• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • २१ घण्टा 

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
  • २२ घण्टा 

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
  • १ दिन 

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • १ दिन 

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • २ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • २ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • २. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ३. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ४. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ५. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

मस्तिष्कघातको अध्ययन, अनुसन्धानमा जोड

  •  शुक्रबार, मङि्सर १९, २०८२ मा प्रकाशित

काठमाडौँ । सरोकार भएकाहरूले नेपालमा मस्तिष्कघातको अध्ययन अनुसन्धानका विषयमा गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्।

नेपाल मस्तिष्कघात सङ्घद्वारा आज यहाँ आयोजित ‘मस्तिष्कघातको वर्तमान अवस्था र आगामी दिनमा चाल्नुपर्ने कदम’ सम्बन्धी कार्यशालामा सहभागीले अनसन्धान त्यसका निष्कर्षको कार्यान्वयनमा जोड दिएका हुन्।

सङ्घका निवर्तमान अध्यक्ष डा राजु पौडेलले मस्तिष्कघात हुन नदिने उपाय, भइहालेमा समयमै उपचार र उपचारपछिको अपनाउनुपर्ने सावधानीलगायत विषयमा छलफल भएको बताउनुभयो। “समयको परिवर्तनसँगै परम्परागत उपचार विधिलाई कसरी आधुनिकतर्फ लैजान सकिन्छ, नेपालका सन्दर्भमा यसको उपचारलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे कार्यशालामा छलफल भएको छ”, उहाँले भन्नुभयो,“सङ्घले नेपालमा मस्तिष्कघातको उपचारबारे निर्देशिका तयार गरी सरकारलाई बुझाइसकेको छ। त्यसको कार्यान्वयनका विषयमा पनि छलफल भएको छ।”

नेपालमा प्रत्येक १० मिनेटमा एक जनालाई मस्तिष्कघात हुने गरेको तथ्याङ्क छ। सङ्घले गरेको अध्ययनमा प्रत्येक वर्ष नेपालमा मस्तिष्कघातका कारण ५० हजारदेखि ६० हजार मानिस प्रभावित हुने र १० मिनेटमा एक जनालाई मस्तिष्कघात हुने गरेको हो।

एक जटिल शारीरिक अवस्थाका रूपमा रहेको मस्तिष्कघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ। मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ। यसलाई नै ‘मस्तिष्कघात’ भनिन्छ। समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्ने चिकित्सकले बताएका छन्।

वरिष्ठ न्युरोलोजिष्ट डा लेखजङ्ग थापाले नेपालमा मस्तिष्कघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्न सन् २०१७ मा नेपाल मस्तिष्कघात सङ्घ स्थापना गरी विभिन्न कार्यक्रम गरिँदै आएको बताउनुभयो। सङ्घले हालै विश्वका विभिन्न देशका पाँच सयभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थितिमा ‘हिमालय अन्तरराष्ट्रिय मस्तिष्कघात सम्मेलन’ आयोजना गरिसकेको उहाँले बताउनुभयो।

मस्तिष्कघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको भन्दै यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने सहभागीले बताएका छन्। विश्वमा हरेक चार जनामा एक जनालाई र तीन सेकेन्डमा एक जनालाई पक्षघातको सम्भावना हुने भएकाले यसबाट सजग हुनुपर्ने बताइएको छ।रासस

शुक्रबार, मङि्सर १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

लोकप्रिय

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

ताजा

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.