• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
  • ११ घण्टा 

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
  • ११ घण्टा 

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा
  • १२ घण्टा 

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • १ दिन 

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
  • २ दिन 

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
  • २ दिन 

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • २ दिन 

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • २. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ३. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ४. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ५. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ६. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ७. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

  • ८. मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

प्रकोपमा पानीजन्य रोगहरुबाट सुरक्षित रहन विज्ञको आग्रह

  •  सोमबार, असोज २०, २०८२ मा प्रकाशित

काठमाडौँ । अविरल वर्षाका कारण हाल देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानले जनधनको व्यापक क्षति पु¥याएको छ । वर्षापछिको प्रकोपबाट प्रभावित मानिसको दैनिक जीवनयापन अस्तव्यस्त हुनपुगेको छ । प्रकोपका समयमा पानीजन्य रोगहरू फैलिने सक्ने भएकाले सावधानि अपनाउन विज्ञहरूले आमसर्वसाधरणसँग आग्रह गरेका छन् ।

विशेषज्ञहरूका अनुसार, वर्षायाममा सुरक्षित खानेपानी र सरसफाइका उपाय नअपनाउँदा पानीजन्य रोगको जोखिम बढी रहन्छ । विशेषगरी झाडापखाला, हैजा, आउँ, निमोनिया, रुघा–खोकी, टाइफाइड तथा अन्य सङ्क्रमणजन्य रोगका कारण जनधनको क्षति हुनसक्छ । यी रोगहरुबाट बच्न पानी उमालेर वा ‘क्लोरिन’ प्रयोग गरी शुद्धीकरण गरेर मात्र प्रयोग गर्नुपर्ने विज्ञको सुझाव छ ।

विपद्को समयमा खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताउनुहुन्छ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी डा भक्तबहादुर केसी । उहाँका अनुसार कुनै पनि प्रकोप, विशेषगरी बाढी–पहिरोपछि खानेपानी प्रणालीमा समस्या आउनसक्छ र यस्तो अवस्थामा खानेपानीको स्रोतमा ढल मिसिने सम्भावना रहन्छ, जसले फोहोर पानीे सेवनका कारण झाडापखाला, हैजाजस्ता पानीजन्य रोग फैलिन सक्छ । “पिउने र खाना पकाउने पानी सफा र पिउनयोग्य छ कि छैन भन्ने सुनिश्चित गर्न आवश्यक छ । पानी उमालेर वा क्लोरिन झोल÷ट्याबलेटको प्रयोग गरेर मात्र पिउनु उचित हुन्छ,” उहाँले भन्नुभयो ।

विज्ञका अनुसार शुद्धीकरण गरेको पानी सधैँ सफा भाँडामा छोपेर राख्ने, सडेगलेका, बासी र झिँगा भन्केका खानेकुरा नखाने, काँक्रो, गाजर, फलफूलजस्ता काँचै खान मिल्ने खानेकुरा सधैँ सफा पानीले धोएर मात्र खाने गर्नुपर्छ । यसैगरी खाना पकाउनु, खाना खानु र बच्चालाई खाना खुवाउनुअघि, फोहोर छोएपछि, दिसापिसाब गरेपछि, चर्पीको प्रयोग गरेपछि तथा बच्चाको दिसा धोएपछि सधैँ साबुनपानीले मिचीमिची हात धुनुपर्छ ।

डा केसीका अनुसार बाढी तथा झाडापखालाबाट प्रभावित क्षेत्रमा अहिले क्लोरिन झोल र ट्याबलेट वितरण भइरहेको छ । “यदि पखालाजन्य रोग लागेको खण्डमा झोलिलो खानेकुरा प्रशस्त खाने र घरमै जीवनजल बनाएर सेवन गर्नुपर्छ । समस्या जटिल हुने अवस्था देखिएमा नजिकैको स्वास्थ्य संस्थामा तुरुन्त उपचारका लागि जानुपर्छ,” उहाँले सुझाउनुभयो ।

उहाँले बाढी, पहिरोका कारण जनधनको अकल्पनीय एवं अपुरणीय क्षति भएको विद्यमान अवस्थामा सरकारले प्रभावित क्षेत्रमा जीवनजल, क्लोरिन ट्याबलेट र आवश्यक औषधिको व्यवस्थापनसहित सबै स्वास्थ्य संस्थाहरूलाई ‘हाइ अलर्ट’ मा रहन निर्णय गरेको जानकारी गराउनुभयो ।

स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी केसीले देशको विद्यमान विषम परिस्थितिलाई दृष्टिगत गरी आवश्यक औषधि तथा स्वास्थ्य सामगीसहित स्वास्थ्यकर्मीहरू कार्यक्षेत्रमा जुटिसकेकाले प्रभावित व्यक्ति तथा परिवारलाई सहजरुपमा स्वास्थ्य उपचार गराउने सरकारको नीति तथा कार्यक्रमलाई सहयोग गरिदिन सम्बद्ध सबैसँग अनुरोध गर्नुभयो । रासस

सोमबार, असोज २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

लोकप्रिय

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

ताजा

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.