको खोप

आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

  •  सोमबार, भदौ ३०, २०८२ मा प्रकाशित

काठमाडौँ । ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पनि यसबाट जोगिन सकेन । बढी क्षति भएको मन्त्रालयमा स्वास्थ्य पर्दछ ।

स्वास्थ्य क्षेत्रको प्रमुख निकायमध्ये एउटा टेकुस्थित स्वास्थ्य सेवा विभाग भने आगजनीबाट जोगिएको छ । त्यसैले कार्यालयका नियमित कामकाज आइतबारदेखि नै सुरु भइसकेका छन् । विभागका महानिर्देशक डा टङ्कप्रसाद बाराकोटीले प्रदर्शनमा विभागको भवन जोगिएको बताउनुभयो । स्वास्थ्य मन्त्रालयमा राखिएको विभागको एउटा गाडी र मोटरसाइकलमा क्षति पुगेको छ ।

विभागभित्र राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, राष्ट्रिय क्षयरोग केन्द्र, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना र सञ्चार केन्द्रलगायत रहेका छन् । उपचारात्मक सेवा महाशाखा, व्यवस्थापन महाशाखा, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, परिवार कल्याण महाशाखा यहाँ रहेका छन् ।

विभागमा क्षति नपुगे पनि देशभर ३० नगरपालिकामा रहेको स्वास्थ्य शाखामा भने क्षति पुगेको महानिर्देशक डा बाराकोटीले जानकारी दिनुभयो । “क्षतिको विवरण सङ्कलन गर्दैछौँ,” उहाँले भन्नुभयो ।

मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न नगरपालिका र स्वास्थ्य संरचनामा हालैको घटनाबाट क्षति पुगेको छ । स्वास्थ्य संस्था, खोप भण्डारण केन्द्रमा कतै पूर्ण र कतै आंशिक क्षति भएको छ । पुनःस्थापना तथा मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले खोप कोल्ड चेन स्टोरमा क्षति पुगेको बताउनुभयो । उहाँका अनुसार हालसम्म १९ खोप कोल्ड चेन स्टोरमा क्षति पुगेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको उहाँले बताउनुभयो ।

“वडा कार्यालय जलाउँदा सँगैको स्वास्थ्य संस्था पनि परेका छन् । खोप भण्डारण कक्षमा क्षति पुगेको छ । खोप कार्यक्रममा भने प्रभाव परेको छैन । सेवा दिन प्रयासरत छौँ । कामलाई निरन्तरता दिइरहेका छौँ”, प्रमुख डा गौतमले भन्नुभयो । रासस

सोमबार, भदौ ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.